इटहरी । इटहरीस्थित अटो सिटी बजाज शोरुममा ‘न्यु खोज्नेलाई झ्याम्मै एक्सचेन्ज मेला’ सुरु भएको छ ।
भदौ १ गतेदेखि ६ गतेसम्म श्रीकृष्ण प्रणामी मन्दिर छेउ, मिलन चोक, इटहरीमा आयोजना हुने मेलामा ग्राहकले आफ्नो पुरानो मोटरसाइकल साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्ने अवसर पाउने भएका छन् । मेलामा पुरानो मोटरसाइकलको झ्याम्मै हाइएस्ट भ्यालुएसन, झ्याम्मै क्यास डिस्काउन्ट, अन–द–स्पट फाइनान्स, शून्य सर्भिस चार्ज तथा निःशुल्क हेल्मेट लगायतका सुविधा उपलब्ध गराइएको आयोजकले जनाएको छ ।
ग्राहकले मेलास्थलमै आफ्नो पुरानो मोटरसाइकलको मूल्यांकन गराई विभिन्न मोडलका नयाँ बजाज मोटरसाइकल खरिद गर्न सक्नेछन् । साथै फाइनान्स तथा अन्य अफरबारे पनि शोरुममै जानकारी उपलब्ध गराइनेछ । पुरानो बाइक बुझाएर नयाँ बजाज मोटरसाइकल विशेष छुट तथा सहज फाइनान्स सुविधामा खरिद गर्न पाउँदा ग्राहकहरू उत्साहित देखिएका छन् ।
बजाज शोरुम इटहरीका सञ्चालक जयन्त सन्थलियाले ग्राहकलाई पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ बजाज मोटरसाइकल खरिद गर्न सहज होस् भन्ने उद्देश्यले एक्सचेन्ज मेला आयोजना गरिएको बताउनुभयो । एक्सचेन्ज मेलामा पुरानो मोटरसाइकलको उचित मूल्यांकनसहित नयाँ बाइक खरिदमा विशेष छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ । इटहरीस्थित अटो सिटी बजाज शोरुमको आयोजनामा भएको यो मेला उपभोक्तालाई लक्षित गरी ल्याइएको विशेष अफरका रूपमा रहेको बताइएको छ ।


