समाज

    Showing २९१-३०० of १०,९९२ items.
  • विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन

    इटहरी स् सुनसरीमा विद्यालय परिसरमा राजनीतिक दलका आन्तरिक गतिविधि सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालयले राजनीतिक दलसहित विद्यालय र स्थानीय तहलाई निर्देशन दिएको छ ।विद्यालयमा राजनीतिक दलका चुनाव, बैठक, तालिम, अभिमुखीकरण, आमसभा तथा भेला लगायतका कार्यक्रम सञ्चालन भइरहेको भन्दै गुनासो आएपछि प्रशासनले यस्तो निर्देशन दिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी राममणि निरौलाद्वारा हस्ताक्षरित सूचनामा विद्यालय पठनपाठन र शैक्षिक गतिविधिका लागि मात्र प्रयोग हुनुपर्ने भएकाले राजनीतिक दलका कार्यक्रम सञ्चालन नगर्न सम्बन्धित दलहरूलाई आग्रह गरिएको छ ।प्रशासनले विद्यालय परिसरमा राजनीतिक गतिविधि हुन नदिन प्रधानाध्

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ५४ पटक पढिएको
  • हावाहुरीले रुखको हाँगा भाँचिँदा सुनसरीमा एक महिलाको मृत्यु

    इटहरी स् सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा हावाहुरीले रुखको हाँगा भाँचिँदा लागेर एक महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बर्जु–६ चिमडीका हेमनारायण यादवकी ३८ वर्षीया श्रीमती सीता यादव रहेकी छन् । सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार आइतबार दिउँसो करिब २ बजेतिर गाईवस्तुका लागि घाँस काट्न बर्जु ताल नजिक पुगेका बेला उनलाई हावाहुरीले भाँचिएको सिमलको हाँगाले लागेको थियो ।हाँगाले लागेर गम्भीर घाइते भएकी यादवलाई उपचारका लागि विराटनगरस्थित मोरङ सरकारी अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि दिउँसो ४ः२८ बजेतिर बूढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो । अस्पताल

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ४७ पटक पढिएको
  • झापाको बुद्धशान्तिमा बजेट कार्यान्वयनमा वडाध्यक्षको तदारुकता

    इटहरी स्   चालू आर्थिक वर्ष २०८३र८४ को बजेट समयमै कार्यान्वयन गरी योजना सम्पन्न गर्ने उद्देश्यले झापाको बुद्धशान्ति गाउँपालिका–१ ले कामलाई तीव्रता दिएको छ।वडा कार्यालयले होक्से चोकदेखि वडा कार्यालय जोड्ने सडक कालोपत्रेको काम अघि बढाएको छ। करिब डेढ किलोमिटर लामो उक्त सडक असोजभित्रै कालोपत्रे गर्ने लक्ष्यसहित काम सुरु गरिएको वडा कार्यालयले जनाएको छ। वडा अध्यक्ष अनिल वाग्लेका अनुसार संघ र प्रदेश सरकारबाट विनियोजन भएका योजनाको काम समयमै सम्पन्न गर्न पहिलो चरणका आवश्यक तयारी पूरा गरिएको छ। चालू आर्थिक वर्षमा बुद्धशान्ति–१ मा संघ र प्रदेशबाट २९ भन्दा बढी योजना परेका छन्।‘संघ र प्रदेशबाट आए

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ४० पटक पढिएको
  • धनकुटामा तीन विधाको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न, विजेताहरू पुरस्कृत

    इटहरी । शटल धनकुटा स्पोट्र्स क्लबको आयोजनामा धनकुटामा सञ्चालित तीन विधाको ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगिता अन्तर्गत प्रदेशस्तरीय ‘बी लेभल’ पुरुष डबल्सको उपाधि प्रतिक विष्ट र कर्ण तामाङको जोडीले जितेको छ। उनीहरूले सञ्जोकहाङ लिम्बू र प्रकाश राईको जोडीलाई सोझो सेटमा पराजित गरे। यस विधामा अनमोल बुर्जा मगर र उत्सब उप्रेती तथा विशाल पराजुली र रोमिन राईको जोडी तेस्रो भएका छन्। यस्तै, राष्ट्रियस्तरीय भेट्रान्सतर्फ शिखर श्रेष्ठ र इन्द्रकुमार योङहाङको जोडीलाई पराजित गर्दै गणेश राई र दिपक आङ्दाम्बेको जोडीले उपाधि हात पारेको छ। यस विधामा मनोज लिम्बू र विजेन प्रधान तथा राम योञ्जन र श्रवण

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ८४ पटक पढिएको
  • कोशीमा डेंगु संक्रमण बढ्दो, झापा सबैभन्दा बढी प्रभावित

    इटहरी स् कोशी प्रदेशमा डेंगु संक्रमण फैलिने क्रम बढ्दै गएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार झापा डेंगु संक्रमणको सबैभन्दा बढी प्रभावित जिल्ला बनेको छ।जनस्वास्थ्य अधिकृत स्मृति लुईँटेलका अनुसार सन् २०२६ सेप्टेम्बर १९ सम्म प्रदेशका १३ जिल्लामा गरी ७९३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। त्यसमध्ये झापामा मात्रै २२८ जनामा संक्रमण देखिएको छ। झापापछि सुनसरीमा २०३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। यस्तै ओखलढुंगामा १२२, खोटाङमा ८२, पाँचथरमा ४४, उदयपुरमा ३४, भोजपुरमा ३१, संखुवासभामा १८, मोरङमा २०, धनकुटामा चार, सोलुखुम्बुमा तीन, तेह्रथुममा तीन र ताप्लेजुङमा एक जनामा संक्रमण पुष्टि भएको निर्देश

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ३५ पटक पढिएको
  • इटहरीमा करेन्ट लागेर २० वर्षीय शिवमको मृत्यु

    इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१० संविधानचोकस्थित निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ सेन्टरमा मेसिन चलाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।सोमबार बिहान ५ः५० बजे करेन्ट लागेर २० वर्षीय शिवम विकको मृत्यु भएको हो ।  मेसिन चलाउने क्रममा करेन्ट लागेर विक घाइते भएका थिए । लगत्तै उनलाई उपचारका लागि इटहरी सामुदायिक अस्पताल लगिएको थियो ।त्यहाँबाट थप उपचारका लागि बुढीगंगास्थित विराट शिक्षण अस्पताल लगिएको थियो ।  विराट शिक्षण अस्पतालमा चिकित्सकले ६ः१२ बजे विकलाई मृत घोषणा गरेको सुनसरी प्रहरीले जनाएको छ । उदयपुरको चौदण्डीगढी गाउँपालिका घर भएका विक निर्मल स्टिल फेब्रिकेसन ट्रेनिङ

    • प्रकाशित मितिः असोज ५, २०८३
    • १९ पटक पढिएको
  • मिक्लाजुङमा बृहत् विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ७४७ जनाले पाए निःशुल्क उपचार

    इटहरी । मिक्लाजुङ गाउँपालिकाको आयोजना तथा ‘विपन्नका लागि स्वस्थ नेपाल’को सहकार्यमा मिक्लाजुङ–मधुमल्ला अस्पतालमा बृहत् विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। असोज ३ गते आयोजित शिविरमा मुटु, बालरोग, बाल शल्यचिकित्सा, नाक–कान–घाँटी तथा आन्तरिक रोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो। शिविरमा कुल ७ सय ४७ जनाको स्वास्थ्य परीक्षण गरिएको मधुमल्ला अस्पतालका प्रमुख डा. आशिष तामाङले जानकारी दिनुभयो। वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. अनिल भट्टराईको नेतृत्वमा सञ्चालित शिविरमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए। प्रा. डा. अनिल भट्टराईले मुटुरोग, सह–प्राध्यापक डा. दिनेशप्रसाद कोइराल

    • प्रकाशित मितिः असोज ५, २०८३
    • २२ पटक पढिएको
  • खोटाङ बजारमा खुलेआम बिक्री हुँदै थिए म्याद गुज्रेका सामान, ६६ पसल अनुगमन गर्दा यस्तो भेटियो

    इटहरी स् चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारलगायतका स्थानमा नियमित अनुगमन गरिएको छ ।दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरेर दिक्तेलबजारको अल्छेढुङ्गा–रत्नपार्क, रत्नपार्क–पुरानो बेसक्याम्प, पुरानो बेसक्याम्प–त्रिवेणीचोक, त्रिवेणीचोक–हाटडाँडा र हाटडाँडा–अस्पतालचोकसम्मका ६६ वटा होलसेल तथा किराना पसल अनुगमन गरिएको हो ।संयुक्त अनुगमन टोलीले दिक्तेल बजारका होलसेल तथा किराना पसलबाट बरामद गरेका सामग्री सर्जमिन मुचुल्का गरेर नष्ट गरेको छ । म्याद नाघेका पेय पदार्थलाई खाल्डोमा हालेर र दैनिक उपभोग्य वस्तुलाई जिल्ला प्रशासन कार्यालय खोटाङ परिसरमा जम्मा पारेर आगो लगाएर

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ३७ पटक पढिएको
  • विकास कुर्दाकुर्दै रित्तियो बर्मेगाउँ

    इटहरी। कुनै समय २७ घरमा चुलो बल्ने बर्मेगाउँ अहिले १२ घरमा सीमित भइसकेको छ । यो गाउँका १५ घरमा ताला झुन्डिएका छन् । कतिपय घरका छाना मक्किएका छन् भने केही घर गाईवस्तु बाँध्ने ग्वालीमा परिवर्तन भइसके । विकास र आधारभूत सुविधाको पर्खाइमा रहेको यो बस्तीबाट पछिल्ला वर्षमा परिवारहरू बसाइँ सर्दै गएपछि बर्मे क्रमशः रित्तिँदै गएको हो ।याङवारक गाउँपालिका–२ मा पर्ने बर्मेका १२ घरमा अहिले ६३ जना नागरिक छन् । सडक, स्वास्थ्य संस्था र माथिल्लो तहको विद्यालय गाउँमै नहुँदा यहाँको दैनिक जीवन कठिन छ । गाउँमा जन्मिएका बालबालिकाले पाँच कक्षापछि पढाइलाई निरन्तरता दिनसमेत गाउँ छाड्नुपर्ने अवस्था छ । सदरमुकाम फिदिमबाट

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ४२ पटक पढिएको
  • बाँदर बढेपछि बेसार र अम्रिसो

    इटहरी। सुनसरीको विष्णुपादुका क्षेत्रमा बाँदरको आतङ्क बढेपछि किसानले मकै र दाल खेती गर्न छाड्दै गएका छन् । डेढ दशकदेखि बाँदरले बाली खाएर र नष्ट गरेर हैरान बनाएपछि किसानले परम्परागत लगाउँदै आएको बाली घटाउँदै बेसार, अम्रिसो र केरालगायतका खेती लगाउन थालेका छन् । विष्णुपादुका क्षेत्र र वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ र २ क्षेत्रमा बाँदरको समस्याले परम्परागत खेती विस्थापित हुँदै गएको छ । कुनै समय मकै, दाल, धान र कोदो उत्पादन हुने खेतबारीमा अहिले वैकल्पिक बाली लगाउने क्रम बढ्दै गएको छ । बाँदरबाट बाली जोगाउन नसक्दा खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको वराहक्षेत्र–१, सूर्यकुण्डका अगुवा

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ३८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]