इटहरी । ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ग्रान्ड फिनाले यही असोज १९ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा हुँदैछ । गत असोज ११ गते ट्यालेन्ट राउन्ड सफलतापूर्वक सम्पन्न भएसँगै आयोजक टिम फिनालेको अन्तिम तयारीमा जुटेको हो । यस पटक विभिन्न पेशा तथा सामाजिक क्षेत्रका १९ जना प्रतिभावान महिलाहरू उपाधिका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतियोगिताको चिकित्सा क्षेत्रबाट डा. उरुषा शाह र संगिता शाह छन् भने बैंकिङ तथा कर्पोरेट क्षेत्रबाट जमुना दाहाल, ध्रुव कुमारी गुरुङ, भावना घिमिरे र मनिका चौधरी मैदानमा उत्रिएका छन् । त्यसैगरी शैक्षिक तथा सञ्चार क्षेत्रबा
काठमाडौं । हिकभिजन-म्याक्सिमाको स्किमअन्तर्गत लक्ष्य पूरा गरेका नेपालभरका २२ जना डिलर पार्टनर अष्ट्रेलिया टुर २०२६ का लागि छनोट भएका छन् । छनोट भएका अचिभर्सलाई काठमाडौंको नक्सालस्थित होटल म्यारियटमा सोमबार आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको छ ।मार्च १५ देखि जुलाई १५ सम्म सञ्चालन भएको स्किममा बिक्री उपलब्धिका आधारमा २२ जना अष्ट्रेलिया टुरका लागि छनोट भएको कार्यक्रममा जानकारी दिइएको हो । कार्यक्रममा हिकभिजनका कन्ट्री म्यानेजर मिस्टर लियोन, म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिका पदाधिकारी, डिलर पार्टनर तथा अन्य आमन्त्रित सदस्य सहभागी थिए । सुरक्षा प्रविधिको क्षेत्रमा काम गर्दै आएको
इटहरी। विराटनगर बसपार्क क्षेत्रका विभिन्न होटलमा प्रहरीले सोमबार आकस्मिक अनुगमन तथा छापा मारेको छ। शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा १७ जना युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।प्रहरीका अनुसार बसपार्क आसपासका केही होटलमा कानुनविपरीत गतिविधि भइरहेको सूचना प्राप्त भएपछि केही समयदेखि निगरानी बढाइएको थियो। सोही क्रममा विभिन्न होटलमा एकैपटक गरिएको अनुगमनका क्रममा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका युवतीहरूको नाम र ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरूलाई वडा प्रहरी कार्यालय विराटनगरमा राखेर आवश्य
इटहरी। पहाडी क्षेत्रका ग्रामीण भेगमा मकै भण्डारका लागि परम्परागत रूपमा थाङ्ग्रो हाल्ने प्रचलन हराउँदै गएको छ ।पछिल्लो केही समययता युवा पुस्ता वैदेशिक रोजगारीका लागि विदेश जाने लहर बढेसँगै गाउँमा खेतीपाती गर्न छोडेपछि मकै भण्डारका लागि परम्परागत रूपमा राखिने थाङग्रोको चलन हराउँदै गएको हो । धनकुटालगायत पहाडी जिल्लामा मकै उत्पानका लागि उर्वर भूमि मानिन्छ । उत्पादन भएको मकै घरमा थाङ्ग्रो हालेर राख्ने गरिन्छ । काठ तथा बाँसको माच बनाएर मकै राख्न थाङ्ग्रो हाल्ने र खोस्टासहितको मकै चाङ वा थाङ्ग्रो लगाएर भण्डारन गर्ने एक परम्परागत माध्यम थियो ।मकैलाई कीरा, घुन नलागोस् साथै नकुहियोस् भनेर किसानले थाङ्ग्
इटहरी। विराट एग्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्कासन गर्ने तयारी अघि बढाएको छ ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता विराट एग्रो लिमिटेड र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच सम्पन्न भएको हो । सम्झौताअनुसार एनआईसी एसिया क्यापिटलले विराट एग्रोलाई संस्थागत परामर्श सेवासहित सर्वसाधारणमा शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेछ । एनआईसी एसिया क्यापिटलले आफ्नो ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत कम्पनी स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म आवश्यक पर्ने सम्पूर्ण संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।मोरङ र सुनसरीमा १०० ह
इटहरी स् यहाँको सुदूर उत्तरी याङवरक गाउँपालिका वडा नं। १ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती गरिएको छ । घुर्यानसम्म अलैँची लगाएका बेघाले पछिल्ला दिनमा धान र मकैखेती गर्न छोडेका छन् ।सुकबहादुरका छिमेकी धनमाया बेघाको पनि करेसाबारीमा अलैँचीखेती छ । सबै ठाउँमा अलैँची नै लगाएको धनमाया बताउँछिन् । सोही वडाको बिरुवाका बालनन्द बेघाको पनि आँगनसम्मै अलैँचीखेती छ । बजारमा राम्रो मूल्य पाउँदा दुर्गम ग्रामीण भेगका किसानले मुख्य बालीका रुपमा अलैँचीलाई विस्तार गरिरहेका छन् । धान, मकै र कोदो फल्ने खेतबारी मासेर अलैँचीको खेती विस्तार गरेका सुकबहादुर बेघा अलैँचीलाई घर परिवारलाई बढी माया गर्न
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं। ३ को क्षेत्रीय अधिवेशनबाट गीता प्रसाद भट्टराई क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।क्षेत्रीय सभापतिका लागि भएको निर्वाचनमा भट्टराईले ३४० मत प्राप्त गर्दै प्रतिस्पर्धी राम दुलाललाई पराजित गरेका हुन्। दुलालले २६९ मत प्राप्त गरे। निर्वाचनमा कुल ६३८ मत खसेर गणना भएको थियो। त्यस्तै, क्षेत्रीय सह–सचिवमा सञ्जीव सिंह राजवंशी निर्वाचित भएका छन्। उनले २१९ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी सरोज कोइरालाले १८० र सन्तोष जङ्ग थापाले १६३ मत प्राप्त गरे।क्षेत्रीय सदस्यतर्फ प्राप्त मतका आधारमा सरोज बिमली ३०९, तोयानाथ अधिकारी २९० र मोहन प्
इटहरी स् सुनसरीको धरान उपमहानगरपालिका–१५ आरालाईनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।प्रहरीका अनुसार मंगलबार बिहान करिब १ः०५ बजे श्यामचोकबाट पुरानो बसपार्कतर्फ जाँदै गरेको को ३५ प ४११५ नम्बरको बुलेट मोटरसाइकल सडक छेउमा रहेको मासु पसलको पर्खालमा ठोक्किएको थियो। र्घटनामा करिब ३०–३१ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। घटनास्थलमा पुगेको प्रहरीले तत्काल उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।मृतकको साथबाट पहिचान खुल्ने कुनै कागजात फेला नपरेको प्रहरीले जनाएको
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुर क्षेत्र नं। १ को क्षेत्रीय सभापतिमा खगेन्द्र राई निर्वाचित भएका छन्। क्षेत्रीय सहसचिवमा डेभिड बस्नेत निर्वाचित हुँदा क्षेत्र नं। १ अन्तर्गत प्रदेशसभा ‘ख’को सभापतिमा सरोज बस्नेत विजयी भएका छन्।क्षेत्रीय सभापतिका लागि भएको निर्वाचनमा १ हजार २४ मतदाता रहेकामा ९ सय ३२ मत खसेको थियो। राईले ६ सय १८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राकेश खत्रीले २ सय ८४ मत पाए। राई ३ सय ३४ मतको अन्तरले निर्वाचित भएका हुन्। क्षेत्रीय सहसचिवमा डेभिड बस्नेतले ५ सय १५ मत प्राप्त गरी निर्वाचित भए। उनकी प्रतिस्पर्धी अम्बिका निरौलाले ३ सय ४१ मत पाइन्। बस्नेत १ सय ७४
इटहरी। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सचेतक प्रकाशचन्द्र परियारले सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरास्थित ‘श्री बाल बहुभाषीय आधारभूत विद्यालय’को दयनीय अवस्थाबारे प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले देशकै पहिलो ऐतिहासिक बहुभाषिक विद्यालय अहिले स्थानीय सरकारको उपेक्षा, आन्तरिक अव्यवस्था र दलीय राजनीतिको सिकार बनेको बताए । वि।सं। २०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीबाट उद्घाटन भएको उक्त विद्यालय नेपालका सबै जातजातिको भाषा र संस्कृति संरक्षण गर्ने ऐतिहासिक धरोहर भए पनि पछिल्लो समय भौतिक त
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.