मोरङ | सुन्दरहरैंचा नगरपालिका–६ स्थित साजीलाल माध्यमिक विद्यालयको ५९औं वार्षिकोत्सव तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न भएको छ। विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको बहुपक्षीय विकास, भौतिक पूर्वाधार विस्तार तथा अभिभावक सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाको अध्यक्षता तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको शैक्षिक प्रगति, भौतिक पूर्वाधार, शै
विराटनगर । १४ औं संस्करणको प्याब्सन स्पोट्र्स मिटको उपाधि विराटनगरको एभरेष्ट स्कुल र सुन्दरहरैचा नगरपालिका ६ दुलारीमा रहेको पूर्वाञ्चल ऐकेडेमीले जितेको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा आइतबार राती सम्पन्न प्रतियोगितामा उच्च मावि (सिनियरतर्फ) एभरेष्टले ३ स्वर्ण, ३ रजत र १ कास्य पदक ल्याएर उपाधि जितेको हो । त्यसैगरी कक्षा १० सम्मको जुनियरतर्फ पूर्वाञ्चल एकाडेमीले ६ स्वर्ण, ३ रजत र ४ कास्य पदकसहित ४० अंकको साथ उपाधि जितेको छ । त्यस्तै जुनियरतर्फ ४ स्वर्ण, २ रजत र ५ कास्य पदकसहित २९ अंक ल्याएर सुन्दरहरैचामा रहेको बाल प्रतिभा स्कुल द्धितीय भएको छ ।
इटहरी | मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ मा रहेको साजीलाल माध्यमिक विद्यालयमा अक्षयकोष छात्रवृत्ति वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाको अध्यक्षता तथा मोरङ शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख जीवन गड्तौला प्रमुख अतिथि रहेका थिए।विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई अक्षयकोषबाट ८० भन्दा बढी विद्यार्थीलाई २ लाख ९० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो। त्यसैगरी विद्यालयको कोषबाट ३५ भन्दा बढी विद्यार्थीलाई ६० हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण ग
इटहरी – नेपाल राष्ट्रिय शिक्षक संगठन इटहरीको तेस्रो उपमहानगर अधिवेशन सम्पन्न भएको छ। संगठनका अध्यक्ष मेदन कुमार घिमिरेको अध्यक्षता तथा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो।"सम्पूर्ण शिक्षक एक हौँ, ट्रेड युनियन अधिकार, पेशागत दक्षता, गुणस्तरीय शिक्षा हाम्रो संलग्नता" भन्ने मूल नाराका साथ आयोजित अधिवेशनमा शिक्षा क्षेत्रका विभिन्न महत्वपूर्ण विषयहरूमा गहन छलफल गरिएको थियो। अधिवेशनले शिक्षकहरूको पेशागत हकअधिकार, शिक्षाको गुणस्तर अभिवृद्धि, नीति निर्माणमा शिक्षकहरूको भूमिका र विद्यालय व्यवस्थापनका विविध पक्षमा ध्यान केन्द्रित ग
मोरङ | मोरङको सुन्दरहरैंचा नगरपालिका-६, दुलारीस्थित साजीलाल माध्यमिक विद्यालयको आयोजनामा टीकाराम, षडानन्द दाहाल स्मृति सामुदायिक विद्यालयस्तरीय अन्तरमाध्यमिक हाजिरीजवाफ प्रतियोगिता भएको छ ।साजीलाल माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाको अध्यक्षतथा स्वर्गिय टिकाराम दाहाल र स्वर्गिय षडानन्द दाहालका पीता /विद्यालयका पूर्व प्रधानध्यापक पीताम्बर दाहालकोको प्रमुख अतिथिमा कार्यक्रम गरिएको हो ।हाजिरीजवाफ प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको छ। सुकुना माध्यमिक विद्यालय द्वितीय तथा जनता माध्यमिक विद्यालय, बुधबारे तृतीय स्थानमा आएका छन्
मोरङ | मोरङ जिल्लाको बुढीगंगा गाउँपालिका-३, नेमुवा स्थित स्मृति इङलिस बोर्डिङ स्कुल द्वारा १६ औँ अभिभावक दिवस एवं विद्यार्थी प्रतिभा प्रस्फुटन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। बिहीबार आयोजित उक्त कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए भने कार्यक्रमको अध्यक्षता विद्यालयकी शिक्षिका सर्मिला कटुवालले गर्नुभएको थियो।विद्यालयका विद्यार्थीहरूमा लुकेर रहेका प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा गायन, नृत्य, नाटक जस्ता विभिन्न आकर्षक प्रस्तुति प्रस्तुत गरिएका थिए। विद्यार्थीहरूको प्रस्तुति हेरेपछि उपस्थित अभिभावकहरू दंग
इटहरी| इटहरीस्थित ग्रीन गार्डेन इङ्गिलस स्कुलले आफ्नो ११औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विशेष कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरेको छ। विद्यालयले बुधबार एक भव्य समारोहको आयोजना गर्दै विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय समुदायको सहभागितामा यो महत्त्वपूर्ण दिनलाई उल्लासपूर्वक मनाएको हो।कार्यक्रममा ग्रीन गार्डेन इङ्गिलस स्कुलकी अध्यक्ष दिपा कोइरालाको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथिका रूपमा इटहरी उपमहानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष रतन कार्की (कैलाश) उपस्थित रहेका थिए। विद्यालयले विगत ११ वर्षदेखि इटहरी वडा नम्बर १ मा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ र यो अवसर विद्यालयका लाग
इटहरी | जनता माध्यमिक विद्यालय, इटहरीको ६८औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको समापन भएको छ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काशीनाथ दंगालको अध्यक्षता तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख अतिथिमा ६८ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको समापन भएको हो । कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारीले विद्यालयको नव निर्मित १२ कोठे भवनको उद्घाटन समेत गरिन्। विद्यालयका प्रिन्सिपल पशुपति सिग्देलका विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयको विकासमा सहयोग गर्ने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र दुई जना पत्रकारलाई सम्मान समेत गरिएको थियोे ।जनता माध्यमिक विद्यालयले आगा
सुनसरी– हिसान स्पोर्टस मिट अन्तर्गत हिसान एन्फा सुनसरी कप अन्तर बिद्यालय फुटबल प्रतियोगिताको सोमबारको खेलमा ज्ञानदर्पण, बिश्वआदर्श, कोशीसेन्टजेम्स र इम्पेरियल कलेज बिजयी हुदै अघिल्लो चरणमा प्रवेश गरेका छन । सोमबारको पहिलो खेलमा ज्ञानदर्पण एकेडेमीले सियोन स्कुल धरानलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गरेको छ । दोस्रो खेलमा बिश्वआदर्श कलेजले लर्डबुद्ध इन्टरनेशनल स्कुललाई ५–० गोल अन्तरले पराजित गरेको छ । तेस्रो खेलमा कोशीसेन्टजेम्सले नास्ट कलेज धरानलाई ४–० ले पराजित गर्दा अन्तिम खेलमा इम्पेरियल कलेजले प्रिमियर कलेजलाई सडेन डेथमा पराजित गरेको प्रतियोगिता संयोजक एवंम एन्फा सुनसरी महासचिव क
भोजपुर – रामप्रसादराई गाउँपालिकाले आफ्नो क्षेत्रका कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक स्तर वृद्धि गर्ने उद्देश्यले अंग्रेजी र गणित विषयमा दुई महिनाको लागि अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।गाउँपालिकाको शिक्षा शाखाले ९ गते बसेको शिक्षा समितिको बैठकमा गरिएको निर्णयअनुसार, शैक्षिक सत्र २०८१ मा कक्षा ८ का विद्यार्थीहरूको लागि हरेक दिन प्रति विषय १/१ घन्टाको अतिरिक्त कक्षा सञ्चालन गरिनेछ। यो कक्षा सम्बन्धित विद्यालयमा कार्यरत विषय शिक्षकहरूले नै लिनेछन्।अतिरिक्त कक्षा सञ्चालन गर्नका लागि शिक्षकहरूलाई प्रतिमहिना रु. ५,००० पारिश्रमिक उपलब्ध गराइने छ। साथै, कक्षाको प्रभावकारीता मापन
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.