इटहरी। मोरङको कानेपोखरी–४ को पौडेल बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फार्मले अहिले सिउँडी फलको व्यावसायिक उत्पादन गरिरहेको छ । किसान विष्णु पौडेलले सिउँडी फलमा सफलता प्राप्त गर्नुभएको हो । २०७८ सालभन्दा अघि पौडेलले २४ वर्ष हार्डवेयर व्यवसाय गर्नुभयो । दैनिक सिमेन्ट रड तथा निर्माण सामग्रीको ठुलो कारोबार हुन्थ्यो । व्यापार फस्टाइरहेको थियो । बजार विस्तारसँगै हरेक चोकमा हार्डवेयर पसल खुल्न थाले । बजारको चहलपहल व्रmमशः घट्दै गयो । यसैबिच २०७७ सालमा कोरोना महामारीले व्यापारमा ठुलो मन्दी ल्यायो । त्यसपछि २०७८ सालमा उहाँले फलाम, रड, सिमेन्ट र हार्डवेयर व्यवसायलाई बिट मार्दै आफ्नै माटोसँग भविष्य खो
इटहरी। कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी सहभागी भएको छ । नेकपा चार मन्त्रालयको जिम्मेवारीसहित सरकारमा सहभागी भएको हो । सरकारमा सहभागी हुने मन्त्री र मन्त्रालयको नाममा सहमति भएलगत्तै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नयाँ मन्त्री नियुक्त गर्दै सोमबार मन्त्रीपरिषद् विस्तार गर्नुभएको हो । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले सोमबार अपराह्न पद तथा गोपनीयताको शपथ लिनुभएको हो । मुख्यमन्त्री कार्कीले मन्त्रीपरिषद्मा नियुक्ति, हेरफेर तथा कार्यविभाजनका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्नुभएको थियो । सिफारिस अनुसार नयाँ नियुक्ति र कार्यविभाजनसँगै कोशी प्रदेशको मन्त्रीपरिषद् ११ सदस्यीय ब
इटहरी। धनकुटाको महालक्ष्मी नगरपालिका–२ स्थित गौंथली भीरमा दुई दिनदेखि अड्किएको एक पुरुषको शव निकालिएको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उक्त शव निकालेको हो ।महालक्ष्मी–२ स्थित हिलेखर्क बस्ने ३५ वर्षीय ओमबहादुर रानाको पैदल यात्राका क्रममा लडेर मृत्यु भएको धनकुटाका प्रहरी उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो । उहाँका अनुसार अप्ठ्यारो भूगोलका कारण शव घटनास्थलबाट निकाल्न कठिनाइ भएको थियो । दुई दिनपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले शव निकालेको हो । शव निकाल्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले प्रयास गरे पनि सफल हुन नसकेपछि नेपाली सेना
इटहरी। ट्राफिक प्रहरीलाई चेकिङका क्रममा हातपात गरेको आरोपमा धरान उपमहानगरपालिका–११ का ३८ वर्षीय सोमप्रसाद राई पक्राउ पर्नुभएको छ ।साउन ३० गते धरान–२, माछाभौडीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरी, धरानबाट खटिएको टोलीले चेकिङ गर्ने क्रममा राईले ट्राफिक प्रहरी प्रहरी सहायक निरीक्षक (प्रसनि) सुवास बिकलाई हातपात गरेको आरोप छ । घटनाबारे जानकारी पाएपछि प्रहरीले राईलाई बागमती प्रदेश ०६००९ प ८८३ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक भीषणबाबु राईले जानकारी दिनुभयो ।पक्राउ परेका राईलाई अनुसन्धानका लागि जिल्ला अदालत सुनसरीबाट साउन ३० गतेदेख
इटहरी/ सौन्दर्य पेसामा आबद्ध महिलाहरूको प्रतिभा, सीप र आत्मविश्वासलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित कोशी प्रदेशमै पहिलो पटक सुरु भएको ‘द फेस अफ ब्युटिसियन’ पहिलो संस्करणको दोस्रो अडिसन इटहरीमा सफलतापूर्वक सम्पन्न भएको छ । सोमबार अर्थात् भदौ १ गते दिउँसो १२ बजेबाट इटहरीको आइतबारेस्थित 'आरोमा बाई ओसियन रेस्टुरेन्ट'मा आयोजित अडिसनले सौन्दर्यकर्मी महिलाहरूमा नयाँ उत्साह थपेको छ ।आयोजक कुजु मोटर्स र प्रस्तुतकर्ता सुजुकी मोटरसाइकल इटहरीको सहकार्यमा भइरहेको यस कार्यक्रमले समावेशितालाई उच्च प्राथमिकता दिएको छ । सबैलाई समान अवसर प्रदान गर्ने उद्देश्यले यस प्रतियोगितामा उमेरको कुनै हदबन्दी राखिएको छ
इटहरी । विश्व बन्धुत्व दिवसको अवसर पारेर तेह्रथुमको लालिगुराँस नगरपालिका–बसन्तपुरमा आयोजित विशाल स्वैच्छिक रक्तदान कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको छ। समाज सेवा प्रभाग, ब्रह्माकुमारी राजयोगको आयोजनामा नगरपालिकाको पुरानो कार्यालय भवनमा सो कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमकी प्रमुख अतिथि लालिगुराँस नगरपालिकाकी उपप्रमुख जमुना मगर कार्की रहनुभएको थियो। समारोहमा बोल्दै प्रमुख अतिथि तथा अन्य वक्ताहरूले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्दा आवश्यक परेको समयमा बिरामीको जीवन रक्षा गर्न सकिने र यसले समाजमा आपसी सद्भाव बढाउने कुरामा जोड दिनुभयो। रक्तदान कार्यक्रममा नेपाल प्रहरी, जिल्ला अस्पता
इटहरी । इटहरीस्थित अटो सिटी बजाज शोरुममा ‘न्यु खोज्नेलाई झ्याम्मै एक्सचेन्ज मेला’ सुरु भएको छ । भदौ १ गतेदेखि ६ गतेसम्म श्रीकृष्ण प्रणामी मन्दिर छेउ, मिलन चोक, इटहरीमा आयोजना हुने मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्ने अवसर पाउने भएका छन् । मेलामा पुरानो मोटरसाइकलको झ्याम्मै हाइएस्ट भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन–द–स्पट फाइनान्स, शून्य सर्भिस चार्ज तथा निःशुल्क हेल्मेट लगायतका सुविधा उपलब्ध गराइएको आयोजकले जनाएको छ । ग्राहकले मेलास्थलमै आफ्नो पुरानो मोटरसाइकलको मूल्यांकन गराई विभिन्न मोडलका नयाँ बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् । साथै फाइनान्स तथ
इटहरी । कोशी प्रदेशका चार मन्त्री र एक राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।सोमबार कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले मन्त्रीहरू र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राज्य मन्त्रीलाई शपथ ग्रहण गराएका हुन्। कोशी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टीबाट भौतिक पूर्वाधार मन्त्रीमा जीवन आचार्य, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा गम्बु शेर्पा, सामाजिक विकास मन्त्रीमा गीता तिम्सिना, पर्यटन वन तथा वातावरण मन्त्रीमा खिनुलङ्वा लिम्बु नियुक्त भएकी थिइन्।सपना दर्जी भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त भएकी थिइन्। यस्तै एमालेबाट सरकारमा रहेका दुई जना मन्त्री र एक जना राज्
इटहरी । पूर्व प्रहरीहरु अन्य नागरिक भन्दा बढी जिम्मेवार हुनुपर्ने एक कार्यक्रमका वत्ताहरुले बताएका छन् । नेपाल पूर्व प्रहरी संगठन धनकुटाले ३६ औं स्थापना दिवसमा आयोजना गरेको कार्यक्रममा वत्ताहरुले पूर्व प्रहरीले जहिल्यै पनि शान्ति, सुरक्षा र अमनचयनमा ख्याल गर्नुपर्ने बताएका हुन् । यस्तै देशको अहित हुने कुनै पनि कार्यमा संलग्न हुनु नहुने सहभागिहरुको भनाइ छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरिक्षक नारायण रञ्जितकारले पूर्व प्रहरीहरुले देश र समाज प्रति अझ बढी जिम्मेवारीबोधका साथ योगदान दिनुपर्ने आवश्यकता रहेको बताउनु भयो । संगठनका अध्यक्ष डम्बर कटुवालले पूर्व प्रहर
इटहरी। नागपञ्चमीको अवसरमा धनकुटाको हिलेस्थित धार्मिक तथा पर्यटकीयस्थल बक्रकुण्ड मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । धनकुटासहित तेह्रथुम भोजपुरलगायत विभिन्न जिल्लाका ८ हजारभन्दा बढी भक्तजनले बक्रकुण्ड मन्दिर दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । नागपञ्चमीको दिन यो मन्दिरमा विशेष मेला र पूजाआजा हुनेगर्छ । नागदेवताको बसोबास रहेको विश्वास गरिने यो मन्दिरमा आजको दिन पूजाआजा र दर्शन गरेमा सुख शान्ति प्राप्त हुने विश्वास रहिआएको स्थानीय कृष्ण घिमिरेले जानकारी दिनुभयो । मन्दिरमा नाग बाहेक एकसय ८ देवी देवताको वास रहेको विश्वास गरिन्छ । सो क्षेत्रका पत्थरमा नागसहित विभिन्न आकृति दे
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.