बराहक्षेत्र/ डेंगु नियन्त्रणका लागि बराहक्षेत्र नगरपालिकाले खोज र नष्ट गरौं अभियान सुरु गरेको छ।
नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान थालेको हो । नगरपालिकामा डेंगुका बिरामी देखा परेको भन्दै यो अभियान थालिएको जनाएको छ।नगरपालिकाले डेंगु सार्ने लामखुट्टेको लार्भा खोजी गर्दै नष्ट गर्ने अभियान सुरु गरेको नगरपालिका नगर प्रमुख रमेश कार्कीले जानकारी दिए । डेंगु रोग नियन्त्रणमा र सरसफाई अभियान प्रभावकारी प्रभावकारिता बनाउन यो अभियान शुरु गरिएको कार्किको भनाई छ।
बराहक्षेत्र नगरपालिकाले स्वास्थ्यकर्मी जनप्रतिनिधि हरूको सहभागिता मंगलबार बराहक्षेत्र नगरपालिकाको वडा नं ८ को शैनिक टोल धनकुटे टोल, साथै वडा कार्यालय वरपर र जङ्गल टोलमा सरसफाइ अभियान चाएको छ । अभियान मा ,खाल्डाखुल्डीमा जमेको पानी टायर बोत्तल पोखरीमा जमेको पानीमा डेंगु सार्ने लामखुट्टेको लार्भा हुर्कने भएकाले खुला ठाउँमा रहेको पानी हटाउने र सो पानीमा हुर्कँदै गरेको लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको बराहक्षेत्र नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रोसन खड्काले बताए ।

डेंगु नियन्त्रणका लागि क्रमशः संक्रमितकै घरमा पुगेर घर वरपर खुला ठाउँमा जमेको पानी र डेंगु सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान सञ्चालन गरिएकाे बराहक्षेत्र नगरपालिका प्रमुख कार्किको भनाई छ ।
अहिले सम्म बराहक्षेत्र नगरअस्पतालबाट १६०० भन्दा बढी मानिसको निशुल्क डेङ्गु परिक्षण गरिसकिएको डाक्टर चिरन्जीवी बस्नेतले बताए ।
डेंगु एडिज जातको संक्रमित लामखुट्टेले मान्छेलाई यो रोग सार्ने भएकोले यसबाट बच्नु नै सबैभन्दा भरपर्दो उपाय हुने स्वास्थ्यकर्मीहरूको भनाई छ।
अभियान ले घरदैलो कार्यक्रममा पानी जम्न नदिन, पानी जम्ने ठाउँ पुर्न, टायर, पानीका बोतल, गमला, फुलदानी, कुलर, फ्रिजजस्ता पानी जम्मा हुने ठाउँको सरसफाइ गर्न अनुरोध गरेको छ।



