सुनसरी / इटहरी वडा नम्बर - ३ मा रहेको सरस्वती माध्यमिक विद्यालयमा भएको रक्तदान कार्यक्रममा ५८ पिन्ट रगत संकलन भएको छ ।


नेपाल जुनियर रेडक्रस सर्कल सरस्वती माविद्वारा आयोजित रक्तदानमा ५८ पिन्ट रगत संकलन भएको हो । ६१ औँ रेडक्रस दिवसको अवसर पारेर आयोजित कार्यक्रममा इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदी प्रमुख अतिथि थिए ।


कार्यक्रममा विद्यालयका प्रधानध्यापक तथा जुनियर युवा रेडक्रस सर्कलका संरक्षण लेखनाथ भट्टराईले उपस्थित सबैलाई स्वागत गरेका थिए ।


रेडक्रस इटहरी सभापति दिनेश भट्टराईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जुनियर रेडक्रस सर्कल सरस्वती माविका अध्यक्ष खगेन्द्र विश्वकर्माले प्रकाश पारेका थिए ।  चिन्तामणी कार्कीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भएको हो ।