काठमाडौं / चिकित्सक आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सबै स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने भएका छन्।संघले शनिबार विज्ञप्ति जारी गरी आइतबार स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा सञ्चालन नहुने जानकारी गराएका छन् । सबै सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकमा सेवा बन्द गर्ने घोषाणाा गरिएको छ।सञ्चो अस्पताल हेटौँडाका डाक्टरमाथि भएको सांघातिक आक्रमणमा संलग्न दोषीमाथि कारबाहीको माग गर्दै देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलित छन् । यो प्रकरणमा प्रहरीले अहिलेसम्म ४ जना पक्राउ गरेको छ। आक्रमण गर्नेहरूलाई कारबाहीको सुन
महोत्तरी, / एकिकृत ग्रामिण विकास समाज, महोत्तरीले वल्र्ड भिजन इन्टरनेसनल नेपालको साझेदारीमा संचालन गरिरहेको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना अन्तर्गत सहयोग गरिएका ६२ अति विपन्न घरधुरीलाई एक कार्यक्रमका बीच सम्मान गरी ग्राजुएसन गरिएको छ ।सो कार्यक्रममा बोल्नु हुँदै प्रमुख अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दिप नारायण मण्डलले परियोजनाले सहयोग गरी ब्यवसाय संचालन गरिरहेका अति विपन्न घरधुरीहरुमा आएको परिवर्तन महत्वपूर्ण रहेको बताउनुभयो ।यसैगरी एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुनले ग्रामिण महिलाहरुलाई परियोजनाले सहयोग गरेपछि उत्साहजनक उपलब्धी आएको बताउनुभयो ।परियोजना अन्तर्गत एकडा
सुनसरी / उद्योग बाणिज्य संघ बेलबारीको आयोजनामा बिहिबार बिहान भएको रत्तदानमा ७५ पिन्ट रगत संकलन भएको छ ।बेलबारी ३ स्थित पश्चिम बस स्टेण्ड छेउमा नेपाल रेडक्रस सोसाईटी मोरंगको प्राबिधिक सहयोगमा भएको कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा (कोईराला) सहित ७५ जनाले रत्तदान गरेका छन । पछिल्लो समय रगतको अभाव भईरहेका बेला अभाव टार्न थोरै भएपनि सहयोग पुर्याउने लक्ष्यका साथ रत्तदान आयोजना गरिएको उद्योग बाणिज्य संघ बेलबारीका अध्यक्ष अशोक श्रेष्ठले बताए ।कार्यक्रमकी प्रमुख अतिथि उपप्रमुख कोईरालाले बिभिन्न अस्पतालहरुमा रगतको अभाव भई बिरामीहरुले ज्यान नै गुमाउनु परिरहेको अबस्थामा उवासंघ बेलबारीले
सुनसरी / भोजपुरमा कालाजारका बिरामी फेला परेका छन् । पौवादुङमा गाउँपालिका- ५ सानो दुम्माका दुईजनामा कालाजारको सङ्क्रमण फेला परेको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ ।सात वर्षीय बालक बिरामी भएपछि उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गराउँदा कालाजार देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।बच्चामा कालाजार देखिएपछि बाह्र जनाको स्वास्थ्य परीक्षण गर्दा थप एक जना ६६ वर्षीय वृद्धमा कालाजार देखिएको बताइएको छ ।कालाजार थप रोकथामका लागि प्रभावकारी पहल गर्न सरकारसँग अनुरोध गरिएको जनाएको छ । मानेडाँडा अस्पतालसँगै वडाका विभिन्न ठाउँमा परीक्षण भइरहेको वडाध्यक्ष बोमप्रसाद राई
सुनसरी / कोसी गाउँपालिका–८ स्थित कोसी ब्यारेज क्षेत्रमा सञ्चालित अधिकांश माछा पसलमा अस्वस्थकर माछा बिक्रीवितरण भइरहेको छ ।सुनसरी र सप्तरी जिल्लास्थित कोसी ब्यारेज क्षेत्रमा कोसीको नाममा भारतीय माछा बिक्री गरिँदै आएको स्थानीय बद्री यादव बताउँछन् । दैनिक सयौं उपभोक्ता पुग्ने र किनबेच गर्ने बजारमै अनुगमन हुन नसकेको इनरुवाका हसबुल अन्सारीले बताए ।बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्रीवितरण गरिरहेको पाइएपछि दिइएको निर्देशन कार्यान्वयन नभएपछि कोसी गाउँपालिकाले होटल व्यवसायीलाई सचेत गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष तथा बजार अनुगमन समितिकी संयोजक अनिता यादवले बताइन् ।
सुनसरी / नेकपा एमालेको पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेपालीको पहिचान अनुसार नै कोशी प्रदेश नामाकरण गरिएको उल्लेख गरेका छन् ।राष्ट्रिय युवा संघ नेपालद्वारा ‘सुशासन, समृद्धि, राष्ट्रियता, नवीनता, सृजनशीलता, गतिशीलता’ भन्ने नाराका साथ आज आयोजना गरिएको कोशी प्रदेश कमिटीको प्रथम ऐतिहासिक प्रदेश अधिवेशनको खुल्ला सत्रमा बोल्दै नेता बस्नेतले नेपालीको पहिचान अनुसार नै कोशी प्रदेश नामाकरण गरिएको उल्लेख गरेका हुन् ।नेकपा एमालेको प्रस्तावमा प्रदेश नं. १ को नाम कोशी प्रदेश राखिएको स्पष्ट पार्दै कोशी प्रदेशले समग्र कोशीवासी जातजाती, धर्म तथा संस्कृतिको पहिचान समेट्ने दावी गरे । नेपालीको प
सुनसरी / इटहरी वडा नम्बर - ३ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा भएको रक्तदान कार्यक्रममा ५८ पिन्ट रगत संकलन भएको छ ।नेपाल जुनियर रेडक्रस सर्कल सरस्वती माविद्वारा आयोजित रक्तदानमा ५८ पिन्ट रगत संकलन भएको हो । ६१ औँ रेडक्रस दिवसको अवसर पारेर आयोजित कार्यक्रममा इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदी प्रमुख अतिथि थिए ।कार्यक्रममा विद्यालयका प्रधानध्यापक तथा जुनियर युवा रेडक्रस सर्कलका संरक्षण लेखनाथ भट्टराईले उपस्थित सबैलाई स्वागत गरेका थिए ।रेडक्रस इटहरी सभापति दिनेश भट्टराईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जुनियर रेडक्रस सर्कल सरस्वती माविका अध्यक्ष खगेन्द्र विश्वकर्माले प्रकाश पारेका थिए ।
महोत्तरी / वर्ल्ड भिजन इन्टरनेसनल नेपालद्वारा महोत्तरी जिल्लामा संचालन गरिएका विभिन्न ४ वटा परियोजनाहरुको जिल्ला स्तरीय परियोजना सल्लाहकार समितिको बैठक जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमन कुमार लाल कर्णको अध्यक्षतामा आज भाद्र १९ गते सम्पन्न भएको छ । उक्त अवसरमा बोल्नु हुँदै प्रमुख कर्णले समुदायको विकास र सशक्तिकरणका लागि परियोजनाका कामहरु प्रशंसनीय रहेको बताउनुभयो । “वल्र्ड भिजन र साझेदार संस्थाहरुले संचालन गरेका क्रियाकलापहरुले लक्षित वर्ग र समुदायमा प्रत्यक्ष लाभ भएको देखिएको छ ।” प्रमुख कर्णले भन्नुभयो “सरोकारवालासँगको समन्वयलाई अझ बढाई छुटेका विपन्न वर्गलाई पहिचान गरी कार्यक्रम
महोत्तरी / वल्र्ड भिजन इन्टरनेसनल नेपालद्वारा महोत्तरी जिल्लामा संचालन गरिएका विभिन्न परियोजनाहरुको जिल्ला स्तरीय सरोकारवालाबाट संयुक्त रुपमा अनुगमन जिल्ला समन्वय समिति महोत्तरीका उपप्रमुख नन्दु महराको नेतृत्वमा आज भाद्र १८ गते सम्पन्न गरिएको छ । स्थानीय साझेदार संस्थाहरु एकिकृत ग्रामिण विकास समाज महोत्तरी, समाज विकास केन्द्र महोत्तरी र दलित समाज उत्थान समिति नेपालद्वारा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना, जीविकोपार्जनका लागि पशुपालन परियोजना, प्रारम्भिक बाल शिक्षा परियोजना र बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्
सुन्दरहरैँचा / भाद्र २५ गतेदेखि सुन्दरहरैँचा नगरपालिकामा वडा नम्बर १२ स्थित खोर्सानेमा “खोर्साने तेस्रो मिनि मेला” लाग्ने भएको छ ।आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक सुन्दर खोर्साने युवा क्लबले जानकारी गराएको छ । १९ दिनसम्म चल्ने उक्त मेलामा स्थानीय पर्यटकीय क्षेत्र, कला संस्कृति, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धनगर्ने उद्धेश्यले सञ्चालन गरिने संस्थाका अध्यक्ष काजीहाङ् लिम्बूले बताए । मेलामा राष्ट्रीय तथा र स्थानीय कलाकारको प्रस्तुति समेत रहने बताइएको छ ।पत्रकार सम्मेलनमा वडा नम्बर १२ का वडाअध्यक्ष रोशनप्रसाद ढकालले युवाहरू जागरूक हुनुपर्ने र केही युवा कुलतमा लागेको अवस्थामा यस्ता क्लबले सो क्षेत
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.