इटहरी ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा २४१ तोलाभन्दा बढी सुन र २७ किलोग्राम चाँदी सङ्कलन भएको छ । देशकै एक प्रसिद्ध तीर्थस्थल पाथीभरामा हालसम्म उक्त परिमाणमा सुन र चाँदी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार हालसम्म कुल २४० तोला ९१ लाल एक नम्बरी सुन सङ्कलन भएको छ । त्यस्तै पाथीभरामा हाल २७।१२८ किलोग्राम असली चाँदी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । कार्यकारी निर्देशक हाङ्बाङका अनुसार पाथीभरामा सङ्कलन भएको उक्त परिमाणको सुन र चाँदी रिफाइन गरी एकनम्बरको बनाइएको छ । केही सुनका गहाना दुरुस्तै राखिएको छ भने २४० तोला ९१ लाल सुन भने रिफाइन गरी एक नमबरको बनाइएको हाङ्बाङले जानकारी दिनुभयो । त्यस्तै
पाथीभरामा सङ्कलित चाँदी पनि एकनम्बर वा असली २७ किलोग्राम १२८ ग्राम रहेको उहाँले बताउनुभयो । समितिका अनुसार रिफाइन गरी एकनम्बरको बनाइएको सुनमध्ये ११ तोला २४ ला भर्खरै रिफाइन गरिएको हो । यसैगरी, तीन किलोग्राम १६६ ग्राम चाँदी पनि भर्खरै अर्थात गएको शुक्रबार र शनिबार रिफाइन गरिएको समितिका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । बाँकी धेरै परिमाणको सुन र चाँदी पहिले नै रिफाइन गरिएको हो । करिव तीन वर्षअघि नै रिफाइन गरिएको सुन र चाँदी सोही समयदेखि लिलाम बिक्रीको प्रक्रिया सुरु गरिएको थियो । नियमअनुसार समितिले सुन र चाँदी लिलाम बिक्री गर्ने प्रक्रिया अघि बढाए पनि केही चाँदीबाहेक हालसम्म सुनचाँदी बिक्री नभएकोसमेत समितिले जनाएको छ । पछिल्लोपटक रिफाइन गरेकोसमेत सुन र
इटहरी ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा २४१ तोलाभन्दा बढी सुन र २७ किलोग्राम चाँदी सङ्कलन भएको छ । देशकै एक प्रसिद्ध तीर्थस्थल पाथीभरामा हालसम्म उक्त परिमाणमा सुन र चाँदी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिका अनुसार हालसम्म कुल २४० तोला ९१ लाल एक नम्बरी सुन सङ्कलन भएको छ । त्यस्तै पाथीभरामा हाल २७।१२८ किलोग्राम असली चाँदी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । कार्यकारी निर्देशक हाङ्बाङका अनुसार पाथीभरामा सङ्कलन भएको उक्त परिमाणको सुन र चाँदी रिफाइन गरी एकनम्बरको बनाइएको छ ।
केही सुनका गहाना दुरुस्तै राखिएको छ भने २४० तोला ९१ लाल सुन भने रिफाइन गरी एक नमबरको बनाइएको हाङ्बाङले जानकारी दिनुभयो । त्यस्तै पाथीभरामा सङ्कलित चाँदी पनि एकनम्बर वा असली २७ किलोग्राम १२८ ग्राम रहेको उहाँले बताउनुभयो । समितिका अनुसार रिफाइन गरी एकनम्बरको बनाइएको सुनमध्ये ११ तोला २४ ला भर्खरै रिफाइन गरिएको हो । यसैगरी, तीन किलोग्राम १६६ ग्राम चाँदी पनि भर्खरै अर्थात गएको शुक्रबार र शनिबार रिफाइन गरिएको समितिका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । बाँकी धेरै परिमाणको सुन र चाँदी पहिले नै रिफाइन गरिएको हो ।


