समाज

    Showing १५१-१६० of १०,९९२ items.
  • सुन्दरहरैँचामा सिद्धार्थ युवा क्लबको आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

    इटहरी । मोरङको सुन्दरहरैँचा–६ स्थित खर्साने चोकमा सिद्धार्थ युवा क्लबको आयोजना तथा कोशी आँखा अस्पताल प्रा.लि. इनरुवाको सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। शिविर मार्फत स्थानीय करिब ५ सय जना नागरिकले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन्। शिविरमा मुख्यतया आँखा परीक्षण, रक्तचाप तथा मधुमेहको जाँच गरिएको थियो। आँखामा समस्या देखिएका बिरामीहरूलाई चिकित्सकीय परामर्शका साथै सहुलियत दरमा चस्मा समेत उपलब्ध गराइएको छ। आर्थिक अवस्था कमजोर भएका र अस्पताल सम्म पुग्न कठिनाइ भोगिरहेका स्थानीयवासीलाई लक्षित गरी घरदैलोमै स्वास्थ्य सेवा पु¥याइएको हो। सिद्धार्थ युवा क्लबका

    • प्रकाशित मितिः असोज १३, २०८३
    • १०८ पटक पढिएको
  • बराहक्षेत्रमा चाडबाडलक्षित बजार अनुगमन , म्याद नाघेका बस्तुलाई नष्टसँगै व्यापारीलाई जरिमाना

    इटहरी । आगामी चाडबाडलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रका पसलहरूमा बजार अनुगमन कार्यलाई तीव्र पारेको छ। खाद्यवस्तुको मूल्यमा एकरूपता नभएको र म्याद नाघेका सामग्री बिक्री भइरहेको जनगुनासो बढेपछि उपभोक्ताको अधिकार सुनिश्चित गर्न नगरपालिकाले यो कदम चालेको हो। नगर उपप्रमुख नन्दकुमारी सुनुवारको नेतृत्वमा खटिएको अनुगमन टोलीले मङ्गलबार बराहक्षेत्र नगरपालिका वडा नं ९ स्थित राजावास बजार र वडा नं ११ को मधुवन क्षेत्रका किराना, होटल, हार्डवेयर तथा फेन्सी पसलहरूको सुक्ष्म निरीक्षण गरेको छ। अनुगमनका क्रममा उपभोक्ताले पाउनुपर्ने गुणस्तरीय वस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाण, पसल दर्ता

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ११८ पटक पढिएको
  • बिराट एग्री र एन आई सी एशिया क्यापिटलबिच आइपिओ निष्कासनसम्बन्धी सम्झौता

    इटहरी । एन आई सी एशिया क्यापिटल र बिराट एग्री लिमिटेडबिच सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी दुईपक्षीय सम्झौता सम्पन्न भएको छ। क्यापिटलको ‘आइडिया टु आइपिओ सेवा अन्तर्गत बिराट एग्रीलाई आवश्यक सम्पूर्ण संस्थागत परामर्श सहित बिक्री प्रबन्धक नियुक्त गरिएको हो।   इटहरी–१३, सुनसरीमा मुख्य कार्यालय रहेको बिराट एग्रीले मोरङ र सुनसरी जिल्लामा १ सय हेक्टर भन्दा बढी क्षेत्रका १५० वटा पोखरी मार्फत व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको छ । कम्पनीले हाल इटहरी–१३ खनारस्थित उद्योगबाट दैनिक २५ टन उत्पादन क्षमताको अत्याधुनिक प्लान्ट मा

    • प्रकाशित मितिः असोज १३, २०८३
    • १४६ पटक पढिएको
  • कस्तुरी कलेजमा डिजिटल जीवनशैली र साइबर सुरक्षाबारे प्रशिक्षण

    इटहरी । लायन्स क्लब अफ इटहरी पाथीभरा र लियो क्लब अफ इटहरी पाथीभराको संयुक्त आयोजनामा डिजिटल लाइफस्टाइल एन्ड सेक्युरिटी अवेयरनेस ट्रेनिङ कार्यक्रम इटहरीस्थित कस्तुरी कलेजमा सम्पन्न भएको छ । लियो क्लब अफ इटहरी पाथीभराका अध्यक्ष आयुष ढुंगेलको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कस्तुरी कलेजका प्रिन्सिपल भूपेन्द्र न्यौपाने, लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ सीका रिजन चेयरपर्सन अमरदीप पौडेल, साइकोसोसल काउन्सिलर तथा पत्रकार मौसम कोइराला लगायत लियो सदस्य तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा कस्तुरी कलेजका प्रिन्सिपल भूपेन्द्र न्यौपानेले यस्ता प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रमले विद्या

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ३७८ पटक पढिएको
  • ‘मिसेस पूर्वेली आइकन’को ताजका लागि १९ प्रतिभावान महिला प्रतिस्पर्धामाः असोज १९ गते ग्रान्ड फिनाले

    इटहरी । ओपन स्पेस प्रालिको आयोजनामा भइरहेको ‘मिसेस पूर्वेली आइकन’ तेस्रो संस्करणको ग्रान्ड फिनाले यही असोज १९ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा हुँदैछ । गत असोज ११ गते ट्यालेन्ट राउन्ड सफलतापूर्वक सम्पन्न भएसँगै आयोजक टिम फिनालेको अन्तिम तयारीमा जुटेको हो । यस पटक विभिन्न पेशा तथा सामाजिक क्षेत्रका १९ जना प्रतिभावान महिलाहरू उपाधिका लागि प्रतिस्पर्धामा उत्रिएका छन् । प्रतियोगिताको चिकित्सा क्षेत्रबाट डा. उरुषा शाह र संगिता शाह छन् भने बैंकिङ तथा कर्पोरेट क्षेत्रबाट जमुना दाहाल, ध्रुव कुमारी गुरुङ, भावना घिमिरे र मनिका चौधरी मैदानमा उत्रिएका छन् । त्यसैगरी शैक्षिक तथा सञ्चार क्षेत्रबा

    • प्रकाशित मितिः असोज १३, २०८३
    • १०७ पटक पढिएको
  • हिकभिजन–म्याक्सिमाको स्किममा २२ डिलर पार्टनर अष्ट्रेलिया टुरका लागि छनोट

    काठमाडौं । हिकभिजन-म्याक्सिमाको स्किमअन्तर्गत लक्ष्य पूरा गरेका नेपालभरका २२ जना डिलर पार्टनर अष्ट्रेलिया टुर २०२६ का लागि छनोट भएका छन् । छनोट भएका अचिभर्सलाई काठमाडौंको नक्सालस्थित होटल म्यारियटमा सोमबार  आयोजित कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको छ ।मार्च १५ देखि जुलाई १५ सम्म सञ्चालन भएको स्किममा बिक्री उपलब्धिका आधारमा २२ जना अष्ट्रेलिया टुरका लागि छनोट भएको कार्यक्रममा जानकारी दिइएको हो । कार्यक्रममा हिकभिजनका कन्ट्री म्यानेजर मिस्टर लियोन, म्याक्सिमा मल्टिनेसनल ट्रेडिङ प्रालिका पदाधिकारी, डिलर पार्टनर तथा अन्य आमन्त्रित सदस्य सहभागी थिए । सुरक्षा प्रविधिको क्षेत्रमा काम गर्दै आएको

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ३२६ पटक पढिएको
  • विराटनगर बसपार्कका होटलमा प्रहरीको छापा, १७ युवती नियन्त्रणमा

    इटहरी। विराटनगर बसपार्क क्षेत्रका विभिन्न होटलमा प्रहरीले सोमबार आकस्मिक अनुगमन तथा छापा मारेको छ। शंकास्पद गतिविधि भइरहेको सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा १७ जना युवतीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।प्रहरीका अनुसार बसपार्क आसपासका केही होटलमा कानुनविपरीत गतिविधि भइरहेको सूचना प्राप्त भएपछि केही समयदेखि निगरानी बढाइएको थियो। सोही क्रममा विभिन्न होटलमा एकैपटक गरिएको अनुगमनका क्रममा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। नियन्त्रणमा लिइएका युवतीहरूको नाम र ठेगाना भने प्रहरीले सार्वजनिक गरेको छैन। उनीहरूलाई वडा प्रहरी कार्यालय विराटनगरमा राखेर आवश्य

    • प्रकाशित मितिः असोज १३, २०८३
    • १०२ पटक पढिएको
  • मकै भण्डारणको परम्परागत थाङ्ग्रो हराउँदै

    इटहरी। पहाडी क्षेत्रका ग्रामीण भेगमा मकै भण्डारका लागि परम्परागत रूपमा थाङ्ग्रो हाल्ने प्रचलन हराउँदै गएको छ ।पछिल्लो केही समययता युवा पुस्ता वैदेशिक रोजगारीका लागि विदेश जाने लहर बढेसँगै गाउँमा खेतीपाती गर्न छोडेपछि मकै भण्डारका लागि परम्परागत रूपमा राखिने थाङग्रोको चलन हराउँदै गएको हो । धनकुटालगायत पहाडी जिल्लामा मकै उत्पानका लागि उर्वर भूमि मानिन्छ । उत्पादन भएको मकै घरमा थाङ्ग्रो हालेर राख्ने गरिन्छ । काठ तथा बाँसको माच बनाएर मकै राख्न थाङ्ग्रो हाल्ने र खोस्टासहितको मकै चाङ वा थाङ्ग्रो लगाएर भण्डारन गर्ने एक परम्परागत माध्यम थियो ।मकैलाई कीरा, घुन नलागोस् साथै नकुहियोस् भनेर किसानले थाङ्ग्

    • प्रकाशित मितिः असोज १३, २०८३
    • १५८ पटक पढिएको
  • आईपीओ जारी गर्ने तयारीमा विराट एग्रो, एनआईसी एसिया क्यापिटलसँग सम्झौता

    इटहरी। विराट एग्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर ९आईपीओ० निष्कासन गर्ने तयारी अघि बढाएको छ ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता विराट एग्रो लिमिटेड र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच सम्पन्न भएको हो । सम्झौताअनुसार एनआईसी एसिया क्यापिटलले विराट एग्रोलाई संस्थागत परामर्श सेवासहित सर्वसाधारणमा शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेछ । एनआईसी एसिया क्यापिटलले आफ्नो ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत कम्पनी स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म आवश्यक पर्ने सम्पूर्ण संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।मोरङ र सुनसरीमा १०० ह

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ८४ पटक पढिएको
  • अलैँची नै गाउँको भरोसा, किसानको जीविका

    इटहरी स् यहाँको सुदूर उत्तरी याङवरक गाउँपालिका वडा नं। १ ठिङ्गेपुरका सुकबहादुर बेघाको घरको आँगनसम्मै अलैँचीखेती गरिएको छ । घुर्‍यानसम्म अलैँची लगाएका बेघाले पछिल्ला दिनमा धान र मकैखेती गर्न छोडेका छन् ।सुकबहादुरका छिमेकी धनमाया बेघाको पनि करेसाबारीमा अलैँचीखेती छ । सबै ठाउँमा अलैँची नै लगाएको धनमाया बताउँछिन् । सोही वडाको बिरुवाका बालनन्द बेघाको पनि आँगनसम्मै अलैँचीखेती छ । बजारमा राम्रो मूल्य पाउँदा दुर्गम ग्रामीण भेगका किसानले मुख्य बालीका रुपमा अलैँचीलाई विस्तार गरिरहेका छन् । धान, मकै र कोदो फल्ने खेतबारी मासेर अलैँचीको खेती विस्तार गरेका सुकबहादुर बेघा अलैँचीलाई घर परिवारलाई बढी माया गर्न

    • प्रकाशित मितिः असोज १३, २०८३
    • ८३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]