इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं। ३ को क्षेत्रीय अधिवेशनबाट गीता प्रसाद भट्टराई क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।
क्षेत्रीय सभापतिका लागि भएको निर्वाचनमा भट्टराईले ३४० मत प्राप्त गर्दै प्रतिस्पर्धी राम दुलाललाई पराजित गरेका हुन्। दुलालले २६९ मत प्राप्त गरे। निर्वाचनमा कुल ६३८ मत खसेर गणना भएको थियो। त्यस्तै, क्षेत्रीय सह–सचिवमा सञ्जीव सिंह राजवंशी निर्वाचित भएका छन्। उनले २१९ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी सरोज कोइरालाले १८० र सन्तोष जङ्ग थापाले १६३ मत प्राप्त गरे।
क्षेत्रीय सदस्यतर्फ प्राप्त मतका आधारमा सरोज बिमली ३०९, तोयानाथ अधिकारी २९० र मोहन प्रसाद शिवाकोटी २८६ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।


