सुन्दरहरैँचा / भाद्र २५ गतेदेखि सुन्दरहरैँचा नगरपालिकामा वडा नम्बर १२ स्थित खोर्सानेमा “खोर्साने तेस्रो मिनि मेला” लाग्ने भएको छ ।


आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक सुन्दर खोर्साने युवा क्लबले जानकारी गराएको छ । १९ दिनसम्म चल्ने उक्त मेलामा स्थानीय पर्यटकीय क्षेत्र, कला संस्कृति, खेलकुद र मनोरञ्जनलाई प्रवर्द्धनगर्ने उद्धेश्यले सञ्चालन गरिने संस्थाका अध्यक्ष काजीहाङ् लिम्बूले बताए । मेलामा राष्ट्रीय तथा र स्थानीय कलाकारको प्रस्तुति समेत रहने बताइएको छ ।


पत्रकार सम्मेलनमा वडा नम्बर १२ का वडाअध्यक्ष रोशनप्रसाद ढकालले युवाहरू जागरूक हुनुपर्ने र केही युवा कुलतमा लागेको अवस्थामा यस्ता क्लबले सो क्षेत्रमा पनि ध्यान दिनुपर्नेमा जोड दिएको बताए । यस्तै खेलकुद, मनोरञ्जन, कला र संस्कृतिको प्रबर्द्धन गर्ने पक्षमा नगर सधैं लागिरहने बताए ।


मेला अवलोकन गर्न १ सय रूपैयाँ टिकट दर कायम गरिएको आयोजकले जनाएको छ । मेला सञ्चालनगर्न ३२ लाख अनुमानित लागत लाग्ने बताएको छ । मेलाको उद्घाटन नगरप्रमुख केदारप्रसाद गुरागाईले गर्ने तयारी रहेको छ । कार्यक्रमको सञ्चालन आनन्द बस्नेतले गरेका थिए ।