समाज

    Showing २१-३० of १०,९८२ items.
  • सचिवलाई थप जिम्मेवारीदेखि सम्पत्ति मिनाहासम्म, कोशी सरकारका यस्ता निर्णय

    इटहरी स् कोशी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयको प्रशासनिक नेतृत्वको जिम्मेवारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामकृष्ण अधिकारीलाई दिएको छ ।बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अर्को व्यवस्था नभएसम्मका लागि अधिकारीलाई सामाजिक विकास मन्त्रालयको कामकाजसमेत सम्हाल्ने गरी थप जिम्मेवारी तोकेको हो । मन्त्रालयको नियमित प्रशासनिक कामकाज सञ्चालनमा सहजता ल्याउने उद्देश्यले अधिकारीलाई थप जिम्मेवारी दिइएको प्रदेश सरकारले जनाएको छ ।बैठकले प्रदेश योजना आयोगको वार्षिक प्रतिवेदन प्रदेशसभामा पेश गर्ने निर्णयसमेत गरेको छ । त्यस्तै, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन,

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ६४ पटक पढिएको
  • विराटनगरमा महिला कानुनी सचेतना तथा सशक्तीकरण कार्यक्रम सम्पन्न

    इटहरी स् महिलालाई आफ्ना कानुनी अधिकार, संवैधानिक संरक्षण तथा न्याय प्राप्त गर्ने उपायबारे सचेत गराउने उद्देश्यले विराटनगर–२० मा ‘महिला कानुनी सचेतना तथा सशक्तीकरण कार्यक्रम’ सम्पन्न भएको छ।सामाजिक उत्तरदायित्वको भावनासहित श्रेया बिष्टको व्यक्तिगत पहलमा सञ्चालित कार्यक्रममा करिब ५० जना महिलाको प्रत्यक्ष सहभागिता रहेको थियो। कार्यक्रमले महिलालाई आफ्नो तथा परिवारका सदस्यका कानुनी अधिकारबारे जानकारी गराउँदै अधिकारका लागि आवाज उठाउने आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्य राखेको थियो।कार्यक्रममा विभिन्न विज्ञ तथा प्रशिक्षकले समसामयिक कानुनी तथा सामाजिक विषयमा प्रशिक्षण दिएका थिए। श्रेया बिष्टले बलात्

    • प्रकाशित मितिः असोज २२, २०८३
    • १७ पटक पढिएको
  • झापामा चार करोडभन्दा बढीको अवैध सामान बरामद

    इटहरी स् झापामा सशस्त्र प्रहरीले तीन महिनाको अवधिमा भन्सार छली तथा अवैध चोरी–निकासी र पैठारीका चार करोड १५ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ। बरामद सामानसहित चार जनालाई नियन्त्रणमा लिई ३५ वटा सवारीसाधनसमेत आवश्यक कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइएको छ।सशस्त्र प्रहरी बल नेपाल नं। २ गण हेडक्वार्टर झापाका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को साउनदेखि असोजसम्म चार करोड १५ लाख ६२ हजार ३७३ रुपैयाँ मूल्य बराबरका अवैध सामान बरामद गरिएको हो। गणका अनुसार साउनमा एक करोड ५५ लाख पाँच हजार ६२६ रुपैयाँ, भदौमा एक करोड ४८ लाख एक हजार ८१८ रुपैयाँ र असोजको हालसम्म एक करोड १२ लाख ५४ हज

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ३१ पटक पढिएको
  • झापामा बजार अनुगमन तीव्र, अखाद्य वस्तु बरामददेखि जरिवानासम्म

    इटहरी स्  झापामा चाडपर्व लक्षित बजार अनुगमनलाई प्रशासनले तीव्रता दिएको छ। कनकाईको सुरुङ्गा र मेचीनगरका बजारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ। अखाद्य अमिलोजन्य पदार्थ बिक्रीका लागि राखेको भेटिएपछि एक व्यवसायीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।जिल्ला प्रशासन कार्यालय झापाले सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको नेतृत्वमा बुधबार कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा बजारमा अनुगमन गरेको थियो। घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधिसहितको टोलीले बजारका विभिन्न

    • प्रकाशित मितिः असोज २२, २०८३
    • ३१ पटक पढिएको
  • कोशीका चार जिल्लाबाट १६ प्रतिवादी पक्राउ

    इटहरी। विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका १६ जना प्रतिवादीलाई प्रहरीले कोशीका विभिन्न चारवटा जिल्लाबाट पक्राउ गरेको छ ।प्रहरीका अनुसार मोरङबाट १० जना, झापाबाट ४ जना, सुनसरी तथा ओखलढुंगाबाट १–१ जना पक्राउ परेका हुन् । बुधबार पक्राउ परेकाबाट ५ वर्ष ३ महिना ११ दिन कैद तथा ३ लाख ३४ हजार ५ सय रुपैयाँ जरिबाना असुल भएको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असोज २२, २०८३
    • १३ पटक पढिएको
  • जेनजी आन्दोलनमा नष्ट प्रदेशसभा सम्पत्ति मिनाहा गर्ने कोशी सरकारको निर्णय

    इटहरी। कोशी प्रदेश सरकारले ‘जेनजी आन्दोलन’का क्रममा गत वर्ष कोशी प्रदेशसभा सचिवालयअन्तर्गत क्षति तथा नष्ट भएका सम्पत्ति मिनाहा गर्ने निर्णय गरेको छ।मन्त्रिपरिषद्को बैठकले मोरङका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित समितिको सिफारिसका आधारमा उक्त सम्पत्ति मिनाहा गर्ने निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले आन्दोलनका क्रममा नष्ट भएका सम्पत्ति मिनाहासम्बन्धी कानुनी प्रक्रिया पूरा गरी निर्णय गरिएको जानकारी दिनुभयो।मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगको आर्थिक वर्ष २०८२र८३ को वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर

    • प्रकाशित मितिः असोज २२, २०८३
    • १५ पटक पढिएको
  • खसीको किनबेच हचुवाका भरमा

    इटहरी। मासु बजारको उचित व्यवस्थापन नहुँदा उदयपुरका ग्रामीण क्षेत्रका किसानले परम्परागत रूपमा पाल्दै आएका खसी हचुवाको भरमा बेच्न बाध्य छन् । गाउँघरका किसानले पालेका खसीबोकाको तौल गरेर बिक्रीवितरण गर्ने माध्यम नहुँदा घाटा भए पनि बर्सेनि मोलमोलाइमा बिक्री गर्ने गरेको किसान बताउँछन् ।उदयपुरका पहाडी क्षेत्रमा पराम्परागत रूपमा खसी पाल्ने किसान सबैको पीडा यस्तै छ । अहिले उदयपुरको ग्रामीण क्षेत्रमा खसीको मासुको मूल्य प्रतिकिलो नौ सय रुपियाँ छ । जुन मूल्य गाईघाट, कटारी, बेल्टारलगायतका बजारक्षेत्रमा काटेर मासु बिक्री गर्दा दुई सयभन्दा बढी पाइन्छ । ‘पहाडी क्षेत्रका गाउँमा पनि विभिन्न समूह तथा कृषक सहकारी

    • प्रकाशित मितिः असोज २२, २०८३
    • २५ पटक पढिएको
  • इटहरीमा दशैं लक्षित Bajaj को ‘दशैं धमाका’, पुरानो बाइक एक्सचेन्जमा विशेष सुविधा

    इटहरी । दशैंलाई लक्षित गर्दै इटहरीमा पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ Bajaj मोटरसाइकल खरिद गर्न सकिने विशेष ‘दशैं धमाका’ योजना सञ्चालन हुने भएको छ।असोज २२ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने योजनाअन्तर्गत ग्राहकले पुरानो बाइकको Highest Valuation, नयाँ बाइक खरिदमा Lowest EMI, On-the-Spot Finance तथा निःशुल्क हेल्मेट प्राप्त गर्न सक्नेछन्।‘दशैं धमाका–Game of Power’ अभियानअन्तर्गत पुरानो बाइकको मूल्यांकन गरी नयाँ Bajaj मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था गरिएको हो। कार्यक्रम इटहरी–६ स्थित पुरानो यातायात जाँच विकास क्षेत्र, पूर्व लाइनमा सञ्चालन हुनेछ।सञ्चालक जयन्त सन्थलियाले दशैंको अवसरमा ग्राहकलाई

    • प्रकाशित मितिः असोज २२, २०८३
    • २८ पटक पढिएको
  • बेलबारी–४ मा गणेश मन्दिर निर्माण, बाँकी कामका लागि सहयोगको अपेक्षा

    इटहरी । मोरङको बेलबारी नगरपालिका–४ स्थित प्रगति तीन – पैने टोलमा गणेश मन्दिर निर्माण गरिएको छ । स्थानीयस्तरमा धार्मिक तथा सामाजिक गतिविधिका लागि उपयुक्त सार्वजनिक स्थलको अभाव रहेकाले मन्दिर निर्माण गर्ने अवधारणा अघि बढाइएको हो । मन्दिर निर्माण समितिका अध्यक्ष पुष्पनारायण अधिकारीका अनुसार वडा कार्यालयको केही सहयोग तथा विभिन्न दाताहरूबाट प्राप्त सहयोग रकमबाट मन्दिर निर्माण गरिएको हो। करिब ७ लाख ५० हजार रुपैयाँको लागतमा मन्दिरको मुख्य संरचना निर्माण सम्पन्न गरिएको उहाँले बताउनुभयो । स्थानीयको सहयोग र सहभागितामा मन्दिर निर्माणको काम अघि बढाइएको भए पनि अझै केही निर्माण तथा व्यवस्थापनका काम बाँकी रह

    • प्रकाशित मितिः असोज २१, २०८३
    • १०६ पटक पढिएको
  • ‘वडाध्यक्ष मेरो साथी’ कार्यक्रमअन्तर्गत २८ घरपरिवारलाई खाद्यान्न वितरण

    इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ नम्बर वडा कार्यालयले ‘वडाध्यक्ष मेरो साथी’ कार्यक्रम अन्तर्गत २८ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेको छ । वडा कार्यालयले आज एक कार्यक्रम आयोजना गरी विपन्न तथा आवश्यकतामा रहेका २८ घरपरिवारलाई तीन महिनाका लागि पुग्ने गरी खाद्यान्न सामग्री वितरण गरेको हो। प्रत्येक परिवारलाई ४५ किलो चामल, ३ किलो दाल र नुन वितरण गरिएको वडा अध्यक्ष भीमकुमार राईले बताउनुभयो । वडा अध्यक्ष राईले वडाभित्र आर्थिक तथा सामाजिक रूपमा कमजोर परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले ‘वडाध्यक्ष मेरो साथी’ कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। कार्यक्रम मार्फत स्थानीयस्तरमै नागरिकका

    • प्रकाशित मितिः असोज २१, २०८३
    • ११४ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]