मोरङ | मोरङको सुन्दरहरैंचा नगरपालिका-६, दुलारीस्थित साजीलाल माध्यमिक विद्यालयको आयोजनामा टीकाराम, षडानन्द दाहाल स्मृति सामुदायिक विद्यालयस्तरीय अन्तरमाध्यमिक हाजिरीजवाफ प्रतियोगिता भएको छ ।

साजीलाल माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाको अध्यक्षतथा स्वर्गिय टिकाराम दाहाल र स्वर्गिय षडानन्द दाहालका पीता /विद्यालयका पूर्व प्रधानध्यापक पीताम्बर दाहालकोको प्रमुख अतिथिमा कार्यक्रम गरिएको हो ।

हाजिरीजवाफ प्रतियोगितामा साजिलाल माध्यमिक विद्यालय प्रथम स्थान हासिल गर्न सफल भएको छ। सुकुना माध्यमिक विद्यालय द्वितीय तथा जनता माध्यमिक विद्यालय, बुधबारे तृतीय स्थानमा आएका छन्।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विद्यालयलाई रु. १०,०००, दोस्रो स्थानलाई रु. ७,०००, र तेस्रो स्थानलाई रु. ५,००० पुरस्कार प्रदान गरिने भएको छ।

यस प्रतियोगितामा मोरङका विभिन्न सामुदायिक विद्यालयका विद्यार्थी टोलीहरूको सहभागिता रहेको थियोे । प्रतियोगिताको उद्देश्य विद्यार्थीहरूलाई ज्ञानमा अभिवृद्धि गराउँदै उनीहरूको प्रतिस्पर्धात्मक क्षमतालाई विकास गर्नु  रहेको  विद्यालयका प्रधानध्यापक श्यामबाबु काफ्लेले बताउनुभयो ।

विद्यालले २० गते अक्षयकोष छात्रवृत्ति तथा पुरस्कार वितरण सरस्वती पूजा ,पूर्व शिक्षक पुनर्मिलन कार्यक्रम ,२२ गते मङ्गलवार अभिभावक भेला तथा वार्षिकोत्सव समापन हुने भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ओझाले जानकारी दिनुभयो ।

मंगलबार हुने अभिभावक भेला तथा वार्षिकोत्सबको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्कमत कार्कीले गर्ने भएका छन् ।साजीलाल माध्यमिक विद्यालयले विगतदेखि नै शैक्षिक तथा बौद्धिक गतिविधिहरूलाई प्रोत्साहन गर्दै आएको छ । 

प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने विद्यालय टोलीलाई विशेष पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ । कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्व. टिकाराम दाहाल, षडानन्द दाहालकी माता  जेष्ठ दाजु तारानाथ दाहाल,. स्व. टिकाराम दाहालकी धर्मपत्नी श्रीमति कमला पोखेल दाहाल स्व. षडानन्द दाहालकी धर्मपत्नी,सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सन्तोष लिङ्देन लगाएत विभिन्न संघ संस्थाका पदाधिकारीहरू , स्थानीय विद्यालयका पदाधिकारीहरूको उपस्थिति रहेको थियोे ।