इटहरी / सुनसरीको इटहरी ४ मा रहेको बेदान्त हस्पिटलले महामारीको रुपमा फैलिएको डेङ्गुलाई लक्षित गर्दै फिजिसियन डाक्टरको सेवा १००रुपैँयामा प्रदान गर्ने भएको छ। हस्पिटलमा २४ सै घण्टा सञ्चालनमा रहेको जेनेरल फिजिसियनको सेवा सय रुपैँयामा गर्ने भएको हो।

लामो समय देखि सम्पुर्ण रोगको गुणस्तरीय तथा सहुलियत सेवा प्रदान गर्दै आएको बेदान्त हस्पिटल महामारीलाई लक्षित गर्दै जेनेरल फिजिसियनको सेवा १०० रुपैँयामा प्रदान गर्ने हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ।

           बेदान्त हस्पिटलले २४सै घण्टा बिभिन्न डाक्टरद्वारा इमरजेन्सी सेवा, डिजिटल एक्सरे, भिडियो एक्सरे, फार्मेसी, ल्याब, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञबाट C-Arm machine को प्रबिधिबाट भाँचिएको हड्डिलाई सिधा गरेर के वार वा प्लेटिङ्ग गरि अपरेसन गर्ने गरेको छ।

          हस्पिटलमा पेट सम्बन्धी सबै सेवा, सर्जरी सेवाहरू एपेन्डिक्स, हाइड्रोशील, हर्नियाँ, पायल्स, सिफर, फिस्टुला, पेट रोग, स्तन रोग, मृगौला पथरी, प्रोस्टेट, पिलो, कान चुँडिएको, लिङ्गको छाला नफर्केको, नङ गाडिएको शरीरका कुनै पनि ठाउँमा गाँठा गुठी मुसा, खिल र अन्य कुनै पनि सर्जरीलगायतको सेवा दैनिक रूपमा प्रदान गरिने वेदान्त हस्पिटलका सञ्चालक इन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ।