All Posts By कोशी प्रेस

    Showing १११-१२० of १३,४२४ items.
  • सुनसरीमा लागुऔषधसहित तीन जना पक्राउ

    इटहरी। सुनसरीको सीमावर्ती कोशी गाउँपालिका क्षेत्रबाट प्रहरीले लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बिहीबार साँझ कोशी गाउँपालिका–१, लौकही भन्सार गेटबाट लागुऔषधसहित दुई जना र भोक्राहा नरसिंह गाउँपालिका–६, ईस्राइल कामतस्थित चेकपोस्टबाट एक जना पक्राउ परेका हुन् ।लौकहीस्थित सशस्त्र प्रहरी बल, नेपाल ९बीओपी० लौकहीबाट खटिएको चेकपोस्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र।१–०२–०५३ प ४६९६ नम्बरको बजाज कम्पनीको २०० सीसीको मोटरसाइकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको हो । शंकास्पद लागेर चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध फेला परेपछि कोशी गाउँपालिका–४, जुधगन्जका २५ वर्षीय शम्सेर आलम र

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ११५ पटक पढिएको
  • बाढीले थलिएको इँवाखोला, चार महिनादेखि पुनर्निर्माणको पर्खाइमा

    इटहरी। ताप्लेजुङ र पाँचथरको सीमाबाट बग्ने इन्द्रावती खोलामा निर्माण गरिएको ९।९ मेगावाट क्षमताको इँवाखोला जलविद्युत आयोजना चार महिनादेखि ठप्प छ । गत जेठमा आएको बाढीले आयोजनाका विभिन्न संरचनामा क्षति पुर्‍याएपछि विद्युत् उत्पादन बन्द भएको हो ।रिडी हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्धित आयोजनाको बाँधस्थल, बालुवा थिग्राउने पोखरी, पाइपलाइन र विद्युत् गृहमा बाढीले क्षति पुर्‍याएको छ । क्षतिग्रस्त संरचनाको पुनर्निर्माण सुरु हुन नसक्दा आयोजनाबाट विद्युत् उत्पादन हुन सकेको छैन । आयोजनाका सामाजिक परिचालक तथा हेडबक्स इन्चार्ज टीकाराम मिश्रका अनुसार प्रतिकूल मौसमका कारण पुनर्निर्माणको काम सुरु गर्न ढिलाइ भएक

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ८६ पटक पढिएको
  • संस्थापनमा नअटेकाहरू इतरमा, झापाको कांग्रेसमा नयाँ समीकरण

    इटहरी स्  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत संस्थापन पक्षको अधिवेशनमा अवसर नपाएका नेता–कार्यकर्ता संस्थापन इतर समूहको अधिवेशनमा सहभागी हुन थालेका छन्। संस्थापन पक्षको वडा तथा क्षेत्रीय अधिवेशनमा प्रतिनिधित्व सुनिश्चित गर्न नसकेका कतिपय नेता–कार्यकर्ता इतर समूहबाट पुनः अधिवेशन प्रक्रियामा जोडिएका हुन्।असोज ३ र ४ गते सम्पन्न संस्थापन पक्षको वडा अधिवेशनमा समेटिन नसकेका तथा असोज १० गते सम्पन्न क्षेत्रीय अधिवेशनमा महाधिवेशन प्रतिनिधि निर्वाचित हुन नसकेका नेता–कार्यकर्ता इतर पक्षको अधिवेशनमा सहभागी भएको पाइएको छ। संस्थापन इतर पक्षले शुक्रबारदेखि वडा अधिवेशन सुरु गरेको छ। त्यसक्रममा बिर्त

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ९१ पटक पढिएको
  • चाडपर्व नजिकिँदा धरानमा खसीबोकाको कारोबार बढ्यो

    इटहरी स्  दसैँ–तिहार नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढेको छ। धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा चाडपर्व लक्षित खसीबोकाको किनबेच बढेपछि किसान तथा व्यापारीको चहलपहलसमेत बढेको हो।कोशी प्रदेशका पहाडी जिल्लादेखि तराईका विभिन्न स्थानबाट किसान र व्यापारी खसीबोका बिक्री तथा खरिदका लागि धरान आउने गरेका छन्। कृषि उपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोकाको कारोबार हुने गरेको छ। बिहीबार र शुक्रबार भने विशेष रूपमा खसीबोकाको बजार लाग्ने गरेको छ। धरान–१४ का दलबहादुर कथाय विगत १५ वर्षदेखि खसीबोकाको व्यापारमा छन्। उनले घरमै खसीबोका पाल्नुका साथै धनकुटा, पाँचथरलगायत पहाडी जिल्लाबाट खरिद गर

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ४२ पटक पढिएको
  • फ्रिजमा टाँसिएको अवस्थामा मृत भेटिए डेरावाल, दुई–तीन दिनअघि नै मृत्यु भएको आशंका

    इटहरी। विराटनगर महानगरपालिका–१६ मा एक पुरुष डेराको कोठाभित्र मृत फेला परेका छन् । कोठाबाट दुर्गन्ध फैलिन थालेको थाहा पाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।स्थानीय अमोद लामाको घरमा डेरा गरी बस्दै आएका ४८ वर्षीय बब्लु श्रेष्ठ शुक्रबार बिहान मृत अवस्थामा भेटिएका हुन् । उनी सिटी सफारी चलाएर जीविकोपार्जन गर्दै आएका थिए । कोठाबाट अस्वाभाविक दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।प्रहरी घटनास्थल प

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ६३ पटक पढिएको
  • उदयपुर र इलाममा दुई जनाको ज्यान गयो, एकलाई रुखले किच्यो, अर्का खोल्सीमा लडे

    इटहरी। उदयपुर र इलाममा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । उदयपुरमा उत्तिसको रुखले किचेर एक जनाको मृत्यु भएको छ भने इलाममा घाँस काट्ने क्रममा खोल्सीमा लडेर अर्का एक जनाको ज्यान गएको हो ।उदयपुरको रौतामाई गाउँपालिका–४ निगालेका ४८ वर्षीय गुञ्जबहादुर राईको रुखले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार दिउँसो २ः३० बजे स्थानीय विदुर रोक्काको मालबासेस्थित बारीमा उत्तिसको रुख ढाल्ने क्रममा सोही रुखले किचेर राई गम्भीर घाइते भएका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रौतापोखरीबाट खटिएको टोलीले उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्‍याएको

    • प्रकाशित मितिः असोज १६, २०८३
    • २५ पटक पढिएको
  • दसैँ–तिहारमा यात्रुको चाप बढ्ने भएपछि इटहरीमा यात्रु सहायता कक्ष स्थापना

    इटहरी। नेपालीका महान् चाड दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी इटहरीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।चाडपर्वका समयमा घर फर्किने तथा विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुको चाप बढ्ने भएकाले यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन इटहरी उपमहानगरपालिका–९ स्थित बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुबाट बढी भाडा असुली, टिकटमा ठगी, यात्रुमाथि दुर्व्यवहारलगायतका समस्या आउन सक्ने भएकाले त्यस्ता गुनासोको सुनुवाइ तथा तत्काल समाधान गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन क

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ५९ पटक पढिएको
  • युवामा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि बनेका पत्रकार विश्वराजले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुर क्षेत्र नम्बर १ बाट युवा नेता तथा पत्रकार विश्वराज तामाङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।३५ वर्षमुनिका युवातर्फ सर्वाधिक मत प्राप्त गर्दै तामाङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका तामाङ अहिले पत्रकारिता तथा सञ्चार उद्यममा समेत सक्रिय छन् । नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका तामाङ पछिल्लो समय सञ्चार उद्यमीका रूपमा परिचित छन् ।तामाङ नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष, प्रेस युनियन उदयपुरका अध्यक्ष तथा आदिवासी जनजाति पत्रकार महासंघका केन्द्र

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ४० पटक पढिएको
  • सनपाटको डाँठ सन्ठीले समेत पाउन थाल्यो मूल्य

    इटहरी। सनपाटको रेसा निकालिसकेपछि भित्रको डाँठ ९सन्ठी० ले समेत राम्रो मूल्य पाउन थालेको छ । मूल्य पाउन थालेपछि किसानले आफैँ मोरङका गाउँ–गाउँमा पुर्‍याएर सनपाटको सन्ठी बेच्न थालेका छन् ।मोरङको रङ्गेली–८, दरबेशाका श्याम पासवानले १० कट्ठामा सनपाट लगाउनुभएको थियो । सनपाटको मूल्य कुरेर बसिरहनुभएका पासवानले सन्ठी प्रतिभारी १५० रुपियाँमा बिक्री गरिरहनुभएको छ । सिटी सफारीमा सन्ठीको भारी राखेर बिक्री गर्न गाउँ–गाउँ डुलिरहनुभएका पासवानले भन्नुभयो, असोज दोस्रो सातायता उहाँ दक्षिणी मोरङका वनको पहुँच नभएका गाउँमा डुली–डुली सन्ठी बिक्री गरिरहनुभएको छ । वनको पहुँच नभएका तराईका गाउँमा सन्ठी गोइँठा बनाउन प्रयोग

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ५० पटक पढिएको
  • कोशी प्रदेश योजना आयोगका नवनियुक्त दुई सदस्यले लिए शपथ

    इटहरी। कोशी प्रदेश योजना आयोगका नवनियुक्त सदस्य तोयानाथ खतिवडा ‘रुपेश’ र हरिकुमारी राईले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उहाँहरूलाई शपथ ग्रहण गराउनुभएको हो । यसअघि बिहीबार अपराह्न बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले विराटनगर–३ निवासी खतिवडा र खोटाङकी राईलाई प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।यसअघिको सत्ता गठबन्धनका तर्फबाट नियुक्त नेपाली कांग्रेसनिकट दुई सदस्यले राजीनामा दिएपछि रिक्त रहेको पदमा उहाँहरू नियुक्त हुनुभएको हो । मन्त्रिपरिषद् बैठकले आयोगका सदस्य नियु

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ४१ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]