सुनसरी / नेकपा माओवादी केन्द्र इटहरी वडा नम्बर- ४ को कमिटीको आयोजनामा यहि भदौ १६ गते शनिवार निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्ने भएको छ ।

 

जनतासँग माओवादी , विशेष रुपान्तरण अभियान अन्तरगत माओवादी केन्द्र इटहरी उपमहानगरपालिका ४ नम्बर वडा कमिटीको आयोजना विराटनगरका बिभिन्न बिषेज्ञ सेवा प्रदान गर्दै आएका अस्पतालहरुको प्राविक सहयोगमा शनिबार बिहान ८ बजेदेखि ५ बजेसम्म इटहरी ४ को बुढी गंगा प्राविमा एक दिने निःशुल्क स्वास्थ्य शिबिरको आयोजना गरिएको हो । 


बुधबार माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जनतासँग माओवादी , विशेष रुपान्तरण अभियान २०८० का इटहरी उपमहानगर संयोजक हिमाल राईको उपस्थितीमा बसेको बैंठकले यस्तो निर्णय गरेको पार्टीका इटहरी उपमहानगर अध्यक्ष ज्वाल तामाङ्गले बताए । 


शिबिरमा जनरल फिजिसियन, जनरल सर्जरी सेवा , स्त्री तथा प्रसुती रोग, ल्याब तथा इसिजी सेवा, सेवा, भिडियो एक्सरे सेवा, दन्त चिकित्सक, हार्ड जोर्नी नशा रोग सेवा, आँखा रोग सेवा, छाती  तथा पेट रोग सेवा, छाला तथा यौन रोग सेवा ,नाक कान घाँटी, स्त्री रोग सेवा, बाल रोग लगायतका सेवा प्रदान गरिने इटहरी उपमहानगर अध्यक्ष तामाङले बताए । 


उनले सो शिबिरमा धेरै भन्दा धेरै वडाबासीहरु सहभागी भई लाभलिनका लागि बिषेश अनुरोध समेत गरेका छन् । अभियान अन्तरगत इटहरीका बिभिन्न वडाहरुमा जनतालाई प्रत्यक्ष लाभ हुने खालका कार्यक्रमहरु क्रमश गर्दै लैजाने पार्टीले निति लिएको इटहरी उपमहानगर अभियान संयोजक राईले बताए । 


संयोजक राईका अनुसार बुधबार अभियान अन्तरगर्त इटहरीको वडा नम्बर १, १२, १३, १६ र १८ मा पनि बैंठक र छलफल कार्यक्रम सम्पन्न गरिएको छ । वडाहरुमा जनताहरुको चासो र उत्साहपूर्वक सहभागीता रहेको उनले जानकारी दिए ।