अन्तर्राष्ट्रिय अहिंसा दिवस तथा महात्मा गान्धी जयन्तीको अवसरमा नेपालका प्रतिष्ठित सांस्कृतिक शोधकर्ता, वरिष्ठ ज्योतिषाचार्य तथा सामाजिक अभियन्ता डा. कमलप्रसाद दाहाल 'ग्लोबल पिस एम्बेसडर' (विश्वशान्ति दूत) पदबाट विभूषित हुनुभएको छ।  

भारतको ओडिशास्थित भुवनेश्वरमा रहेको एमजीजीपी इन्डिया फाउन्डेसन (MGGP India Foundation) ले डा. दाहाललाई विश्वशान्ति, भाइचारा र गान्धीवादी दर्शनको प्रवर्द्धनमा आजीवन पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर गर्दै यो सम्मान प्रदान गरेको हो।  

FB_IMG_1791012155202

आजन्म 'ग्लोबल पिस एम्बेसडर' को जिम्मेवारी

फाउन्डेसनद्वारा जारी गरिएको नियुक्ति पत्र (Certificate of Appointment) अनुसार डा. दाहाललाई 'आजीवन' (Lifetime) का लागि विश्वशान्ति दूतका रूपमा मनोनयन गरिएको छ। यसका साथै, उहाँलाई 'महात्मा गान्धी ग्लोबल पिस अवार्ड' (Mahatma Gandhi Global Peace Award) बाट समेत सम्मानित गरिएको छ।  

समारोहमा एमजीजीपी इन्डिया फाउन्डेसनले आयोजना गर्न लागेको 'गान्धी पिस इन्टरनेसनल अवार्ड तथा पिस समिट' मा डा. दाहाललाई 'गUEST OF HONOUR' (विशिष्ट अतिथि) को रूपमा समेत आमन्त्रण गरिएको छ।  

ईश्वर, आमाबुबा र शुभचिन्तकप्रति आभार

सम्मान प्राप्त गरेपछि डा. दाहालले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गर्दै आफ्नो सफलताको श्रेय परमेश्वर, मातापिताको आशीर्वाद र शुभचिन्तकहरूको निरन्तर साथलाई दिनुभएको छ।  

उहाँले लेख्नुभएको छ:

"ॐ श्री सुक्ष्मविश्वविन्दु निराकार अखण्ड परम महागुरु, मातापिताको आशीर्वाद, यहाँहरू सबैको साथ र मेरो निरन्तर कर्मले आज विश्व अहिंसा दिवस र महात्मा गान्धी दिवसका दिन 'विश्वशान्ति सम्मान' र 'विश्वशान्तिदूत आजीवन' प्राप्त हुने अत्यन्त गौरवमय सौभाग्य मिल्यो। प्रदान गर्ने र निमन्त्रणा गर्ने संस्थाप्रति हार्दिक आभार प्रकट गर्दछु।"