समाचार

    Showing १,१४१-१,१५० of १२,३४६ items.
  • फाइभ/इलेभन गोर्खा राइफल्स(बोग्रा) भारतीय संघको ७८ औँ स्थापना दिवस इटहरीमा मनाइयो

    इटहरी | भारतीय सेनाको गौरवशाली इतिहास बोकेको फाइभ/इलेभन गोर्खा राइफल्स(बोग्रा) भारतीय संघ सुनसरी जिल्ला कार्यसमितिले ७८ औँ स्थापना दिवस मनाएको छ।इटहरीस्थित नेवा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा दुई सयभन्दा बढी सेवा निवृत्त पूर्व भारतीय सैनिकहरूको सहभागिता रहेको थियो।कार्यक्रमको अध्यक्षता फाइभ–इलेभन गोर्खा राइफल्स (बोग्रा) भारतीय भूतपूर्व संघ सुनसरी जिल्ला कार्यसमितिका अध्यक्ष कयाप्टेन संजीव राईले गर्नुभएको थियो भने प्रमुख अतिथि भारतीय भूतपूर्वका नायक आर्मि नम्बर ९४०४७४० विष्णुकुमार गुरुङ रहनुभएको थियो।कार्यक्रमको उद्देश्य भारतीय सेनामा विभिन्न स्थानमा सेवा गरी हाल सेवा निवृत्त जीवन बिताइरहे

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १५० पटक पढिएको
  • इटहरीमा ‘वाईल्ड मङकी बिन क्याफे एण्ड रेष्ट्रो’ सञ्चालनमा

    इटहरी । इटहरीमा नयाँ क्याफे एण्ड रेष्ट्रो सञ्चालनमा आएको छ । इटहरी–६, धरान लाइनस्थित नेपाल बैंक लिमिटेड नजिकै वाईल्ड मङकी बिन क्याफे एण्ड रेष्ट्रो शुक्रबार देखि औपचारिक रूपमा सञ्चालनमा आएको हो । क्याफे एण्ड रेष्ट्रोको उद्घाटन इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेल र इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले संयुक्त रूपमा गर्नुभयो। कफीका पारखी, फास्टफुड तथा पेय पदार्थका ग्राहकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको रेष्ट्रोमा छिटो, छरितो र गुणस्तरीय सेवा उपलब्ध गराइने सञ्चालक जीवन अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार कफीको ब्राण्डिङ सँगै १० देखि १५ मिनेटभित्र खानेकुरा उ

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • २२१ पटक पढिएको
  • धरानमा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङको प्रिमियर लिग प्रतियोगीता सुरु

    इटहरी । धरान उपमहानगरपालिकामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङको प्रिमियर लिग प्रतियोगीता सुरु भएको छ ।प्रतियोगिताको शुक्रबार धरान–४ छोटी मोरङस्थित प्याराग्लाइडिङ उडान स्थलमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्नुभयो । कोशी प्रदेश पर्यटनको ठूलो सम्भावना रहेकाले कोशि प्रदेशको पहिलो परिचय पर्यटन विद्या बन्न र राष्ट्रिय आय आर्जन बन्न सक्ने मुख्यमन्त्री कार्कीले बताउनुभयो । प्रतियोगिताले साहसिक खेल मार्फत पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने सङ्घले जनाएको छ । नेपालमा प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ खेलको इतिहास चार दशकभन्दा पुरानो भएपनि व्यवस्थित लिग प्रणाली भने पहिलो पटक सुरु ग

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • २१२ पटक पढिएको
  • वडामै घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीय सेवाग्राही खुसी

    इटहरी । इलाम जिल्लाको पश्चिमी क्षेत्रमा रहेको फाकफोकथुम गाउँपालिकाले वडामै घुम्ती शिविर सञ्चालन गरेपछि स्थानीय सेवाग्राही खुसी भएका छन् । भौगोलिक रुपमा दुुर्गम क्षेत्र रहेको गाउँपालिकामा गाउँपालिका केन्द्रसम्म सेवा लिन आउन समस्या भएपछि पालिकाले वडा–वडामै घुम्ती शिविर सम्पन्न गरेको हो ।  गाउँपालिकाले आफ्ना सातवटै वडामा पालिका अन्तर्गतका स्वास्थ्य, कृषि, पशुुपन्छी, पन्जीकरण लगायतका शाखाका सबै सुविधा प्रदान गरेको छ । वडा तहमै स्वास्थ्य सुविधा आउँदा सामान्य जाँच गर्न र औषधी लिन देउमाई नगरपालिकाको मंगलबारेसम्म जानुपर्ने झन्झट टरेको वडा नम्बर–६ का सेवाग्राही निलकण्ठ अधिकारीले बताउनुुभयो । यस्तै

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • १५६ पटक पढिएको
  • प्रदूषणको चपेटामा सुनसरी–मोरङ औद्योगिक कोरिडोर, ५०० भन्दा बढी उद्योगद्वारा वातावरणीय मापदण्ड उल्लंघन

    इटहरी  । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका ५५० भन्दा बढी उद्योगमध्ये अधिकांशले वातावरणीय मापदण्ड उल्लंघन गर्दा कोरिडोर क्षेत्रमा वायु प्रदूषण अत्यधिक बढेको पाइएको छ । विराटनगरदेखि इटहरी र विराटनगरदेखि रंगेलीसम्मको सडकखण्डमा यात्रा गर्दा कतिपय ठाउँमा यात्रुले नाक थुन्नुपर्ने र सास फेर्नै गाह्रो हुने अवस्था सिर्जना भएको छ । उद्योगहरूबाट विना कुनै प्रशोधन उत्सर्जन भइरहेको दूषित धुवाँ र ढलका कारण स्थानीय बासिन्दा मात्र होइन, उद्योगमै कार्यरत कर्मचारी र मजदुरहरूको स्वास्थ्यमासमेत गम्भीर असर परिरहेको छ । वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ ले हरेक उद्योगले अनिवार्य रूपमा

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • १४१ पटक पढिएको
  • झापाको हल्दिवारीमा बेपत्ता भएका ८० वर्षीय वृद्ध मृत फेला

    इटहरी । झापाको हल्दिवारीमा विहीबारदेखि हराइरहनु भएका ८० बर्षीय बृद्ध मृत अवस्थामा भेटिनुभएको छ । पाँचथरको कुम्मायक गाउँपालिका घर भएका ८० वर्षीय मानभक्त लावती हल्दिबारी गाउँपालिका–१ स्थित पैनीमा मृत अवस्थामा भेटिनुभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उहाँ छोरीको घरमा बस्दै आउनु भएको थियो ।शुक्रबार दिउँसो ४ बजेदेखि हराइरहनु भएको उहाँको खोजी भइरहेको थियो । शुक्रबार बिहान करिब ६ बजे स्थानीय कुमारी शाहशंकर घाँस काट्न जाने क्रममा हल्दिवारी–१ को पैनीमा लावतीलाई मृत अवस्थामा देख्नुभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता दिपककुमार खड्काले बताउनुभयो ।

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • १३५ पटक पढिएको
  • इलाममा भूमिहीन सुकुमवासीलाई जग्गाधनी प्रमाणपत्र वितरण

    इटहरी । भूमि समस्या समाधान आयोग जिल्ला समिति इलाममार्फत भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन कार्यअन्तर्गत ३७८ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण गरिएको छ ।जिल्ला समितिका संयोजक प्रकाश अधिकारीका अनुसार सबै कानुनी प्रक्रिया पूरा गरी हालसम्म ४४५ परिवारले उपभोग गरेको जग्गा दर्ता गर्ने निर्णय भएको छ । परिवारलाई ५९३ कित्ताको जग्गा धनी प्रमाणपत्र वितरण गरिएको हो । प्रमाणपत्र वितरण तथा दर्ताबाट रु एक करोड ८६ लाख ३१ हजार ४९५ राजस्व सङ्कलन भएको आयोगले जनाएको छ ।यसैगरी, ७३८ परिवारको नापजाँच, राजस्व निर्धारण तथा जग्गा दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको अधिकारीले बताए ।पाल

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • १२२ पटक पढिएको
  • मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगरमा निर्माण भएको ‘प्रकृति पार्क’ पर्यटकको रोजाइ

    इटहरी । मानव–हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा निर्माण भएको ‘प्रकृति पार्क’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य बन्न थालेको छ । चार दशकदेखि जङ्गली हात्तीको आक्रमण खेपिरहेको बाहुनडाँगी क्षेत्रमा पर्यटकीय क्षेत्रको विकास गर्ने उद्देश्यले वडाध्यक्ष एवं संरक्षण अभियन्ता अर्जुन कार्कीको पहलमा तीन वर्ष अघि रु ४२ लाखको लगानीमा उक्त पार्क स्थापना भएको हो । मेची नदीको किनारमा रहेको एक बिघा क्षेत्रमा फैलिएको पार्कमा हात्ती र चराहरूको प्रतिमा राखिएका छन् भने फूलको बगैँचा, बाइस जलधारा, चौतारो र रुखहरूले हरियाली बनाइएको छ । मुख्य पार्कबाट दक्षिणतिर रहेको करिब चार बिघा खोला बगर

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • १२० पटक पढिएको
  • इटहरीमा ब्राउनसुगरसहित एक जना पक्राउ

    इटहरी । इटहरी उपमहानगरपालिका–१९ ब्रहमपुरबाट प्रहरीले लागूऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ ।लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरी र सामुदायिक प्रहरी बिट गैसारबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा सोही ठाउँ बस्ने ३८ वर्षीय चक्रबहादुर जिमीलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार जिमीको साथबाट ब्राउनसुगर २४।४४ ग्राम पदार्थ बरामद गरिएको छ । साथै उनले प्रयोग गर्दै आएको को ३९ प ३१२३ नम्बरको रोयल इन्फिल्ड मोटरसाइकल, नगद १९ हजार ९८० रुपैयाँ र एक थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ ।पक्राउ परेका जिमीलाई बरामद सामग्रीसहित इलाका प्रहरी कार्या

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • १८३ पटक पढिएको
  • खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी हन्टिङ’ महोत्सव आयोजना हुने

    इटहरी।  खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी हन्टिङ’ महोत्सव आयोजना हुने भएको छ । लोपोन्मुख अवस्थामा पुगेका भीर मौरीलाई संरक्षण गर्दै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयसँगको समन्वयमा गाउँपालिकाले जेठ ८ गते फेदीमा महोत्सव आयोजना गर्न लागेको हो । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’सँग जोडिएको फेदीमा आयोजना हुने महोत्सवले भीर मौरीलाई संरक्षण तथा पर्यटन प्रवर्धनमा ठुलो सहयोग पुग्ने अपेक्षा गरिएको गाउँपालिका प्रमुख समीर राईले बताउनुभयो । जिल्लाको उत्तरी क्षेत्रका पर्ने उक्त केप

    • प्रकाशित मितिः वैशाख २५, २०८३
    • ९६ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]