इटहरी । विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि आवश्यक शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गर्दै आएको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसले आफ्नो २३ औँ स्थापना दिवस इटहरी शाखामा विशेष कार्यक्रम आयोजना गरी मनाएको छ ।
अस्ट्रेलियामा केन्द्रीय कार्यालय रहेको संस्थाले इटहरी शाखामार्फत सन् २०१६ देखि पूर्वी नेपालका विद्यार्थीहरूलाई शैक्षिक परामर्श तथा भिसा सेवा प्रदान गर्दै आएको छ। स्थापना दिवसका अवसरमा विश्वभर रहेका संस्थाका ९० भन्दा बढी शाखा तथा कार्यालयहरू स्मार्ट बोर्डमार्फत एकै समयमा जोडिएर विशेष कार्यक्रम सम्पन्न गरेका थिए। कार्यक्रममा इटहरी शाखाका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
संस्थाका अनुसार इटहरी शाखामार्फत हालसम्म ५ सयभन्दा बढी विद्यार्थीलाई अस्ट्रेलिया, अमेरिका, बेलायत (युके) लगायतका विभिन्न देशका प्रतिष्ठित विश्वविद्यालयहरूमा अध्ययनका लागि सफलतापूर्वक पठाइएको छ। शाखा प्रबन्धक कलम तिम्सिनाले स्थापना दिवसले संस्थाका कर्मचारीहरूलाई थप उत्साहित बनाएको बताउँदै आगामी दिनमा पनि गुणस्तरीय शैक्षिक परामर्श, उत्कृष्ट सेवा तथा विद्यार्थीमैत्री वातावरणलाई निरन्तरता दिँदै शैक्षिक क्षेत्रमा अझ प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
संस्थाको २३ औँ स्थापना दिवसको अवसरमा बाल आश्रममा शैक्षिक सामग्रीहरू साथै खाद्यान्न वितरण लगाएत सामाजि कार्य समेत गर्दै आएको छ । स्थापना दिवसको अवसरमा संस्थाले आफ्नो २३ वर्षको सेवा यात्रा, हासिल गरेका उपलब्धि तथा आगामी योजनाबारे समेत जानकारी गराएको थियो।


