काठमाडौं / रामायण वाचिका एवम् छन्द कविता वाचिकाका रुपमा चिरपरिच सरू गुरागाईलाई क्यान्सर भएको छ । उनका श्रीमान मुरारी गुरागाईले फेसबुक स्ट्याटस मार्फत यसको जानकारी गराएका छन्।एक वर्षदेखि हाडजोर्नी सम्बन्धी समस्याको उपचार गराइरहेको अवस्थामा हाल क्यान्सर रोग लागेको थियोे । उनको पछाडिको हड्डी भाँचिएको थियो। अहिले रोगकै कारण छन्दकविता वाचनको काम पूर्ण रूपमा रोकिएको छ ।उनको अमेरिकामा उपचार भईरहेको छ। नेपालबाट वसाई सरेर उनीहरु अमेरिकामै वसोवास गरिरहेका छन्।सरु र मुरारीका ७ वर्ष र २२ महिनाका दुई सन्तान छन्। गुरागाईले उपचारका लागि सक्दो सहयोगका लागि पनि अपिल गरेका छन्।
सुनसरी / नेकपा माओवादी केन्द्र इटहरी वडा नम्बर- ४ को कमिटीको आयोजनामा यहि भदौ १६ गते शनिवार निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको छ । जनतासँग माओवादी , विशेष रुपान्तरण अभियान अन्तरगत माओवादी केन्द्र इटहरी उपमहानगरपालिका ४ नम्बर वडा कमिटीको आयोजना विराटनगरका बिभिन्न बिषेज्ञ सेवा प्रदान गर्दै आएका अस्पतालहरुको प्राविक सहयोगमा शनिबार बिहान ८ बजेदेखि ५ बजेसम्म इटहरी ४ को बुढी गंगा प्राविमा एक दिने निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको हो । बुधबार माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जनतासँग माओवादी , विशेष रुपान्तरण अभियान २०८० का इटहरी उपमहानगर संयोजक हिमाल राईको उपस्थितीमा बस
इटहरी / सुनसरीको इटहरी ४ मा रहेको बेदान्त हस्पिटलले महामारीको रुपमा फैलिएको डेङ्गुलाई लक्षित गर्दै फिजिसियन डाक्टरको सेवा १००रुपैँयामा प्रदान गर्ने भएको छ। हस्पिटलमा २४ सै घण्टा सञ्चालनमा रहेको जेनेरल फिजिसियनको सेवा सय रुपैँयामा गर्ने भएको हो।लामो समय देखि सम्पुर्ण रोगको गुणस्तरीय तथा सहुलियत सेवा प्रदान गर्दै आएको बेदान्त हस्पिटल महामारीलाई लक्षित गर्दै जेनेरल फिजिसियनको सेवा १०० रुपैँयामा प्रदान गर्ने हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ। बेदान्त हस्पिटलले २४सै घण्टा बिभिन्न डाक्टरद्वारा इमरजेन्सी सेवा, डिजिटल एक्सरे, भि
पथरी शनिश्चरे / पथरीशनिश्चरे नगरपालिकामा आज भदौ ०२ गतेसम्म २० हजार २ सय ६५ जना बालबालिका लाई दादुरा रुबेला विरुद्धको खोप प्रदान गरिसकेको छ ।नगर स्वास्थ्य कार्यालय पथरीका वरिष्ठ अधिकृत एकराज खत्रीका अनुसार ६ देखि ५९ महिनाका बालबालिकाहरु ४ हजार ८ सय ८७ जना र ५ वर्षदेखि १५ वर्षका बालबालिकाहरु १५ हजार ३ सय ७८ जनाले खोप लगाइसकेका छन् । यसबाट जम्मा २० हजार २ सय ६५ जनाले खोप लगाएको देखिन्छ । यो संख्या नगरको लक्ष्य अनुसार ९५ प्रतिशत रहेको छ । नगरको लक्ष्य २१ हजार ३ सय २१ जना रहेको छ भने भोलि अन्तिम दिन ५ प्रतिशत प्रगति विवरण हुनेमा नगरपालिका विश्वस्त रहेको छ । दादुरा रुवेला खोप अभियान सञ्चाल
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु सङक्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताए । धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा उहाँले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताए ।मुख्यमन्त्री थापाले ध्यानाकर्षणपत्र बुझ्दै डेङ्गु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधिलगायत सामग्रीसहित सम्पूर्ण उपचारको जिम्मा प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गर्नुभयो । विराटनगरस्थित एक हजार शय्याको सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रमा डेङ्गुुलगायत अन्य रोगबाट पीडितको उपचार सरकारले निःशुल्क गर्
सुनसरी / धरान उपमहानगरपालिकामा डेंगुबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने संक्रमितको संख्या १२ हजार नाघेको छ ।बिहीबार साँझसम्मको विवरण अनुसार धरानमा डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ रहेको छ । जसमा ६ जना महिला र ५ जना पुरुष छन् । हालसम्म संक्रमितको संख्या भने १२ हजार १८४ पुगेको छ ।धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखाका अनुसार धरानमा हालसम्म जम्मा परीक्षण १६ हजार ८४० जनाको भएको छ । जसमध्ये ७२ प्रतिशतमा डेंगु देखिएको हो ।बिहीबारमात्रै गरिएको ३९० वटा परीक्षणमा २८७ जनामा डेंगु देखिएको उनले बताए । यो संख्या ७४ प्रतिशत हो ।
सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका - ७ गाेठगाउँमा रहेको ज्ञानज्योति सेकेन्डरी स्कुलमा नि:शुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न भएको छ ।विराटनगर आँखा अस्पतालको प्राबिधिक सहयोगमा बिद्यालयका ७ सय बिद्यार्थीहरूकाे आँखा तथा कान चेकजाँच गरिएको विद्यालयका प्रिन्सिपल देवि सिटौलाले जानकारी दिए । उनले आँखा चेकजाँचबाट ८० जना बिद्यार्थीलाई नि:शुल्क चस्मा बितरण गरेको हो ।बिद्यालयले गरेको नि:शुल्क शिविरमा बिद्यार्थीमा बढि आँखाको समस्या देखिएको शिविरमा सहभागी स्वास्थ्यकर्मी जितेन्द्र रायअमात्यले बताए । उनले अस्पतालले नि:शुल्क चस्मा बितरण तथा अप्रेसन गर्नु पर्ने भएमा नि:शुल्क हुने उल्ल
बराहक्षेत्र/ डेंगु नियन्त्रणका लागि बराहक्षेत्र नगरपालिकाले खोज र नष्ट गरौं अभियान सुरु गरेको छ।नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको हो । नगरपालिकामा डेंगुका बिरामी देखा परेको भन्दै यो अभियान थालिएको जनाएको छ।नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको नगरपालिका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए । डेंगु रोग नियन्त्रणमा र सरसफाई अभियान प्रभावकारी प्रभावकारिता बनाउन यो अभियान शुरु गरिएको कार्किको भनाई छ।बराहक्षेत्र नगरपालिकाले स्वास्थ्यकर्मी जनप्रतिनिधि हरूको सहभागिता मंगलबार बराहक्षेत्र नगरपालिकाको वडा नं ८ को श
बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालीकामा गाईवस्तुलाई लम्पीस्किन रोगको भ्याक्सिन गोठमै पुगेर लगाउदै छ। बराहक्षेत्र नगरका केहि वाडामा भ्याक्सिन लगाइ सकिएको छ भने केही वडाहरुमा भर्खरै सुरु गरेको वडा नं ८ का अध्यक्ष रोसन खड्का ले बताए । पशुचिकित्सकको टोली कृषकको गोठमै मा पुगेर भ्याक्सिन लगाउन थाले पछि कृषिकले राहत महसुस गर्न थालेका छन।लम्पी स्किन रोग विशेषगरी गाईहरुमा बढी देखिने भए पनि भैंसीहरुमा समेत देखिन थालेको पशुचिकित्सकको भनाई छ । अहिले गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको छ।सामान्यतः रोगी पशु र लामखुट्टेबाट समेत सर्ने यो रोग लागेमा पसु लाइ छुट्टै राखेर उपचार
सुनसरी / सुनसरीमा दुई महिनाको अवधिमा डेंगु संक्रमणबाट ९ जनाको मृत्यु भएको छ । कोशी प्रदेशका १४ मध्ये १३ जिल्लामा फैलिसकेको छ । कोशी प्रदेशका १३ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । संखुवासभामा भने हालसम्म संक्रमित भेटिएका छैनन् । संखुवासभा बाहेक कोशी प्रदेशका १३ जिल्लामा हिजोसम्म ७ हजार २७३ जना संक्रमित भएका छन् ।सुनसरीमा सबैभन्दा बढी ४ हजार ८७४ जना संक्रमित छन् । सुनसरीपछि झापामा ५६४, उदयपुरमा १९४, भोजपुरमा ९८, संखुवासभामा ९७ र तेह्रथुममा ६७ जना संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.