सुनसरी / कोसी गाउँपालिका–८ स्थित कोसी ब्यारेज क्षेत्रमा सञ्चालित अधिकांश माछा पसलमा अस्वस्थकर माछा बिक्रीवितरण भइरहेको छ ।सुनसरी र सप्तरी जिल्लास्थित कोसी ब्यारेज क्षेत्रमा कोसीको नाममा भारतीय माछा बिक्री गरिँदै आएको स्थानीय बद्री यादव बताउँछन् । दैनिक सयौं उपभोक्ता पुग्ने र किनबेच गर्ने बजारमै अनुगमन हुन नसकेको इनरुवाका हसबुल अन्सारीले बताए ।बजार अनुगमनका क्रममा अखाद्य वस्तु बिक्रीवितरण गरिरहेको पाइएपछि दिइएको निर्देशन कार्यान्वयन नभएपछि कोसी गाउँपालिकाले होटल व्यवसायीलाई सचेत गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष तथा बजार अनुगमन समितिकी संयोजक अनिता यादवले बताइन् ।


