काठमाडौं । हिकभिजन-म्याक्सिमाको स्किमअन्तर्गत लक्ष्य पूरा गरेका नेपालभरका २२ जना डिलर पार्टनर अष्ट्रेलिया टुर २०२६ का लागि छनोट भएका छन् । छनोट भएका अचिभर्सलाई काठमाडौंको नक्सालस्थित होटल म्यारियटमा सोमबार  आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको छ ।

मार्च १५ देखि जुलाई १५ सम्म सञ्चालन भएको स्किममा बिक्री उपलब्धिका आधारमा २२ जना अष्ट्रेलिया टुरका लागि छनोट भएको कार्यक्रममा जानकारी दिइएको हो । कार्यक्रममा हिकभिजनका कन्ट्री म्यानेजर मिस्टर लियोन, म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिका पदाधिकारी, डिलर पार्टनर तथा अन्य आमन्त्रित सदस्य सहभागी थिए । सुरक्षा प्रविधिको क्षेत्रमा काम गर्दै आएको हिकभिजनका उत्पादन नेपालका घर, पसल, बैंक, विद्यालय तथा ठूला परियोजनासम्म पुर्‍याउन डिलर, रिसेलर र इन्स्टलरमार्फत बजार विस्तार भइरहेको कार्यक्रममा जानकारी दिइएको थियो । हिकभिजनको नेपालमा बजार विस्तार तथा डिलर नेटवर्कसँगको सहकार्यमा म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालि आबद्ध रहेको छ । कम्पनीले डिलर तथा साझेदारको व्यवसाय विस्तारलाई आफ्नो व्यावसायिक योजनाको एक हिस्सा बनाउँदै विभिन्न स्किम सञ्चालन गर्दै आएको जनाएको छ ।

कार्यक्रममा म्याक्सिमा मल्टिनेसनल ट्रेडिङका प्रबन्ध निर्देशक प्रमोद कुमार अधिकारीले स्किमअन्तर्गत लक्ष्य पूरा गरेका डिलर तथा साझेदारलाई अष्ट्रेलिया टुरका लागि छनोट गरिएको बताए । उनले हिकभिजनको बजार विस्तारमा डिलर, रिसेलर र इन्स्टलरहरूको भूमिका रहेको उल्लेख गरे । हिकभिजनका कन्ट्री म्यानेजर मिस्टर लियोनले स्किमअन्तर्गत बिक्री उपलब्धि हासिल गरेका डिलर पार्टनरलाई प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रममा म्याक्सिमाका निर्देशक कमल तामाङ र शिव ढुंगानाले अचिभर्सलाई बधाई दिएका थिए । म्याक्सिमा मल्टिनेसनल ट्रेडिङमा मणि कुमार तामाङ अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ), प्रमोद कुमार अधिकारी प्रबन्ध निर्देशक तथा कमल तामाङ र शिव ढुंगाना निर्देशक रहेका छन् ।2 2

हिकटेक स्टारबाट दुई नेपाली कम्पनी चीन जाने

सोही कार्यक्रममा Hiktech Star Nepal बाट छनोट भएर चीन भ्रमणमा जान लागेका दुई नेपाली कम्पनीलाई पनि बधाई तथा प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा Ojas International र NK Tech Solutions ले Hiktech Star Nepal मा क्रमशः पहिलो र चौथो स्थान हासिल गरेको जानकारी दिइएको थियो। चीन भ्रमणका लागि छनोट भएका उनीहरूलाई कार्यक्रममा बधाई दिँदै प्रमाणपत्र प्रदान गरिएको हो ।

भियतनाम टुरका ३० अचिभर्सलाई पनि प्रमाणपत्र दिइने

कार्यक्रममा भियतनाम टुरका लागि उपलब्धि हासिल गरेका ३० जना अचिभर्सलाई आगामी कार्यक्रममा प्रमाणपत्र प्रदान गरिने जानकारी दिइएको थियो । हिकभिजनसँग आबद्ध डिलर, रिसेलर र इन्स्टलरलाई विभिन्न स्किममार्फत प्रोत्साहन गर्दै आएको कम्पनीले जनाएको छ। डिलर तथा साझेदारको व्यवसाय विस्तारसँगै कम्पनीको व्यवसाय पनि विस्तार हुने भएकाले यस्ता स्किम सञ्चालन गरिएको कार्यक्रममा बताइएको थियो ।

म्याक्सिमा केयर सेन्टर सञ्चालनको तयारी

कार्यक्रममा म्याक्सिमा मल्टिनेसनल ट्रेडिङका अध्यक्ष तथा सीईओ मणि कुमार तामाङले उत्पादनसम्बन्धी सहयोग तथा मर्मतसम्भार सेवा उपलब्ध गराउन ‘Maxima Care Center’ स्थापना गरी छिट्टै सञ्चालनमा ल्याउने जानकारी दिए । कम्पनीले आगामी दिनमा सेवा, स्टक उपलब्धता तथा प्राविधिक सहयोगलाई थप व्यवस्थित बनाउने योजना पनि कार्यक्रममा प्रस्तुत गरेको थियो ।

अष्ट्रेलिया भ्रमणको तयारी

अष्ट्रेलिया टुरका लागि छनोट भएका सहभागीहरूको भिसा प्रक्रिया अघि बढिरहेको कार्यक्रममा जानकारी दिइएको थियो । भ्रमणका क्रममा सिड्नी ओपेरा हाउस, मेलबर्न र ब्रिसबेनलगायतका स्थानमा लैजाने तयारी रहेको बताइएको थियो । होटल म्यारियट, नक्सालमा आयोजित कार्यक्रममा करिब ४० जना आमन्त्रित सदस्य सहभागी थिए। कार्यक्रममा कम्पनीका पदाधिकारी, हिकभिजनका प्रतिनिधि, डिलर पार्टनर तथा अन्य सदस्यको उपस्थिति थियो ।