महोत्तरी / वल्र्ड भिजन इन्टरनेसनल नेपालद्वारा महोत्तरी जिल्लामा संचालन गरिएका विभिन्न परियोजनाहरुको जिल्ला स्तरीय सरोकारवालाबाट संयुक्त रुपमा अनुगमन जिल्ला समन्वय समिति महोत्तरीका उपप्रमुख नन्दु महराको नेतृत्वमा आज भाद्र १८ गते सम्पन्न गरिएको छ । 

स्थानीय साझेदार संस्थाहरु एकिकृत ग्रामिण विकास समाज महोत्तरी, समाज विकास केन्द्र महोत्तरी र दलित समाज उत्थान समिति नेपालद्वारा महोत्तरी जिल्लाको एकडारा र सम्सी गाउँपालिकामा सञ्चालन गरिएको पोषण तथा उत्थानशील जीविकोपार्जन परियोजना, जीविकोपार्जनका लागि पशुपालन परियोजना, प्रारम्भिक बाल शिक्षा परियोजना र बाल संरक्षण तथा बाल स्पोन्सरशिप परियोजना अन्तर्गत संचालन भएका क्रियाकलापहरुको फिल्ड अनुगमन गरिएको हो ।

IMG-20230904-WA0009

उक्त अनुगमनका क्रममा साझेदार संस्था मार्फत आर्थिक वर्ष सन् २०२३ मा संचालन भएका मुख्य क्रियाकलापहरुको अनुगमन गर्दै लाभग्राहीसँग अन्तरक्रिया समेत गरिएको थियो । अनुगमन पश्चात प्रतिक्रिया दिनु हुँदै जिल्ला समन्वय समिति महोत्तरीका उपप्रमुख नन्दु महराले परियोजनाले विपन्न वर्गको उत्थानका लागि रचनात्मक कार्य गरेको बताउनु भयो । 

IMG-20230904-WA0008

“एकडारा र सम्सी गाउँपालिकाका विपन्न वर्गलाई आयआर्जन, पोषण, शिक्षा, बाल संरक्षणका क्षेत्रमा संचालन गरिएका क्रियाकलापहरु उत्कृष्ट छन् ।” उपप्रमुख महराले भन्नुभयो “लाभग्राही र स्थानीय सरकारसँगको समन्वयलाई जोड दिई साझेदारीमा काम गर्दा अझ प्रभावकारी नतिजा ल्याउन सकिन्छ ।”

IMG-20230904-WA0006

उक्त संयुक्त अनुगमन भ्रमणमा भेटेरिनरी तथा पशु विज्ञ सेवा केन्द्रका इन्द्रश झा, कृषि ज्ञान केन्द्रका मनिष कुमार पाल, स्वास्थ्य कार्यालय महोत्तरीका गिरेन्द्र झा, गैरसरकारी संस्था महासंघ महोत्तरीका अध्यक्ष धर्मेन्द्र झा, वल्र्ड भिजन इन्टरनेसनल नेपालका प्रतिनिधि, साझेदार संस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।