समाज

    Showing ४०१-४१० of १०,९९२ items.
  • घिउको माग उच्च, आपूर्ति कम

    इटहरी। चाडबाडको मौसम सुरु भएसँगै बजारमा घिउ तथा नौनी ९बटर० को चरम अभाव देखिएको छ । दसैँतिहारलगायतका चाड नजिकिँदै गर्दा घिउको माग ह्वात्तै बढेको छ । बजारमा माग अनुसार आपूर्ति हुन नसक्दा एक महिनाको अवधिमै घिउको मूल्य प्रतिकिलो दुई सय रुपियाँसम्मले वृद्धि भइसकेको छ । मूल्य बढे पनि उपभोक्ताले बजारमा सहज रूपमा घिउ पाइरहेका छैनन् । भर्खरै सम्पन्न हरितालिका तिजमा दर खाने बेलादेखि नै घिउको चर्को अभाव हुँदा उपभोक्ता तथा मिठाई व्यवसायीले निकै सास्ती भोग्नु परेको थियो ।  विगतमा कोशी प्रदेशका बजारमा निजी डेरी तथा सहकारी संस्थाले प्रतिकेजी ७५० रुपियाँमा नौनी बिक्री गर्दै आएका थिए । घिउको मौज्दात पनि ल

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ६९ पटक पढिएको
  • दुई सय ४१ तोला सुन र २७ किलोग्राम चाँदी सङ्कलन

    इटहरी ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा २४१ तोलाभन्दा बढी सुन र २७ किलोग्राम चाँदी सङ्कलन भएको छ । देशकै एक प्रसिद्ध तीर्थस्थल पाथीभरामा हालसम्म उक्त परिमाणमा सुन र चाँदी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार हालसम्म कुल २४० तोला ९१ लाल एक नम्बरी सुन सङ्कलन भएको छ । त्यस्तै पाथीभरामा हाल २७।१२८ किलोग्राम असली चाँदी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । कार्यकारी निर्देशक हाङ्बाङका अनुसार पाथीभरामा सङ्कलन भएको उक्त परिमाणको सुन र चाँदी रिफाइन गरी एकनम्बरको बनाइएको छ । केही सुनका गहाना दुरुस्तै राखिएको छ भने २४० तोला ९१ लाल सुन भ

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ६२ पटक पढिएको
  • कफीको व्यावसायिक खेती

    इटहरी । उत्तरी मोरङको लेटाङ–१ का किसानले परम्परागत खाद्यबाली हटाउँदै नगदे बाली विस्तार गरिरहेका छन् । लेटाङ–१, साग्माका चन्द्रबहादुर राई, कुवापानीका शुक्र राई र सन्दर राई, ठोक्रेका रोहित मास्के र आठबिसेका यमप्रसाद राईले विगत १० वर्षदेखि व्यावसायिक कफी खेती गरिरहनुभएको छ । चन्द्रबहादुर राईले विद्यालयमा शिक्षण गर्दागर्दै स्वैच्छिक अवकाश लिएर २०७२ सालमा कफी खेती विस्तार गर्नुभयो । त्यसबेला चन्द्र सरप्रति स्थानीय छिमेकी साथीभाइ कोही पनि सन्तुष्ट थिएनन् । भएको जागिर छोडेर धेरै कमाउन कफी खेतीमा हात हालेको आरोप लाग्यो । चन्द्रबहादुर राईले कफी खेती विस्तार गर्न छोड्नु भएन । राईले ५० रोपनीमा कफी र

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ६७ पटक पढिएको
  • कोशीमा ११ करोडभन्दा बढीको काठ बिक्री नभई थन्कियो

    इटहरी । कोशी प्रदेशमा वन पैदावारको उत्पादन बढ्दै गए पनि बिक्री हुन नसक्दा डिपो तथा घाटगद्दीमा ११ करोड रुपियाँभन्दा बढी मूल्यको काठ थन्किएको छ । सरकारी मूल्य बजारको मागअनुकूल नहुँदा काठ बिक्रीमा समस्या भएको वन अधिकारीहरूले बताएका छन् ।  कोशी प्रदेश वन निर्देशनालय, धरानको पछिल्लो मौज्दात विवरणअनुसार प्रदेशका विभिन्न डिभिजन वन कार्यालयअन्तर्गत राष्ट्रिय, सामुदायिक, कबुलियती तथा साझेदारी वनका डिपोमा एक लाख ३२ हजार ५७४।१३ क्युबिक फिट काठ बिक्री नभई थन्किएको छ । सरकारी राजस्व दररेटअनुसार यसको अनुमानित मूल्य ११ करोड ४५ लाख ४४ हजार ९४६ रुपियाँ हुन्छ ।उदयपुरमा राष्ट्रिय वनतर्फ १५ हजार र सामुदायिक

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ८४ पटक पढिएको
  • झापामा भाले हात्ती मृत फेला

    इटहरी। झापाको मेचीनगर नगरपालिका–३ स्थित धानबारीमा बुधबार बिहान एउटा जंगली हात्ती मृत अवस्थामा फेला परेको छ ।  स्थानीयले हात्ती मृत देखेपछि सम्बन्धित निकायलाई खबर गरेका थिए । मृत हात्तीको मृत्युको कारण भने तत्काल खुल्न सकेको छैन ।   घटनास्थलमा डिभिजन वन कार्यालय झापा र प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान तथा परीक्षणसहितको प्रक्रिया सुरू गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ   हात्तीको मृत्युको कारणबारे अनुसन्धान सुरू भएको छ । करिब ७ वर्षको भाले हात्ती मेचीनगर–३ मा हात्ती मृत भेटिएसँगै झापामा हालसम्म विभिन्न कारणले मरेका हात्तीको संख्या ३० पुगेको बताइएको छ ।झापाको

    • प्रकाशित मितिः भदौ ३१, २०८३
    • ९७ पटक पढिएको
  • इटहरी–११ मा राष्ट्रिय बाल दिवस तथा तीज विशेष कार्यक्रम सम्पन्न

    इटहरी । राष्ट्रिय बाल दिवस २०८३ तथा तीज विशेष कार्यक्रम इटहरी उपमहानगरपालिका–११ मा सम्पन्न भएको छ। बालबालिकाको प्रतिभा प्रस्फुटन, सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवद्र्धन र सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। इटहरी उपमहानगरपालिका वडा नम्बर ११ को सहकार्य तथा कोसिस युवा क्लबको आयोजनामा भएको कार्यक्रममा बालबालिकाले कविता, नाटक, नृत्य तथा गायन लगायतका विभिन्न प्रस्तुति दिएका थिए । त्यस्तै, तीजको अवसरमा शुभकामना आदानप्रदान गर्दै महिलाहरूले एकल तथा संयुक्त नृत्य समेत प्रस्तुत गरेका थिए। कार्यक्रममा बालबालिका तथा महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • १९४ पटक पढिएको
  • कोशी ब्यारेज झिलिमिली बत्तीले झकिझकाउ

    इटहरी।  देशकै सबैभन्दा ठूलो नदी सप्तकोशीको ब्यारेज पुलमा असोज १ गते मनाइने विश्वकर्मा पूजाको पूर्वसन्ध्यामा कोशी ब्यारेज क्षेत्रलाई झिलिमिली बत्तीले झकिझकाउ बनाइएको छ । तीनदिन अघि कोशी ब्यारेज क्षेत्रलाई विश्वकर्मा पूजाको पूर्वसन्ध्यामा लक्षित गरेर कोशी ब्यारेज क्षेत्रलाई थप आकर्षक, मनोरम र झिलिमिली बत्तीले झकिझकाउ  पारिएको हो । ब्यारेजको पुल र नहर क्षेत्रमा सजावटका लागि विशेष रङ्गीचङ्गी विद्युतीय बत्तीहरू जडान गरिएको जनाएको छ । विश्वकर्मा पूजाको पूर्वसन्ध्यामा कोशी ब्यारेजमा बत्तीले झकिझकाउ  गर्दा रातको समयमा कोशी ब्यारेजको दृश्य निकै मनमोहक र उत्सवमय देखिएको स्थानीय देवरा

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • १६९ पटक पढिएको
  • इभी गाडी र ट्याङ्कर एकापसमा दुर्घटना, दुई जना घाइते

    इटहरी । कोशी राजमार्ग पर्ने धनकुटाको साँगुरीगढी गाउँपालिका–६, स्थित सेल्फिडाँडामा दुई सवारी साधन एकापसमा ठोकिएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।मङ्गलबार बिहान करिब ११ः३० बजेतिर धरानबाट धनकुटातर्फ आउँदै गरेको प्र। १–०२–००१ ज ४४४१ नम्बरको इभी गाडी र विपरीत दिशाबाट जाँदै गरको को १ ख ७५२० नम्बरको ट्याङ्र एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा इभी गाडीका चालक तेह्रथुम फेदाप गाँउपालिका–१ बस्ने अन्दाजी ४२ वर्षीय संजय मास्के र इभीमा सवार भोजपुर पौवादुम्मा गाँउपालिका–३, स्थित चम्ताम बस्ने अन्दाजी ३८ वर्षीय कुलप्रसाद थापा मगर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता,

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • १६२ पटक पढिएको
  • बसले ठक्कर दिंदा सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

    इटहरी । मोरङको बूढीगंगामा सवारी दुर्घटना हुँदा सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु भएको छ । सोमबार साँझ  बसले मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार वीरगञ्जबाट विराटनगरतर्फ आउँदै गरेको को१ख ७९१३ नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्र १(०४(००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको  थियो । दुर्घटनामा परेर मोटरसाइकल चालक सशस्त्र प्रहरी बलका सहायक हवल्दार बूढीगंगा–४ घर भएका ३६ वर्षीय सुदीप खड्काको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका खड्कालाई उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पत

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • ११५ पटक पढिएको
  • खाली घरका झ्यालबाट मुगाले खोजिरहेको छ आफ्नै रौनक

    इटहरी।  कुनै समय मानिसको धेरै चहलपहल हुने धनकुटाका मुगा गाउँ अहिले सुनसान छ । घर छन्, इतिहास छ, सम्भावना छ । तर गाउँमा मानिसहरू भने कम छन् ।पूर्व प्रधानमन्त्री स्व। सूर्यबहादुर थापाको गाउँ मुगा पछिल्लो अढाई दशक यता गुमनामझैँ छ । यो गाउँ तब सुनसान बन्न थाल्यो जब थापाहरू सँगै स्थानीय बसाइँ सर्न थाले । द्वन्द्वले थप विथोलिएको मुगा अहिलेसम्म सुनसान छ । स्थानीय विदुर थापाका अनुसार त्यो बेला मुगाको रौनक नै बेग्लै हुन्थ्यो । मुगाका थापा देशको प्रधानमन्त्री देखि अन्य उच्च ओहोदामा हुनुहुन्थ्यो । थापा बाहेक घिमिरेहरू, राई आदिको पनि बाहुल्यता थियो । अर्का स्थानीय थामबहादुर राईका अनुसार मुगाले त

    • प्रकाशित मितिः भदौ ३०, २०८३
    • १२३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]