समाचार

    Showing २९१-३०० of १३,२५० items.
  • मिक्लाजुङमा बृहत् विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न, ७४७ जनाले पाए निःशुल्क उपचार

    इटहरी । मिक्लाजुङ गाउँपालिकाको आयोजना तथा ‘विपन्नका लागि स्वस्थ नेपाल’को सहकार्यमा मिक्लाजुङ–मधुमल्ला अस्पतालमा बृहत् विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। असोज ३ गते आयोजित शिविरमा मुटु, बालरोग, बाल शल्यचिकित्सा, नाक–कान–घाँटी तथा आन्तरिक रोगसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो। शिविरमा कुल ७ सय ४७ जनाको स्वास्थ्य परीक्षण गरिएको मधुमल्ला अस्पतालका प्रमुख डा. आशिष तामाङले जानकारी दिनुभयो। वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. अनिल भट्टराईको नेतृत्वमा सञ्चालित शिविरमा विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए। प्रा. डा. अनिल भट्टराईले मुटुरोग, सह–प्राध्यापक डा. दिनेशप्रसाद कोइराल

    • प्रकाशित मितिः असोज ५, २०८३
    • २१ पटक पढिएको
  • खोटाङ बजारमा खुलेआम बिक्री हुँदै थिए म्याद गुज्रेका सामान, ६६ पसल अनुगमन गर्दा यस्तो भेटियो

    इटहरी स् चाडपर्वलाई लक्षित गरेर खोटाङ जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारलगायतका स्थानमा नियमित अनुगमन गरिएको छ ।दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरेर दिक्तेलबजारको अल्छेढुङ्गा–रत्नपार्क, रत्नपार्क–पुरानो बेसक्याम्प, पुरानो बेसक्याम्प–त्रिवेणीचोक, त्रिवेणीचोक–हाटडाँडा र हाटडाँडा–अस्पतालचोकसम्मका ६६ वटा होलसेल तथा किराना पसल अनुगमन गरिएको हो ।संयुक्त अनुगमन टोलीले दिक्तेल बजारका होलसेल तथा किराना पसलबाट बरामद गरेका सामग्री सर्जमिन मुचुल्का गरेर नष्ट गरेको छ । म्याद नाघेका पेय पदार्थलाई खाल्डोमा हालेर र दैनिक उपभोग्य वस्तुलाई जिल्ला प्रशासन कार्यालय खोटाङ परिसरमा जम्मा पारेर आगो लगाएर

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ३६ पटक पढिएको
  • विकास कुर्दाकुर्दै रित्तियो बर्मेगाउँ

    इटहरी। कुनै समय २७ घरमा चुलो बल्ने बर्मेगाउँ अहिले १२ घरमा सीमित भइसकेको छ । यो गाउँका १५ घरमा ताला झुन्डिएका छन् । कतिपय घरका छाना मक्किएका छन् भने केही घर गाईवस्तु बाँध्ने ग्वालीमा परिवर्तन भइसके । विकास र आधारभूत सुविधाको पर्खाइमा रहेको यो बस्तीबाट पछिल्ला वर्षमा परिवारहरू बसाइँ सर्दै गएपछि बर्मे क्रमशः रित्तिँदै गएको हो ।याङवारक गाउँपालिका–२ मा पर्ने बर्मेका १२ घरमा अहिले ६३ जना नागरिक छन् । सडक, स्वास्थ्य संस्था र माथिल्लो तहको विद्यालय गाउँमै नहुँदा यहाँको दैनिक जीवन कठिन छ । गाउँमा जन्मिएका बालबालिकाले पाँच कक्षापछि पढाइलाई निरन्तरता दिनसमेत गाउँ छाड्नुपर्ने अवस्था छ । सदरमुकाम फिदिमबाट

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ४१ पटक पढिएको
  • बाँदर बढेपछि बेसार र अम्रिसो

    इटहरी। सुनसरीको विष्णुपादुका क्षेत्रमा बाँदरको आतङ्क बढेपछि किसानले मकै र दाल खेती गर्न छाड्दै गएका छन् । डेढ दशकदेखि बाँदरले बाली खाएर र नष्ट गरेर हैरान बनाएपछि किसानले परम्परागत लगाउँदै आएको बाली घटाउँदै बेसार, अम्रिसो र केरालगायतका खेती लगाउन थालेका छन् । विष्णुपादुका क्षेत्र र वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ र २ क्षेत्रमा बाँदरको समस्याले परम्परागत खेती विस्थापित हुँदै गएको छ । कुनै समय मकै, दाल, धान र कोदो उत्पादन हुने खेतबारीमा अहिले वैकल्पिक बाली लगाउने क्रम बढ्दै गएको छ । बाँदरबाट बाली जोगाउन नसक्दा खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको वराहक्षेत्र–१, सूर्यकुण्डका अगुवा

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ३६ पटक पढिएको
  • पाँचथर कांग्रेसका ६० वटै वडामा नेतृत्व सर्वसम्मत

    इटहरी। नेपाली कांग्रेस पाँचथरले जिल्लाका ६० वटै वडामा नयाँ नेतृत्व चयन गरेको छ । अधिवेशनका क्रममा देखिएका नेतृत्वका आकांक्षालाई छलफल र सहमतिमार्फत टुङ्ग्याउँदै सबै वडामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गरिएको हो ।जिल्लाका एक नगरपालिका र सात गाउँपालिकाका ६० वडामध्ये ४१ वडामा शनिबार र बाँकी १९ वडामा आइतबार अधिवेशन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत उत्तम पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै पनि वडामा निर्वाचन गर्नुपर्ने अवस्था नआईकन अधिवेशन सम्पन्न भएको हो । जिल्ला सभापति रूपनारायण जबेगूका अनुसार कतिपय वडामा नेतृत्वका लागि धेरै आकांक्षी देखिए पनि आपसी छलफल र सहम

    • प्रकाशित मितिः असोज ५, २०८३
    • १०१ पटक पढिएको
  • मूर्ति निर्माणमा सक्रिय प्रतीक

    इटहरी। मोरङको उर्लाबारीका प्रतीक मञ्जुल बराइलीको हातले कलमसँगै छिनो र घन उत्तिकै चलाउन सक्छ । निर्जीव ढुङ्गामा छिनो र घनको सहायताले आकृति निकाल्नु र त्यसमा सौन्दर्य भर्नु उहाँको दैनिकी बनेको छ । १० वर्षको नहुँदै प्रतीकले छिनो र घन समाउन सिक्नुभयो । बुवा मञ्जुल र आमा कौशिला दुवै मूर्तिकार भएकाले बाल्यकालदेखि नै उहाँलाई मूर्तिप्रति मोह लागेको हो । कसैको घरमा पाहुना जाँदा होस् वा कतै घुम्न निस्कँदा, प्रतीक प्रायः बुवाआमासँगै हुनुहुन्थ्यो । जहाँ पुगे पनि उनीहरूको कुराकानीको मुख्य विषय मूर्तिकला नै हुन्थ्यो । ढुङ्गा खोपेर कसरी आकर्षक आकृति निकाल्ने भन्ने उहाँलाई सानैदेखि चासोको विषय लाग्थ्यो ।

    • प्रकाशित मितिः असोज ५, २०८३
    • २७ पटक पढिएको
  • सार्वजनिक शिक्षा सुधार्न विद्यालय अनुगमन तीव्र

    इटहरी। ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले सार्वजनिक शिक्षा सुधारका लागि विद्यालयको पठनपाठन र विद्यार्थीको सिकाइ अवस्थाको अनुगमनलाई तीव्र बनाएको छ । गाउँ शिक्षा समितिका अध्यक्षसमेत रहनुभएका गाउँपालिका अध्यक्ष राजन लिम्बू ९मुक्ति० आफैँ विद्यालयका कक्षाकोठामा पुगेर अनुगमनमा सक्रिय हुनुभएको हो ।गाउँपालिकाका ४० वटै विद्यालयमा सञ्चालन भइरहेको अनुगमनमा शैक्षिक सामग्रीको प्रयोग, शिक्षक तथा विद्यार्थीको नियमित उपस्थिति, बालमैत्री कक्षा सञ्चालन, शिक्षक डायरी र लग बुकको प्रयोग, गृहकार्य परीक्षण तथा विद्यार्थीको सिकाइ स्तरलगायतका विषयलाई प्राथमिकतामा राखिएको छ । शिक्षा समितिको भदौ २२ गते बसेको बैठकले सबै

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ६२ पटक पढिएको
  • जुम्लाको स्याउ ताप्लेजुङ ल्याएर बिक्री

    इटहरी। स्याउ उत्पादन हुने क्षेत्रका रुपमा प्रख्यात जुम्ला जिल्लाबाट स्याउ ताप्लेजुङ ल्याएर बिक्री गरिएको छ । जुम्लाको सिँजामा उत्पादन भएको स्याउ व्यवसायीले ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा ल्याएर बिक्री गरेका हुन् ।जुम्लाको अर्गानिक स्याउ पहिलोपटक ताप्लेजुङमा ल्याएर बिक्री गरिएको व्यवसायीले बताएका छन् । जुम्लाकै व्यवसायी हिक्मत आचार्य र तीर्थराज हमालले स्याउ ल्याएर बिक्री गर्नुभएको हो । गाडीमा स्याउ लोड गरेर हिँडेको छ दिनपछि ताप्लेजुङ आइपुगेको व्यवसायी आचार्यले बताउनुभयो ।जुम्लाको स्याउ लिएर आइतबार आइपुगेको र सोही दिन करिब दुई हजार ४०० किलोग्राम स्याउ बिक्री गरिएको व्यवसायी आचार्यले जानकारी

    • प्रकाशित मितिः असोज ५, २०८३
    • ३० पटक पढिएको
  • इलामको अन्तुमा आतिथ्य सत्कार सम्बन्धी चारदिने तालिम सुरु

    इटहरी । इलामको सूर्योदय नगरपालिका–४, अन्तुस्थित टाइम लेस होटलमा आतिथ्य सत्कारसम्बन्धी चारदिने तालिम सुरु भएको छ। दिगो पर्यटन परियोजना र नेपाल पर्यटन बोर्डको आयोजनामा तथा होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेशको संयोजन र श्रीअन्तु पर्यटन व्यवसायी संघ इलामको व्यवस्थापनमा तालिम सञ्चालन भइरहेको हो। असोज ४ गतेदेखि सुरु भएको तालिम असोज ७ गतेसम्म सञ्चालन हुनेछ। होटल तथा पर्यटन व्यवसायी महासंघ कोशी प्रदेशका अध्यक्ष मणिन्द्रबहादुर कट्वालको अध्यक्षता तथा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री खिनु लङ्वा लिम्बूको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको हो। कार्यक्रममा स्वागत मन्तव्य जिल्ला होटल

    • प्रकाशित मितिः असोज ४, २०८३
    • १०१ पटक पढिएको
  • कानेपोखरीमा ‘जिल्लास्तरीय प्रथम वडा अध्यक्ष कप’ तेक्वान्दो आयोजना हुने

    इटहरी । मोरङको कानेपोखरीमा आगामी कात्तिक १३ र १४ गते ‘जिल्लास्तरीय प्रथम वडा अध्यक्ष कप’ तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ। मोरङ सीएचआईटीएफ तेक्वान्दो संघले शनिबार कानेपोखरीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे औपचारिक जानकारी दिएको हो। कानेपोखरी गाउँपालिका–६ स्थित जनसेवा माध्यमिक विद्यालयको खेलमैदानमा आयोजना हुने प्रतियोगितामा कोशी प्रदेशका तीन जिल्लाका खेलाडीहरूको सहभागिता रहनेछ। संघका अध्यक्ष विधानन्द चौधरीका अनुसार स्वास्थ्य, अनुशासन र आत्मरक्षाका लागि खेलकुदको विकास गर्दै स्थानीयस्तरबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। दुईदिने प्रत

    • प्रकाशित मितिः असोज ४, २०८३
    • ११३ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]