इटहरी । दशैंलाई लक्षित गर्दै इटहरीमा पुरानो मोटरसाइकल एक्सचेन्ज गरी नयाँ Bajaj मोटरसाइकल खरिद गर्न सकिने विशेष ‘दशैं धमाका’ योजना सञ्चालन हुने भएको छ।
असोज २२ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने योजनाअन्तर्गत ग्राहकले पुरानो बाइकको Highest Valuation, नयाँ बाइक खरिदमा Lowest EMI, On-the-Spot Finance तथा निःशुल्क हेल्मेट प्राप्त गर्न सक्नेछन्।
‘दशैं धमाका–Game of Power’ अभियानअन्तर्गत पुरानो बाइकको मूल्यांकन गरी नयाँ Bajaj मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था गरिएको हो। कार्यक्रम इटहरी–६ स्थित पुरानो यातायात जाँच विकास क्षेत्र, पूर्व लाइनमा सञ्चालन हुनेछ।
सञ्चालक जयन्त सन्थलियाले दशैंको अवसरमा ग्राहकलाई पुरानो बाइकको उचित मूल्यांकनसहित नयाँ Bajaj मोटरसाइकल खरिदमा सहज सुविधा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको जानकारी दिए ।
उनका अनुसार ग्राहकले आफ्नो पुरानो बाइकसहित कार्यक्रमस्थलमा उपस्थित भई मूल्यांकन तथा एक्सचेन्ज सुविधाको लाभ लिन सक्नेछन्।
थप जानकारीका लागि ०२५–५८५४४२, ९७०५०५५३३९ र ९८०७०३२८१६ मा सम्पर्क गर्न सकिनेछ।


