सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका - ७ गाेठगाउँमा रहेको ज्ञानज्योति सेकेन्डरी स्कुलमा नि:शुल्क आँखा तथा कान जाँच शिविर सम्पन्न भएको छ ।
विराटनगर आँखा अस्पतालको प्राबिधिक सहयोगमा बिद्यालयका ७ सय बिद्यार्थीहरूकाे आँखा तथा कान चेकजाँच गरिएको विद्यालयका प्रिन्सिपल देवि सिटौलाले जानकारी दिए । उनले आँखा चेकजाँचबाट ८० जना बिद्यार्थीलाई नि:शुल्क चस्मा बितरण गरेको हो ।
बिद्यालयले गरेको नि:शुल्क शिविरमा बिद्यार्थीमा बढि आँखाको समस्या देखिएको शिविरमा सहभागी स्वास्थ्यकर्मी जितेन्द्र रायअमात्यले बताए । उनले अस्पतालले नि:शुल्क चस्मा बितरण तथा अप्रेसन गर्नु पर्ने भएमा नि:शुल्क हुने उल्लेख गरे ।
अभिभावकले आफ्ना सन्तानको हेरचाह गरेपनी विद्यालयले समाजिक दायित्व पुरा गर्न आँखा तथा कानको नि:शुल्क उपचार गर्न शिविर आयोजना गरिएको प्रिन्सिपल सिटौलाले बताए ।


