इटहरी। धरान उपमहानगरपालिका–१३ स्थित कृषि बजारमा निर्माण गरिएको शीतगृह ९चिस्यान केन्द्र० ले किसानलाई राहत मिलेको छ ।विगतमा बिक्री नभएर आफ्ना उत्पादन खेर फाल्न बाध्य हुने किसानले अहिले बिक्री नभएका कृषि उत्पादन शीतगृहमा भण्डारण गर्न थालेका छन् । इटहरीका व्यापारी उमेश खड्काले शीतगृह निर्माण भएपछि किसानलाई राहत मिलेको बताए । शीतगृहले फलफूल तथा कृषि उपजको भण्डारण र बिक्रीमा सहजता ल्याएको छ ।कुनै फलफूल एकैपटक पाक्ने भएकाले तत्काल बजारमा बिक्री गर्दा कम मूल्यमा बेच्नुपर्ने वा बिग्रिने समस्या हुने गरेको थियो । तर, शीतगृहमा राखेर १५ देखि २० दिनपछि बिक्री गर्दा पनि फलफूल नबिग्रिने भएकाले किसानलाई फाइदा
इटहरी। हिमालदेखि तराईसम्म फैलिएको कोशी प्रदेश आफैँमा एउटा विशाल खुला सङ्ग्रहालय हो । यहाँका पहाडमा सुनिने मुन्दुमदेखि तराईका थारू, राजवंशी, धिमाल र सन्थाल समुदायका लोकसंस्कृतिसम्म पुग्दा एउटै प्रदेशभित्र दर्जनौं मौलिक सभ्यता, भाषा, संस्कार, पोशाक, नाच, बाजा, खानपान र जीवनपद्धति भेटिन्छन् । तर यीमध्ये अधिकांश सम्पदा अझै व्यवस्थित संग्रहालयको चार चौघेराभित्र प्रवेश गरेका भने छैनन् ।नेपालको राष्ट्रिय जनगणना २०७८ ले देशभर १ सय ४२ जातजाति रहेको तथ्यांक छ भन्ने पुष्टि गरेको छ । कोशी प्रदेशमा मात्रै १ सय ३० जातरजातीय समूह अभिलेख हुनु प्रदेशको असाधारण जातीय विविधताको संकेत पनि हो । देशमै बागमती
अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा महात्मा गान्धी जयन्तीको अवसरमा नेपालका प्रतिष्ठित सांस्कृतिक शोधकर्ता, वरिष्ठ ज्योतिषाचार्य तथा सामाजिक अभियन्ता डा. कमलप्रसाद दाहाल 'ग्लोबल पिस एम्बेसडर' (विश्वशान्ति दूत) पदबाट विभूषित हुनुभएको छ। भारतको ओडिशास्थित भुवनेश्वरमा रहेको एमजीजीपी इन्डिया फाउन्डेसन (MGGP India Foundation) ले डा. दाहाललाई विश्वशान्ति, भाइचारा र गान्धीवादी दर्शनको प्रवर्द्धनमा आजीवन पुर्याउनुभएको अतुलनीय योगदानको कदर गर्दै यो सम्मान प्रदान गरेको हो। आजन्म 'ग्लोबल पिस एम्बेसडर' को जिम्मेवारीफाउन्डेसनद्वारा जारी गरिएको नियुक्ति पत्र (Certificate of Appointment) अन
इटहरी स् नेपाली कपडा ब्राण्ड ‘चिनो’ले दशैँलाई लक्षित गर्दै झापाको बिर्तामोडमा चारदिने ‘वेयरहाउस सेल’ आयोजना गर्ने भएको छ।बिर्तामोड सिटी सेन्टरस्थित साई पार्टी प्यालेसमा असोज १७ देखि २० गतेसम्म सञ्चालन हुने सेलको तयारी पूरा भएको कम्पनीले जानकारी दिएको छ। सेलमा क्याजुअल वेयर, स्ट्रिटवेयर, टिसर्ट, सर्ट, पाइन्ट र ज्याकेटलगायतका पहिरन छुट मूल्यमा बिक्री गरिने कम्पनीले जनाएको छ। आफ्नै कारखानामा उत्पादन गरिएका कपडा कारखानाबाट सिधै ग्राहकलाई बिक्री गरिने भएकाले तुलनात्मक रूपमा सुलभ मूल्यमा उपलब्ध गराइने कम्पनीको भनाइ छ।सेलमा थोक तथा खुद्रा दुवै प्रकारको बिक्री हुने जनाइएको छ। कम्पनीका अनुसार सेल
इटहरी स् कनकाई नगरपालिका–८ का अपाङ्गता भएका ८ वर्षीय बालक सत्यम पौडेललाई ह्वीलचेयर प्रदान गरिएको छ।बालकको अवस्था र आवश्यकतालाई मध्यनजर गर्दै कनकाई नगरपालिकाको महिला तथा बालबालिका शाखाले सहायक सामग्रीका रूपमा ह्वीलचेयर उपलब्ध गराएको हो। ह्वीलचेयर वितरण कार्यक्रममा नगरपालिकाकी उपप्रमुख आशा शिवाकोटी, महिला तथा बालबालिका शाखा प्रमुख तुलसा थापालगायत कर्मचारीको उपस्थिति थियो। कनकाई नगरपालिका, प्रदेश सरकार र करुणा फाउण्डेसनबीचको त्रिपक्षीय साझेदारीमा नगर क्षेत्रमा रहेका अपाङ्गता भएका व्यक्तिलाई आवश्यकताका आधारमा सहायक सामग्री वितरण हुँदै आएको छ।सोही कार्यक्रमको निरन्तरतास्वरूप सत्यमलाई ह्वीलचेय
इटहरी स् नेपाली कांग्रेस धनकुटा नगर कार्यसमितिले १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित जिल्ला सचिव विजय सन्तोषी राईसहित नगरका १० जना वडा सभापतिलाई सम्मान गरेको छ।नगर कार्यसमितिले बिहीबार आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा नगर सभापति अमितलो तामाङले राईसहित सबै वडा सभापतिलाई ढाकाटोपी र खादा लगाएर सम्मान गर्दै सफल कार्यकालको शुभकामना दिए। सम्मानित हुनेमा धनकुटा नगरपालिका–१ का सभापति वीरबहादुर तीतुङ, २ का राजकुमार राई, ३ का शान्तिराम मिश्र, ४ का थिरबहादुर थापा, ५ का गोविन्द राई, ६ का अनिता लुइटेल, ७ का शैलेशमान श्रेष्ठ, ८ का सुशील राई, ९ का सीताराम न्यौपाने र १० का
इटहरी स् सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको असोज १० गते सम्पन्न निर्वाचन विवादमा परेको छ। निर्वाचन प्रक्रियामा धाँधली भएको दाबीसहित परेको उजुरीमाथि कोशी प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले संस्थासँग सात दिनभित्र लिखित जवाफ र आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिएको छ।प्रदेश सहकारी रजिस्ट्रार भूपेन्द्र खनालले हस्ताक्षर गरेको पत्रमा उजुरीमा उठाइएका विषयमा संस्थाको आधिकारिक धारणा, निर्वाचन उपसमितिको प्रतिक्रिया तथा ती विषय पुष्टि गर्ने प्रमाणित कागजात उपलब्ध गराउन भनिएको छ। रजिस्ट्रार कार्यालयले निर्वाचन उपसमिति गठनसम्बन्धी निर्णय र त्यसको प्रक्रिया, संस्थाको अद्यावधिक
इटहरी स् प्रहरी सेवामा आफ्नो जीवनको महत्वपूर्ण समय समर्पण गरेका उदयपुरको बेलका नगरपालिका–१ आमचोकका पूर्व प्रहरी नायव निरीक्षक ९सई० दानबहादुर राउतलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ९डीआईजी० शेखर खनालले घरमै पुगेर सम्मान गरेका छन्।९० वर्षीय राउतले प्रहरी सेवामा पुर्याएको योगदानको उच्च कदर गर्दै डीआईजी खनाल उनको निवासमै पुगेर सम्मान गरेका हुन्। खनालले पूर्व प्रहरी अधिकृत राउतलाई दोसल्ला ओढाएर सम्मान गर्दै उनको सेवाप्रतिको समर्पण र योगदानको प्रशंसा गरे। प्रहरी सेवाबाट अवकाश लिएर जीवनको उत्तरार्धमा रहेका राउतलाई प्रदेश प्रहरी प्रमुख नै घरमै पुगेर सम्मान गरेपछि उनी भावुक बने। लाम
इटहरी स् संस्कृति, इतिहास र पहिचानलाई जोगाइराख्ने उद्देश्यले धनकुटाको चौबिसे गाउँपालिकामा निर्माण गरिएका मगर र जनजाति सङ्ग्रहालय अहिले ओझेलमा परेका छन् ।बाहुल्य बसोबास रहेका स्थानीय समुदायको सांस्कृतिक पहिचान संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएका यी सङ्ग्रहालय पर्याप्त प्रचारप्रसार, पर्यटन प्रवर्द्धन र पूर्वाधारको अभावका कारण ओझेलमा परेका हुन् । चौबिसे गाउँपालिका–२ मुढेबासस्थित डाँडागाउँमा रहेको मगर सङ्ग्रहालयमा मगर समुदायले परम्परागत रूपमा प्रयोग गर्दै आएका एक सयभन्दा बढी ऐतिहासिक तथा सांस्कृतिक सामग्री सङ्ग्रह गरिएको छ । सङ्ग्रहालयभित्र प्रवेश गर्दा पुराना भाँडाकुँडा, परम्परागत वेशभूषा, बा
इटहरी। कोशी प्रदेशको इटहरीमा सञ्चालन भइरहेको सातदिने रोजगार मेलामा रोजगारीको खोजीमा रहेका युवाको आकर्षण बढेको छ। नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा इटहरीस्थित सोल्टी होटलको प्राङ्गणमा सञ्चालित मेलामा रोजगारी खोज्ने युवा, विद्यार्थी, वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति तथा विभिन्न क्षेत्रका रोजगारदाताको सहभागिता रहेको छ।मेलामा सूचना प्रविधि, हस्तकला, होटल तथा पर्यटन, प्राविधिक सीप, घरेलु व्यवसाय र वैदेशिक रोजगारीलगायतका क्षेत्रमा रोजगारी तथा सीपका अवसरबारे जानकारी दिने व्यवस्था गरिएको छ। सीप विकासका लागि विभिन्न तालिममा आवेदन दिन सकिने आयोजकले जनाएको छ। रामधुनी–४
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.