समाचार

    Showing १११-१२० of १३,२४३ items.
  • युवामा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधि बनेका पत्रकार विश्वराजले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

    इटहरी स् नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुर क्षेत्र नम्बर १ बाट युवा नेता तथा पत्रकार विश्वराज तामाङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।३५ वर्षमुनिका युवातर्फ सर्वाधिक मत प्राप्त गर्दै तामाङ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् । विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका तामाङ अहिले पत्रकारिता तथा सञ्चार उद्यममा समेत सक्रिय छन् । नेपाल विद्यार्थी संघबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका तामाङ पछिल्लो समय सञ्चार उद्यमीका रूपमा परिचित छन् ।तामाङ नेपाल पत्रकार महासंघ उदयपुरका उपाध्यक्ष, प्रेस युनियन उदयपुरका अध्यक्ष तथा आदिवासी जनजाति पत्रकार महासंघका केन्द्र

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ३७ पटक पढिएको
  • सनपाटको डाँठ सन्ठीले समेत पाउन थाल्यो मूल्य

    इटहरी। सनपाटको रेसा निकालिसकेपछि भित्रको डाँठ ९सन्ठी० ले समेत राम्रो मूल्य पाउन थालेको छ । मूल्य पाउन थालेपछि किसानले आफैँ मोरङका गाउँ–गाउँमा पुर्‍याएर सनपाटको सन्ठी बेच्न थालेका छन् ।मोरङको रङ्गेली–८, दरबेशाका श्याम पासवानले १० कट्ठामा सनपाट लगाउनुभएको थियो । सनपाटको मूल्य कुरेर बसिरहनुभएका पासवानले सन्ठी प्रतिभारी १५० रुपियाँमा बिक्री गरिरहनुभएको छ । सिटी सफारीमा सन्ठीको भारी राखेर बिक्री गर्न गाउँ–गाउँ डुलिरहनुभएका पासवानले भन्नुभयो, असोज दोस्रो सातायता उहाँ दक्षिणी मोरङका वनको पहुँच नभएका गाउँमा डुली–डुली सन्ठी बिक्री गरिरहनुभएको छ । वनको पहुँच नभएका तराईका गाउँमा सन्ठी गोइँठा बनाउन प्रयोग

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ४७ पटक पढिएको
  • कोशी प्रदेश योजना आयोगका नवनियुक्त दुई सदस्यले लिए शपथ

    इटहरी। कोशी प्रदेश योजना आयोगका नवनियुक्त सदस्य तोयानाथ खतिवडा ‘रुपेश’ र हरिकुमारी राईले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित समारोहमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उहाँहरूलाई शपथ ग्रहण गराउनुभएको हो । यसअघि बिहीबार अपराह्न बसेको कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले विराटनगर–३ निवासी खतिवडा र खोटाङकी राईलाई प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो ।यसअघिको सत्ता गठबन्धनका तर्फबाट नियुक्त नेपाली कांग्रेसनिकट दुई सदस्यले राजीनामा दिएपछि रिक्त रहेको पदमा उहाँहरू नियुक्त हुनुभएको हो । मन्त्रिपरिषद् बैठकले आयोगका सदस्य नियु

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ३९ पटक पढिएको
  • कोशीका १४ जिल्लाका १२ लाखभन्दा बढी गाईभैंसीलाई खोरेतविरुद्धको खोप

    इटहरी। कोशी प्रदेश सरकारले पशुजन्य उत्पादनको गुणस्तर सुधार, पशु स्वास्थ्य सुरक्षा र निर्यात प्रवर्धन गर्ने उद्देश्यले प्रदेशभरका १२ लाखभन्दा बढी गाईभैंसीलाई खोरेतविरुद्धको खोप लगाउने अभियान शुक्रबारदेखि सुरु गर्दैछ। असोज १६ गतेदेखि प्रदेशका सबै १४ जिल्लामा एकैसाथ खोप अभियान सञ्चालन हुने भएको छ।कोशी प्रदेश पशुपन्छी तथा मत्स्य निर्देशनालयका निर्देशक डा। सुशील अधिकारीका अनुसार प्रदेशमा रहेका कुल १७ लाखभन्दा बढी गाईभैंसीमध्ये पहिलो चरणमा १२ लाख ३५ हजार गाईभैंसीलाई लक्षित गरी खोप लगाउन लागिएको हो। यस अभियानले पशुमा लाग्ने सङ्क्रामक खोरेत रोग नियन्त्रण गर्ने उद्देश्य राखेको अधिकारीले जानकारी दिनुभयो

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ३१ पटक पढिएको
  • ओखलढुङ्गाबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित

    इटहरी। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ओखलढुङ्गाबाट ३३ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन्। बिहीबार राति सम्पन्न मतगणनाबाट विभिन्न समावेशी समूहका प्रतिनिधि चयन भएसँगै जिल्लाबाट महाधिवेशनमा प्रतिनिधित्व गर्ने नेताहरूको टुङ्गो लागेको हो।महाधिवेशन प्रतिनिधिका ३३ पदका लागि ७७ जना उम्मेदवारबिच प्रतिस्पर्धा भएको थियो। मंगलबार भएको मतदानमा जिल्लाका कुल एक हजार ८५१ क्षेत्रीय प्रतिनिधिमध्ये एक हजार ७४९ जनाले मतदान गरेका थिए। खुलातर्फ १० जना प्रतिनिधि निर्वाचित भएका छन्। अजय लुईटेल, उज्जन बुढाथोकी, कमल तामाङ, कुमार लुईटेल, तेजन खनाल, नवराज केसी, नवीन राई, प्रदीपकुमार सुनुवार, रामहरि खतिव

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ४६ पटक पढिएको
  • पर्यटकको पर्खाइमा उदयपुरगढी

    इटहरी। उदयपुर जिल्लाको पुरानो सदरमुकामसमेत रहेको उदयपुरगढी गाउँपालिका–५ स्थित पुरातात्त्विक महत्त्व बोकेको ऐतिहासिक उदयपुरगढीको पुनर्निर्माण भएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा मौलिक पहिचान बोकेको यो  ऐतिहासिक स्थलकोे पुनर्निर्माण भएपछि गढीले आफ्नो वास्तविक आकार लिएको हो । उदयपुरगढी गाउँपालिकाको हालको केन्द्रदेखि करिब एक किलोमिटर उत्तरमा रहेको पुरानो गढीमा २५० वर्षभन्दा अघिको ध्वस्त भग्नावशेषलाई गाउँपालिकाले पुनर्जीवन दिएर पुनर्निर्माण गरेपछि चिटिक्क भएको यो सुन्दर गढी यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको पर्खाइमा छ । पुनर्निर्माण गरिएको यस गढीमा तत्कालीन सैनिक बङ्कर, को

    • प्रकाशित मितिः असोज १६, २०८३
    • २५ पटक पढिएको
  • मोरङ–६ कांग्रेसको अधिवेशन प्रक्रिया पुनः सुरु, एक पक्ष सहभागी भएन

    इटहरी। झडपपछि स्थगित नेपाली कांग्रेस मोरङ क्षेत्र नं। ६ को क्षेत्रीय अधिवेशन प्रक्रिया शुक्रबारदेखि पुनः सुरु भएको छ। अधिवेशन सम्पन्न गराउने जिम्मेवारी जिल्ला सहसचिव सञ्जयकुमार मण्डललाई दिएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हो।कांग्रेस केन्द्रीय कार्यालयले जिल्ला कार्यसमितिको निर्णय तथा पार्टी विधानअनुसार क्षेत्र नं। ६ को प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने जिम्मेवारी मण्डललाई दिएको हो। निर्वाचन समितिसँग समन्वय गरी प्रक्रिया अघि बढाउन निर्देशन पाएपछि मण्डलले शुक्रबार बिहानदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्नुभएको छ। निर्वाचन मोरङको बूढीगंगा गाउँपालिका–३ बाँसबारीस्थित राज

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ७१ पटक पढिएको
  • छैटौँ सिरिजङ्गा गोल्डकप मङ्सिर २३ देखि

    इटहरी। ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–४ तेल्लोकमा छैटौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप तथा सिरिजङ्गा मेला आगामी मङ्सिर २३ गतेदेखि सञ्चालन हुने भएको छ ।मङ्सिर २३ देखि २९ गतेसम्म गोल्डकप तथा मेला सञ्चालन गर्ने निर्णय आयोजक तेल्लोक स्पोर्टिङ क्लब, ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङ्गासिङ थेबे स्मृति प्रतिष्ठानलगायत सरोकारवालाको बिहीबार बसेको बैठकले गरेको क्लबका अध्यक्ष अर्जुन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार ऐतिहासिक व्यक्तित्व तेअङसी सिरिजङ्गासिङ थेबेको जन्मजयन्तीको अवसर पारेर गोल्डकप आयोजना गर्न लागिएको हो । तेल्लोक माध्यमिक विद्यालयको खेलमैदानमा सञ्चालन हुने प्र

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ५३ पटक पढिएको
  • बैङ्कबाटै हुन्डी कारोबार

    इटहरी। साथीको बुवा बिरामी परेर नोबेलमा भर्ना भएपछि सहयोगी बनेका विराटनगर–९ का सुशील साहको बैङ्क खातामा डेढ लाख रुपियाँ आयो । पैसा बिरामी भएका व्यक्तिकै छोराले अस्पतालमा बुझाउन पठाइदिन्छु भनेका थिए । साथी साथी भएपछि साहले आफ्नो खातामा आएको पैसा निकालेर अस्पतालको भुक्तानी गर्नुभयो । पैसा पठाउँछु भन्ने आफ्नै साथी भएपछि बाँकी विवरणमा ध्यान गएन । पैसा आउनुको प्रयोजनसँग मात्रै सरोकार राख्नुभएका साह, त्यतिबेला झसङ्ङ हुनुभयो, जब बैङ्क खाता कालो सूचीमा पर्‍यो । त्यसपछि बैङ्कमा बुझ्दा खाता ब्लक गरिएको जानकारी पाएको साहले बताउनुभयो । ललितपुरका एक जना सेवाग्राहीको बैङ्कबाट पैसा ट्रान्सफर गरेर ठगी गरे

    • प्रकाशित मितिः असोज १६, २०८३
    • ५५ पटक पढिएको
  • माउन्ट मकालुमा विद्यार्थीका प्रविधिमैत्री सिर्जनाको प्रदर्शनी सम्पन्न

    मोरङ । सुन्दरहरैंचा–३, गछियास्थित माउन्ट मकालु आवासीय माध्यमिक विद्यालयमा विद्यार्थीहरूले निर्माण गरेका विभिन्न प्रविधिमैत्री "प्रविधि-आधारित सिर्जना” प्रदर्शनी सम्पन्न भएको छ ।“विद्यार्थीको सोच, प्रविधिको शक्ति र भविष्यको निर्माण" भन्ने मुल नाराका साथ विद्यालयमा आयोजित प्रदर्शनीमा विज्ञान, प्रविधि, इन्जिनियरिङ तथा आर्टिफिसियल इन्टेलिजेन्स (AI) लगायतका क्षेत्रमा आधारित विभिन्न प्रस्तुत थियो ।  टिम Krantikari पनि सहभागी रहेको थियो। उक्त टिमले Waiter Robot, PAAS (Personal Assistant Alert System), CubeSat, Solaris Nova, Krishi Bazaar App, Rakta Bridge र Tele-Medical लगायतका  प्रस्तुत गर

    • प्रकाशित मितिः असोज १५, २०८३
    • ५६० पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]