बराहक्षेत्र / सुनसरीको बराहक्षेत्र नगरपालीकामा गाईवस्तुलाई लम्पीस्किन रोगको भ्याक्सिन गोठमै पुगेर लगाउदै छ। बराहक्षेत्र नगरका केहि वाडामा भ्याक्सिन लगाइ सकिएको छ भने केही वडाहरुमा भर्खरै सुरु गरेको वडा नं ८ का अध्यक्ष रोसन खड्का ले बताए । पशुचिकित्सकको टोली कृषकको गोठमै मा पुगेर भ्याक्सिन लगाउन थाले पछि कृषिकले राहत महसुस गर्न थालेका छन।
लम्पी स्किन रोग विशेषगरी गाईहरुमा बढी देखिने भए पनि भैंसीहरुमा समेत देखिन थालेको पशुचिकित्सकको भनाई छ । अहिले गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको छ।
सामान्यतः रोगी पशु र लामखुट्टेबाट समेत सर्ने यो रोग लागेमा पसु लाइ छुट्टै राखेर उपचार गर्न बराहक्षेत्र नगरप्रमुख रमेश कार्की ले आग्रह गरेका छन् ।
लम्पीस्किन रोगको मुख्य लक्षणहरुमा घाँटी, पुच्छर वरिवरिको भाग, पेट, थुन लगायत शरीरका विभिन्न भागहरुमा साना ठूला गिर्खाहरु देखिने । गाईभैँसीमा यो रोग देखा परेमा ज्वरो आउने, झोक्राउने, दानापानी कम खाने, दूध उत्पादन घट्ने, छालामा गोलो गिर्खा देखिने, ओठ, मुख र नाकभित्र घाउ देखिने, र्याल काढ्ने, र अन्त्यमा मृत्यु हुने जस्ता लक्षण देखापर्ने स्थानीय कृषिले बताए ।
यो रोग मुख्यतया लामखुट्टे, टोक्ने झिंगा, किर्ना आदिको टोकाईबाट सर्ने गर्दछ । यसबाहेक संक्रमित गाईभैसीको लसपस र ओसारपसार, संक्रमित र स्वस्थ गाईभैंसीलाई उपचारको क्रममा एउटै सुईको प्रयोग र प्राकृतिक तथा कृतिम गर्भाधनमा संक्रमित साँढेको वीर्यको माध्यमबाट पनि रोग सर्ने, संक्रमित गाईंभैंसीबाट जन्मिएका बाच्चाबाच्छी/पाडापाडीमा समेत सर्ने पशुचिकित्सकहरुले बताउँछन्।


