इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा(३ कप्तानगञ्जमा भएको गोलीकाण्डको विषयलाई लिएर नेपाली कांग्रेस सुनसरीले प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत् प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा गोलीकाण्डको निष्पक्ष छानबिन, घाइतेहरूको निःशुल्क उपचार, पीडित तथा प्रभावित नागरिकलाई क्षतिपूर्ति, गृहमन्त्रीले पीडित परिवारसँग गरेको सहमति पूर्ण रुपमा कार्यान्वयन तथा जिल्लामा शान्ति–सुरक्षा कायम गर्नुपर्नु सहितको पाँच बुँदे माग राखिएको छ । नेपाली कांग्रेस सुनसरीले राखेको मागहरू तीन दिनभित्र कार्यान्वयन गर्न सरकारलाई अल्टिमेटम दिएको छ
इटहरी । विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि आवश्यक शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले आफ्नो २३ औँ स्थापना दिवस इटहरी शाखामा विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।अस्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको संस्थाले इटहरी शाखामार्फत सन् २०१६ देखि पूर्वी नेपालका विद्यार्थीहरूलाई शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गर्दै आएको छ। स्थापना दिवसका अवसरमा विश्वभर रहेका संस्थाका ९० भन्दा बढी शाखा तथा कार्यालयहरू स्मार्ट बोर्डमार्फत एकै समयमा जोडिएर विशेष कार्यक्रम सम्पन्न गरेका थिए। कार्यक्रममा इटहरी शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो। संस्थाका अ
इटहरी । धनकुटा उद्योग वाणिज्य संघले आफ्नो कार्यकालमा कोभिड–१९ महामारी व्यवस्थापनदेखि व्यवसायीको हित संरक्षण, स्थानीय उत्पादनको बजारीकरण र लगानी प्रवद्र्धनसम्म उल्लेखनीय काम गरेको जनाएको छ। नयाँ कार्यसमिति चयनका लागि निर्वाचन नजिकिँदै गर्दा संघको वर्तमान कार्यसमितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर तीनवर्षे कार्यकालका उपलब्धि सार्वजनिक गरेको हो। धनकुटा उद्योग वाणिज्य संघले आफ्नो कार्यकालको सुरुवात विश्वव्यापी कोभिड–१९ महामारीको चुनौतीबीच भएको स्मरण गर्दै महामारी नियन्त्रण र व्यवसायीको सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको जनाएको छ। संघका अध्यक्ष विजय सन्तोष राईका अनुसार महामारीका बे
झापा : झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा मोरङको उर्लाबारी, पथरी र आसपासका क्षेत्रमा शनिबार बिहान ४ देखि दिउँसो ४ बजेसम्म १२ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ । दुहबी–दमक १३२ केभी प्रसारण लाइनको केरौनस्थित टावर नम्बर ६८ र ६९ को बीचमा ‘डेड–इन्ड टावर’ जडान, प्रसारण लाइन मर्मत तथा सबस्टेसन परीक्षण गर्नुपर्ने भएका कारण विद्युत् सेवा कटौती गर्न लागिएको हो ।सबस्टेसन सञ्चालनमा आएपछि मोरङको बेलबारी, रंगेली, उर्लाबारी, पथरीलगायतका क्षेत्रमा गुणस्तरीय, भरपर्दो र नियमित विद्युत् आपूर्ति सुनिश्चित हुने आयोजना प्रमुख दर्शन राय यादवले बताए ।
झापा : कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका तथा विद्यालय बाहिर रहेका १२५ जना बालबालिकालाई लक्षित गर्दै वैकल्पिक कक्षा सञ्चालन गर्ने भएको छ। २०६३ असोज २ गतेपछि जन्मिएका र आधारभूत तह कक्षा ८ उत्तीर्ण गर्न नसकेका बालबालिकालाई अनिवार्य आधारभूत शिक्षा पूरा गराउने उद्देश्यले वैकल्पिक कक्षा सञ्चालन गर्न लागिएको हो। अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ को व्यवस्था कार्यान्वयन गर्दै नगरपालिकाले दोस्रो पटक सूचना प्रकाशित गरी पढ्न छुटेका बालबालिकालाई पढ्न आउन अनुरोध गरेको छ।वडा नम्बर ६ मा २९, वडा नम्बर ४ मा १९, वडा नम्बर २ मा १७, वडा नम्बर ५ मा १७, वडा नम्बर ३ मा १६, वडा नम्बर ९ मा १४,
मोरङ : मोरङको उर्लाबारीमा इन्भर्टर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा एक जना इलेक्ट्रिसियन गम्भीर घाइते भएका छन्। बिहीबार राति करिब ८स्३० बजे उर्लाबारी नगरपालिका–३, नमुना मार्गस्थित कृष्णप्रसाद खतिवडाको घरमा बिग्रिएको इन्भर्टर मर्मत गर्ने क्रममा उर्लाबारी–१ निवासी २९ वर्षीय खेमराज आचार्यलाई करेन्ट लागेको प्रहरीले जनाएको छ। करेन्ट लागेपछि बेहोस भएका आचार्यलाई तत्काल उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर, मंगलबारे लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि राति ९स्२० बजे विराटनगरस्थित नर्सिङ होममा रिफर गरिएको प्रहरीले जनाएको छ। चिकित्सकका अनुसार उनको अवस्
इलाम : इलाम सदरमुकामसहित उत्तरी इलाममा करिब एक सातादेखि खाना पकाउने एलपी ग्यासको चरम अभाव भएपछि उपभोक्ताको जनजीवन प्रभावित बनेको छ। ग्यास नपाउँदा विशेषगरी सदरमुकाममा कोठा भाडामा लिएर अध्ययन गरिरहेका विद्यार्थी तथा सर्वसाधारण दैनिक जीवन सञ्चालन गर्न कठिनाइमा परेका छन्। उपभोक्ताका अनुसार मेची राजमार्गअन्तर्गत माइखोला–राजदुवाली सडकखण्ड अवरुद्ध भएपछि करिब एक महिनादेखि इलाममा ग्यासको आपूर्ति प्रभावित हुँदै आएको छ। वैकल्पिक सडकमार्फत साना सवारीसाधनबाट सीमित परिमाणमा ग्यास ल्याइए पनि पछिल्लो एक सातादेखि भने आपूर्ति पूर्ण रूपमा ठप्प भएको ग्यास व्यवसायीहरूको भनाइ छ। सदरमुकाममा बस्दै अध्ययन
मोरङ : मोरङको कानेपोखरी गाउँपालिकामा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ। बिहीबार दिउँसो करिब ४ बजे कानेपोखरी गाउँपालिका–४ स्थित भलुवा खोलामा साथीहरूसँग पौडी खेल्न गएका स्थानीय बिमल दनुवारका ८ वर्षीय छोरा जीव दनुवार बेपत्ता भएका थिए। साँझ करिब ८ बजेसम्म घर नफर्किएपछि परिवारका सदस्यहरूले खोजी सुरु गरेका थिए। त्यसक्रममा बालकसँगै पौडी खेल्न गएका साथीहरूले उनी खोलाको दहमा डुबेको जानकारी दिएका थिए। त्यसपछि उनका हजुरबुवा शुक्रबहादुर दनुवारले खोजी गर्दा सोही दहबाट बालकलाई बाहिर निकाले पनि घटनास्थलमै उनको मृत्यु भइसकेको थियो।घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी च
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा-३ कप्तानगञ्जमा भएको गोलीकाण्डको विषयलाई लिएर नेपाली कांग्रेस सुनसरीले प्रशासन मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय सुनसरीमार्फत् प्रधानमन्त्रीलाई बुझाइएको ज्ञापनपत्रमा गोलीकाण्डको निष्पक्ष छानबिन, घाइतेहरूको निःशुल्क उपचार, पीडित तथा प्रभावित नागरिकलाई क्षतिपूर्ति, गृहमन्त्रीले पीडित परिवारसँग गरेको सहमति पूर्ण रुपमा कार्यान्वयन तथा जिल्लामा शान्ति–सुरक्षा कायम गर्नुपर्नु सहितको पाँच बुँदे माग राखिएको छ । नेपाली कांग्रेस सुनसरीले राखेको मागहरू तीन दिनभित्र कार्यान्वयन गर्न सरकारलाई अल्टिमेटम द
इटहरी। रातको करिब ११ बजे। मिति थियो, २९ वैशाख २०८३। धरानको मुख्य बजार क्षेत्र भानुचोकबाट करिब ५ किलोमिटर उत्तर कोशी राजमार्गको सडक किनारमा एउटा एम्बुलेन्स बेवारिसे अवस्थामा रोकिएको थियो। रात गहिरिंदै थियो, सडक सुनसान बन्दै गएको थियो। तर, एम्बुलेन्सको अस्वाभाविक उपस्थितिले स्थानीयको ध्यान तान्यो। बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्स यसरी सुनसान सडकमा चालक र बिरामी विना छाडिएको देखेपछि स्थानीयले तत्काल इलाका प्रहरी कार्यालय धरानलाई खबर गरे। बिरामी र चालक नभएको को१च ७३५९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले प्लास्टिकमा प्याक गरिएको ४४९ किलोग्राम गाँजा फेला पार्यो। बिरामीको जीवन बचाउन प
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.