इटहरी स् दसैँ–तिहार नजिकिएसँगै धरानमा खसीबोकाको कारोबार बढेको छ। धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा चाडपर्व लक्षित खसीबोकाको किनबेच बढेपछि किसान तथा व्यापारीको चहलपहलसमेत बढेको हो।कोशी प्रदेशका पहाडी जिल्लादेखि तराईका विभिन्न स्थानबाट किसान र व्यापारी खसीबोका बिक्री तथा खरिदका लागि धरान आउने गरेका छन्। कृषि उपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोकाको कारोबार हुने गरेको छ। बिहीबार र शुक्रबार भने विशेष रूपमा खसीबोकाको बजार लाग्ने गरेको छ। धरान–१४ का दलबहादुर कथाय विगत १५ वर्षदेखि खसीबोकाको व्यापारमा छन्। उनले घरमै खसीबोका पाल्नुका साथै धनकुटा, पाँचथरलगायत पहाडी जिल्लाबाट खरिद गर
इटहरी। विराटनगर महानगरपालिका–१६ मा एक पुरुष डेराको कोठाभित्र मृत फेला परेका छन् । कोठाबाट दुर्गन्ध फैलिन थालेको थाहा पाएर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।स्थानीय अमोद लामाको घरमा डेरा गरी बस्दै आएका ४८ वर्षीय बब्लु श्रेष्ठ शुक्रबार बिहान मृत अवस्थामा भेटिएका हुन् । उनी सिटी सफारी चलाएर जीविकोपार्जन गर्दै आएका थिए । कोठाबाट अस्वाभाविक दुर्गन्ध आउन थालेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले बताए । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रानीका इन्स्पेक्टर प्रवीण घिमिरेको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।प्रहरी घटनास्थल प
इटहरी। उदयपुर र इलाममा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । उदयपुरमा उत्तिसको रुखले किचेर एक जनाको मृत्यु भएको छ भने इलाममा घाँस काट्ने क्रममा खोल्सीमा लडेर अर्का एक जनाको ज्यान गएको हो ।उदयपुरको रौतामाई गाउँपालिका–४ निगालेका ४८ वर्षीय गुञ्जबहादुर राईको रुखले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बिहीबार दिउँसो २ः३० बजे स्थानीय विदुर रोक्काको मालबासेस्थित बारीमा उत्तिसको रुख ढाल्ने क्रममा सोही रुखले किचेर राई गम्भीर घाइते भएका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी रौतापोखरीबाट खटिएको टोलीले उनलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल उदयपुर पुर्याएको
इटहरी। नेपालीका महान् चाड दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी इटहरीमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।चाडपर्वका समयमा घर फर्किने तथा विभिन्न गन्तव्यमा आवतजावत गर्ने यात्रुको चाप बढ्ने भएकाले यात्रालाई सहज, सुरक्षित र व्यवस्थित बनाउन इटहरी उपमहानगरपालिका–९ स्थित बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । चाडपर्वका समयमा सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुबाट बढी भाडा असुली, टिकटमा ठगी, यात्रुमाथि दुर्व्यवहारलगायतका समस्या आउन सक्ने भएकाले त्यस्ता गुनासोको सुनुवाइ तथा तत्काल समाधान गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन क
इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुर क्षेत्र नम्बर १ बाट युवा नेता तथा पत्रकार विश्वराज तामाङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।३५ वर्षमुनिका युवातर्फ सर्वाधिक मत प्राप्त गर्दै तामाङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका तामाङ अहिले पत्रकारिता तथा सञ्चार उद्यममा समेत सक्रिय छन् । नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका तामाङ पछिल्लो समय सञ्चार उद्यमीका रूपमा परिचित छन् ।तामाङ नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष, प्रेस युनियन उदयपुरका अध्यक्ष तथा आदिवासी जनजाति पत्रकार महासंघका केन्द्र
इटहरी। सनपाटको रेसा निकालिसकेपछि भित्रको डाँठ ९सन्ठी० ले समेत राम्रो मूल्य पाउन थालेको छ । मूल्य पाउन थालेपछि किसानले आफैँ मोरङका गाउँ–गाउँमा पुर्याएर सनपाटको सन्ठी बेच्न थालेका छन् ।मोरङको रङ्गेली–८, दरबेशाका श्याम पासवानले १० कट्ठामा सनपाट लगाउनुभएको थियो । सनपाटको मूल्य कुरेर बसिरहनुभएका पासवानले सन्ठी प्रतिभारी १५० रुपियाँमा बिक्री गरिरहनुभएको छ । सिटी सफारीमा सन्ठीको भारी राखेर बिक्री गर्न गाउँ–गाउँ डुलिरहनुभएका पासवानले भन्नुभयो, असोज दोस्रो सातायता उहाँ दक्षिणी मोरङका वनको पहुँच नभएका गाउँमा डुली–डुली सन्ठी बिक्री गरिरहनुभएको छ । वनको पहुँच नभएका तराईका गाउँमा सन्ठी गोइँठा बनाउन प्रयोग
इटहरी। कोशी प्रदेश योजना आयोगका नवनियुक्त सदस्य तोयानाथ खतिवडा ‘रुपेश’ र हरिकुमारी राईले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उहाँहरूलाई शपथ ग्रहण गराउनुभएको हो । यसअघि बिहीबार अपराह्न बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले विराटनगर–३ निवासी खतिवडा र खोटाङकी राईलाई प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।यसअघिको सत्ता गठबन्धनका तर्फबाट नियुक्त नेपाली कांग्रेसनिकट दुई सदस्यले राजीनामा दिएपछि रिक्त रहेको पदमा उहाँहरू नियुक्त हुनुभएको हो । मन्त्रिपरिषद् बैठकले आयोगका सदस्य नियु
इटहरी। कोशी प्रदेश सरकारले पशुजन्य उत्पादनको गुणस्तर सुधार, पशु स्वास्थ्य सुरक्षा र निर्यात प्रवर्धन गर्ने उद्देश्यले प्रदेशभरका १२ लाखभन्दा बढी गाईभैंसीलाई खोरेतविरुद्धको खोप लगाउने अभियान शुक्रबारदेखि सुरु गर्दैछ। असोज १६ गतेदेखि प्रदेशका सबै १४ जिल्लामा एकैसाथ खोप अभियान सञ्चालन हुने भएको छ।कोशी प्रदेश पशुपन्छी तथा मत्स्य निर्देशनालयका निर्देशक डा। सुशील अधिकारीका अनुसार प्रदेशमा रहेका कुल १७ लाखभन्दा बढी गाईभैंसीमध्ये पहिलो चरणमा १२ लाख ३५ हजार गाईभैंसीलाई लक्षित गरी खोप लगाउन लागिएको हो। यस अभियानले पशुमा लाग्ने सङ्क्रामक खोरेत रोग नियन्त्रण गर्ने उद्देश्य राखेको अधिकारीले जानकारी दिनुभयो
इटहरी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ओखलढुङ्गाबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। बिहीबार राति सम्पन्न मतगणनाबाट विभिन्न समावेशी समूहका प्रतिनिधि चयन भएसँगै जिल्लाबाट महाधिवेशनमा प्रतिनिधित्व गर्ने नेताहरूको टुङ्गो लागेको हो।महाधिवेशन प्रतिनिधिका ३३ पदका लागि ७७ जना उम्मेदवारबिच प्रतिस्पर्धा भएको थियो। मंगलबार भएको मतदानमा जिल्लाका कुल एक हजार ८५१ क्षेत्रीय प्रतिनिधिमध्ये एक हजार ७४९ जनाले मतदान गरेका थिए। खुलातर्फ १० जना प्रतिनिधि निर्वाचित भएका छन्। अजय लुईटेल, उज्जन बुढाथोकी, कमल तामाङ, कुमार लुईटेल, तेजन खनाल, नवराज केसी, नवीन राई, प्रदीपकुमार सुनुवार, रामहरि खतिव
इटहरी। उदयपुर जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढी गाउँपालिका–५ स्थित पुरातात्त्विक महत्त्व बोकेको ऐतिहासिक उदयपुरगढीको पुनर्निर्माण भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा मौलिक पहिचान बोकेको यो ऐतिहासिक स्थलकोे पुनर्निर्माण भएपछि गढीले आफ्नो वास्तविक आकार लिएको हो । उदयपुरगढी गाउँपालिकाको हालको केन्द्रदेखि करिब एक किलोमिटर उत्तरमा रहेको पुरानो गढीमा २५० वर्षभन्दा अघिको ध्वस्त भग्नावशेषलाई गाउँपालिकाले पुनर्जीवन दिएर पुनर्निर्माण गरेपछि चिटिक्क भएको यो सुन्दर गढी यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पुनर्निर्माण गरिएको यस गढीमा तत्कालीन सैनिक बङ्कर, को
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.