काठमाडौं / रामायण वाचिका एवम् छन्द कविता वाचिकाका रुपमा चिरपरिच सरू गुरागाईलाई क्यान्सर भएको छ । उनका श्रीमान मुरारी गुरागाईले फेसबुक स्ट्याटस मार्फत यसको जानकारी गराएका छन्।
एक वर्षदेखि हाडजोर्नी सम्बन्धी समस्याको उपचार गराइरहेको अवस्थामा हाल क्यान्सर रोग लागेको थियोे । उनको पछाडिको हड्डी भाँचिएको थियो। अहिले रोगकै कारण छन्दकविता वाचनको काम पूर्ण रूपमा रोकिएको छ ।
उनको अमेरिकामा उपचार भईरहेको छ। नेपालबाट वसाई सरेर उनीहरु अमेरिकामै वसोवास गरिरहेका छन्।
सरु र मुरारीका ७ वर्ष र २२ महिनाका दुई सन्तान छन्। गुरागाईले उपचारका लागि सक्दो सहयोगका लागि पनि अपिल गरेका छन्।


