इटहरी स् झापामा प्रहरीले छुट्टाछुट्टै स्थानबाट ब्राउन सुगरसहित शनिवार तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिवसताक्षीका दुई जना र कनकाई नगरपालिकाका एक जना छन्।झापा गाउँपालिका–४ पेश्करटोलबाट प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शिवसताक्षी नगरपालिका–६ का ५३ वर्षीय संजय अग्रवाल र शिवसताक्षी–४ का १८ वर्षीय अर्जुन मल्लिकलाई पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कुमरखोद र प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।प्रहरीलाई देखेपछि उनीहरूले साथमा रहेको कालो प्लास्टिकको पोका घाँसको झाडीमा फालेका थिए। प्रहरीले उ
इटहरी स् जापानिज इन्सेफलाइटिस ९जेई० अर्थात् मस्तिष्क ज्वरोको संक्रमणबाट झापामा थप एक बालकको मृत्यु भएको छ। भद्रपुर नगरपालिका–८ का ८ वर्षीय अविनाश टुडुको उपचारका क्रममा मृत्यु भएको हो।भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अविनाशलाई भदौ ८ गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो। अस्पतालमा गरिएको परीक्षणबाट जेई संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि भदौ १० गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो। धरानमा करिब १४ दिन उपचार गराए पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई घर ल्याएको थियो। घरमै राखेर उपचार तथा हेरचाह भइरहेको अवस्थामा
इटहरी स् उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाइमा अटो र मोटरसाइकल आपसमा ठोक्किँदा एक प्रहरी जवान घाइते भएका छन् ।फत्तेपुरबाट सिवाइतर्फ आउँदै गरेको प्र २–०१–००१ ह ०२१८ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको कोशी प्रदेश ०५–००२ प २५११ नम्बरको मोटरसाइकल शनिबार साँझ फत्तेपुर–गाईघाट भित्री कच्ची सडकखण्डमा ठोक्किएका हुन् । दुर्घटनामा मोटरसाइकल चालक करिब २९ वर्षीय प्रहरी जवान भेषप्रसाद फुयाल घाइते भएका छन् । उनको बाँया कुम, बाँया खुट्टा र दाहिने घुँडामा चोट लागेको प्रहरीले जनाएको छ । स्थानीय क्लिनिकमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि फुयाललाई विराटनगरस्थित नोबेल अस्पतालमा रिफर गरिएको छ
इटहरी स् अर्जुनधारा नगरपालिकाले पछिल्लो चार वर्षमा नगरभित्र करिब ४५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति भएको जनाएको छ। संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा आर्थिक वर्ष २०७९र८० देखि २०८२र८३ सम्म सडकसहित विभिन्न क्षेत्रमा भएका कामको विवरण नगरपालिकाले सार्वजनिक गरेको हो।नगरपालिकाले इलामको कन्याममा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत चार वर्षको अवधिमा सञ्चालन भएका विकास निर्माण तथा विभिन्न कार्यक्रमका उपलब्धि सार्वजनिक गरेको हो। नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले निर्वाचनका क्रममा गरिएका अधिकांश प्रतिबद्धता कार्यान्वयनको चरणमा रहेको दाबी गरे। उनका अनुसार नगरभित्र सडक पूर्वाधारसँगै कृषि, स्
इटहरी । विराटनगरमा सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका ८२ वर्षीय वृद्धलाई उपचारका लागि अस्पताल लैजानुको सट्टा चालकले बाटोमै छाडेर फरार भएको खुलेको छ।विराटनगर महानगरपालिका–९ ठकुरवाडी रोडमा प्रदेश १–०२–००४ ह ९६७५ नम्बरको सिटी सफारीले विराटनगर–८ का ८२ वर्षीय तीर्थराज बस्नेतलाई ठक्कर दिएको थियो। सिटी सफारीको ठक्करबाट गम्भीर घाइते भएका बस्नेतलाई स्थानीयले उद्धार गरी उपचारका लागि त्यही सिटी सफारीमा राखेर पठाएका थिए। तर, अस्पताल लैजानुपर्ने घाइते बस्नेतलाई चालकले विराटनगर–७ स्थित मालपोत कार्यालयनजिकै सडकमा छाडेर सिटी सफारीसहित फरार भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए। समयपछि मालप
इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा जिल्ला प्रशासन कार्यालय सुनसरीका कर्मचारीको मृत्यु भएको छ।मृत्यु हुनेमा इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका करिब ३५ वर्षीय सागर रेग्मी रहेका छन्। रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी रहेको खुलेको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीका दुई कर्मचारी मोटरसाइकलमा सवार भएर यात्रा गरिरहेका बेला दुर्घटनामा परेको प्रारम्भिक विवरणबाट खुलेको छ। प्रहरीका अनुसार शनिबार बिहान करिब २ः५० बजे इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल डिभाइडर
इटहरी। झापामा जापानिज इन्सेफ्लाइटिस ९जेई० अर्थात् मस्तिष्क ज्वरोले फेरि गम्भीर जनस्वास्थ्य चुनौतीको संकेत दिएको छ । पछिल्लो पटक भद्रपुर नगरपालिका–८ का आठ वर्षीय अविनाश टुडुको मृत्यु भएपछि जिल्लामा यस वर्ष जेई संक्रमणबाट ज्यान गुमाउनेको संख्या सात र संक्रमितको संख्या १४ पुगेको छ ।अविनाशलाई भदौ ८ गते उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा भर्ना गरिएको थियो । परीक्षणका क्रममा जेई संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि भदौ १० गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको थियो । करिब १४ दिन उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि परिवारले उनलाई घर ल्याएको थियो । घरमै उपचार तथ
इटहरी। धनकुटाको महालक्ष्मी नगरपालिका–७, जितपुरमा विद्युत् सर्ट हुँदा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । शनिबार साँझ पानी तान्ने मोटरबाट विद्युत् सर्ट भई करेन्ट लाग्दा ४१ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।भोजपुरको साल्पासिलिछो गाउँपालिका घर भएका राई हाल महालक्ष्मी नगरपालिका–६ मा बस्दै आउनुभएको थियो । महालक्ष्मी नगरपालिकामा निर्माणाधीन नगर अस्पतालको काम गर्दै आएका राई पानी तान्ने क्रममा विद्युत् सर्ट भई करेन्ट लागेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिनुभयो ।निर्माण व्यवसायीसमेत रहेका राई महालक्ष्मी नगर अस्पताल निर्मा
इटहरी । सुनसरीको इटहरीमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । इटहरीबाट इनरुवातर्फ जाँदै गरेको मोटरसाइकल इटहरी उपमहानगरपालिका–७ र १७ को सिमानामा रहेको कल्भर्टमा अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको हो ।दुर्घटनामा मृत्यु हुनेमा इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहनुभएको छ । रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी हुनुहुन्थ्यो । दुर्घटना राति करिब २ बजे भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुवास हमालले बताउनुभयो ।दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि राति नै धरानस्थित बीपी कोइर
इटहरी। ताप्लेजुङमा सम्पन्न प्रथम कुलकर्ण खुला महिला फुटसल प्रतियोगिताको उपाधि वीरेन्द्र यवा क्लब ‘ए’ टोलीले जितेको छ । प्रतियोगिताको फाइनलमा आयोजक कुलकर्ण फुटसल क्बव ‘बी’ लाई ३–१ गोलअन्तरले पराजित गर्दै फुङ्लिङ–५ को वीरेन्द्र युवा क्लबले उपाधि जितेको हो ।उपाधि जितसँगै वीरेन्द्र युवा क्लबले २५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । यस्तै उविजेता बनेको आयोजक ‘बी’ ले १५ हजार रुपियाँ नगद पुरस्कार तथा ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ ।हरितालिका तिज पर्वको अवसरमा कुलकर्ण फुटसल क्लबले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा १८ टोलीले सहभागिता जनाएको खेल संयो
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.