समाज

    Showing १६१-१७० of १०,९९२ items.
  • झापा–३ मा गीता भट्टराई निर्वाचित, ३४० मतसहित क्षेत्रीय सभापति

    इटहरी स्  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत झापा क्षेत्र नं। ३ को क्षेत्रीय अधिवेशनबाट गीता प्रसाद भट्टराई क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन्।क्षेत्रीय सभापतिका लागि भएको निर्वाचनमा भट्टराईले ३४० मत प्राप्त गर्दै प्रतिस्पर्धी राम दुलाललाई पराजित गरेका हुन्। दुलालले २६९ मत प्राप्त गरे। निर्वाचनमा कुल ६३८ मत खसेर गणना भएको थियो। त्यस्तै, क्षेत्रीय सह–सचिवमा सञ्जीव सिंह राजवंशी निर्वाचित भएका छन्। उनले २१९ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी सरोज कोइरालाले १८० र सन्तोष जङ्ग थापाले १६३ मत प्राप्त गरे।क्षेत्रीय सदस्यतर्फ प्राप्त मतका आधारमा सरोज बिमली ३०९, तोयानाथ अधिकारी २९० र मोहन प्

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ८६ पटक पढिएको
  • धरानमा पर्खालमा ठोक्कियो बुलेट, चालकको मृत्यु

    इटहरी स् सुनसरीको धरान उपमहानगरपालिका–१५ आरालाईनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।प्रहरीका अनुसार मंगलबार बिहान करिब १ः०५ बजे श्यामचोकबाट पुरानो बसपार्कतर्फ जाँदै गरेको को ३५ प ४११५ नम्बरको बुलेट मोटरसाइकल सडक छेउमा रहेको मासु पसलको पर्खालमा ठोक्किएको थियो। र्घटनामा करिब ३०–३१ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। घटनास्थलमा पुगेको प्रहरीले तत्काल उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।मृतकको साथबाट पहिचान खुल्ने कुनै कागजात फेला नपरेको प्रहरीले जनाएको

    • प्रकाशित मितिः असोज १३, २०८३
    • १२५ पटक पढिएको
  • उदयपुर कांग्रेस क्षेत्र नं। १ मा खगेन्द्र राई निर्वाचित, प्रदेश ‘ख’ सभापतिमा सरोज बस्नेत

    इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुर क्षेत्र नं। १ को क्षेत्रीय सभापतिमा खगेन्द्र राई निर्वाचित भएका छन्। क्षेत्रीय सहसचिवमा डेभिड बस्नेत निर्वाचित हुँदा क्षेत्र नं। १ अन्तर्गत प्रदेशसभा ‘ख’को सभापतिमा सरोज बस्नेत विजयी भएका छन्।क्षेत्रीय सभापतिका लागि भएको निर्वाचनमा १ हजार २४ मतदाता रहेकामा ९ सय ३२ मत खसेको थियो। राईले ६ सय १८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी राकेश खत्रीले २ सय ८४ मत पाए। राई ३ सय ३४ मतको अन्तरले निर्वाचित भएका हुन्। क्षेत्रीय सहसचिवमा डेभिड बस्नेतले ५ सय १५ मत प्राप्त गरी निर्वाचित भए। उनकी प्रतिस्पर्धी अम्बिका निरौलाले ३ सय ४१ मत पाइन्। बस्नेत १ सय ७४

    • प्रकाशित मितिः असोज १३, २०८३
    • १०४ पटक पढिएको
  • इटहरीको बहुभाषिक विद्यालयमा बेथिति र राजनीति, संसद्मा उठ्यो सुधारको माग

     इटहरी। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सचेतक प्रकाशचन्द्र परियारले सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरास्थित ‘श्री बाल बहुभाषीय आधारभूत विद्यालय’को दयनीय अवस्थाबारे प्रतिनिधिसभाको ध्यानाकर्षण गराएका छन् ।मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले देशकै पहिलो ऐतिहासिक बहुभाषिक विद्यालय अहिले स्थानीय सरकारको उपेक्षा, आन्तरिक अव्यवस्था र दलीय राजनीतिको सिकार बनेको बताए । वि।सं। २०५१ सालमा तत्कालीन प्रधानमन्त्री स्वर्गीय मनमोहन अधिकारीबाट उद्घाटन भएको उक्त विद्यालय नेपालका सबै जातजातिको भाषा र संस्कृति संरक्षण गर्ने ऐतिहासिक धरोहर भए पनि पछिल्लो समय भौतिक त

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ७८ पटक पढिएको
  • प्रहरी देखेपछि तासको खालमा भागाभाग, विराटनगरमा दुई तलाबाट हामफाल्दा खुट्टा भाँचियो

    इटहरी स्  विराटनगरमा तास खेलिरहेको स्थानमा प्रहरी पुगेपछि भाग्ने क्रममा दुई तलामाथिबाट हामफाल्दा एक जना घाइते भएका छन् । प्रहरीले तास खेलिरहेको आरोपमा घाइतेसहित ८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।विराटनगर महानगरपालिका–६ सरोचियास्थित लालु पासवानको घरमा सोमबार राति तास खेलिरहेका बेला प्रहरी पुगेपछि भागदौड मच्चिएको हो । प्रहरीलाई देखेपछि भाग्ने क्रममा विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखिया घरको दुई तलाबाट हामफालेका थिए । हामफाल्दा मुखियाको दाहिने खुट्टा भाँचिएको छ । उनी एम्बुलेन्स चालकसमेत रहेको प्रहरीले जनाएको छ । प्रहरी निगरानीमा विराटनगरस्थित श्री अस्पतालमा उपचाररत उनको अवस्थ

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ४५ पटक पढिएको
  • लागुऔषधसहित सुनसरीबाट सात जना पक्राउ

    इटहरी। सुनसरीका विभिन्न स्थानबाट लागुऔषधसहित सात जना पक्राउ परेका छन् । इनरुवा नगरपालिका, धरान उपमहानगरपालिका र इटहरी उपमहानगरपालिकाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१९ का मनिष योगी र पुजन श्रेष्ठ, इटहरी उपमहानगरपालिका–१ का २७ वर्षीय सुरज माझी, २० वर्षीय तोरण माझी र ३० वर्षीय मनिस माझी तथा इटहरी उपमहानगरपालिका–१२ खनारका २० वर्षीय अजयकुमार चौधरी र इटहरी उपमहानगरपालिका–११ का ३० वर्षीय सुमित गुरुङ रहनुभएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा शङ्का लागेर सुरज माझी, तोरण माझी र मनिस माझीलाई

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ३८ पटक पढिएको
  • तास खेलिरहेको अवस्थामा नगदसहित १२ जना पक्राउ

    इटहरी। धनकुटाको चौबिसे गाउँपालिका–२ डाँडागाउँमा तास खेलिरहेको अवस्थामा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । डाँडागाउँस्थित दीपक सारु मगरको घरमा तास खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार पक्राउ पर्नेमा चौबिसे–२ का ३६ वर्षीय इमा मगर, मुढेवासका ५३ वर्षीय राजेन्द्र मगर, चौबिसे–६ राजारानीका ४५ वर्षीय गुणराज राई, ३६ वर्षीय लेखबहादुर लिम्बू, ४२ वर्षीय योगेन लिम्बू र चौबिसे–७ मौनाबुधुकका ४० वर्षीय राम चेम्जोङ रहनुभएको छ । यस्तै, तास खेलिरहेको हेर्न बसेका चौबिसे–२ डाँडागाउँका ३० वर्षीय सुम

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ३८ पटक पढिएको
  • घट्दै जलाशयमा कछुवा

    इटहरी। तराईका नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरेक्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय दुर्लभ बन्दै गएको छ । मानवीय व्रिmयाकलापका कारण कछुवाको वासस्थान क्रमशः मासिँदै जाँदा दुर्लभ बन्दै गएको हो । पानीका स्रोत तथा सिमसार अतिक्रमण, वासस्थान खण्डीकरण, अवैध सिकार तथा सङ्कलन, माछा मार्ने क्रममा जालमा पर्ने, विष तथा करेन्टको प्रयोग, सडक निर्माण र जल प्रदूषणका कारण कछुवाको वासस्थान साघुरिँदै गएकोे संरक्षणकर्मी बताउँछन् । नेपालमा कछुवाका १८ प्रजाति अभिलेख गरिए पनि तीमध्ये १२ प्रजाति विश्व संरक्षण सङ्घ ९आइयुसिएन० को सङ्कटापन्न श्रेणीमा रहेका छन् ।   कछुवा तथा सरिसृपसम्बन्धीम

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ५५ पटक पढिएको
  • आर्थिक समृद्धि र सामाजिक न्यायका लागि आन्तरिक रोजगारी प्रवर्धनमा जोड

    इटहरी। रोजगारीको खोजीमा रहेका युवा र आवश्यक जनशक्ति खोजिरहेका रोजगारदातालाई एउटै मञ्चमा ल्याएर प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कोशी प्रदेशको इटहरीमा भोलिदेखि ‘सीप तथा रोजगार मेला–२०८३’ आयोजना हुने भएको छ । युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सात दिनसम्म सञ्चालन हुने मेलामार्फत रोजगारी सिर्जना, सीप विकास, रोजगारदाता र श्रम बजारबीचको दूरी घटाउने तथा युवालाई स्वदेशमै रोजगारीका अवसरसँग जोड्ने तयारी गरिएको हो ।मेलाको तयारीका सन्दर्भमा कुरा गर्दै मन्त्रालयका सचिव डा। दीपक काफ्लेले मुलुकको आर्थिक समृद्धि र सामाजिक न्यायका लागि आन्तरिक रोजगारी सिर्जना आवश्यक रहेको बताउनुभयो । रोजगारी खोजिरहेक

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ५६ पटक पढिएको
  • इलामको माङ्सेबुङमा बोलेरो दुर्घटना, पाँच जना घाइते

    इटहरी। माङ्सेबुङ गाउँपालिका–२ दहगाउँमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।सोमवार  बिहान करिब १०ः३० बजे आरुबोटेबाट दमकतर्फ जाँदै गरेको मे १ ज ३३४७ नम्बरको बोलेरो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा पाँचथरका चालक खेमराज मगरसहित मनकुमारी लावती, उनकी १२ वर्षीया छोरी लामसिमी लावती, २३ महिनाका छोरा लाम्सेमा लावती र जनक तामाङ घाइते भएका छन्।घाइतेमध्ये १२ वर्षीया लामसिमीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। अन्य घाइतेको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ।

    • प्रकाशित मितिः असोज १२, २०८३
    • १८७ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]