समाचार

    Showing १,१३१-१,१४० of १२,३४६ items.
  • “रक्त सञ्चार सेवा तत्काल सुरु गरिन्छ, अस्पतालको ढिलासुस्ती अन्त्य गरेर नागरिकलाई उच्चस्तरीय सेवा दिन पहल गर्छौँ” : मन्त्री पराजुली

    धनकुटा । जिल्ला अस्पताल धनकुटाको ११२औँ वार्षिक उत्सव तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नीरेन तामाङको अध्यक्षता तथा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा विभिन्न स्थानीय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका उपप्रमुख, स्थानीय बुद्धिजीवी, समाजसेवी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएकाले दुर्गम तथा पहाडी क्षेत्रका नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • ११६ पटक पढिएको
  • गौरादहको स्कुलचौनमा बस र टिपर ठोक्किँदा १० जना घाइते, एकको अवस्था गम्भीर

    इटहरी। गौरादह नगरपालिका(५ स्थित स्कुलचौन बजारमा आज यात्रुबाहक बस र ढुङ्गागिट्टी बोक्ने टिपर एकापसमा ठोक्किँदा १० जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान दमकबाट चप्रामारीतर्फ जाँदै गरेको मे१ख २४९९ नम्बरको बस र मधुमल्लाबाट दामुनातर्फ आउँदै गरेको प्र(न(२(०३(००१ ख ७१५३ नम्बरको टिपर भित्री सडकखण्डमा एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।दुर्घटनामा बस चालक कृष्णप्रसाद राजवंशीसहित योगमाया निरौला, कल्पनाप्रसाद उराउ, शारदादेवी पौडेल, सलिना खत्री र उहाँकी छ वर्षीया छोरी संरचना खत्री, सरोज राम, कल्पना सिक्देल, सृजना पराजुली र किस्मत खड्का घाइते भएका

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • २०३ पटक पढिएको
  • खोटाङमा पुल नहुँदा वर्षायाममा विद्यार्थी सधैँ अलपत्र

    इटहरी । बर्खा सुरु भएसँगै खोटाङको ऐसेलुखर्क गाउँपालिका–४, जलेश्वरी देम्लिटारका बालबालिकाले सास्ती भोग्नुपर्ने अवस्था दोहोरिने गरेको छ । विद्यालय जाँदा–आउँदा खोला तर्न नसकेर उनीहरू कहिले बाटोमै अलपत्र पर्छन् भने कहिले विद्यालय नै जानबाट वञ्चित हुने गरेका छन् । देम्लिटारका बालबालिका सिम्ले माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका छन् । विद्यालय आवतजावत गर्ने बाटोमा पर्ने सिम्ले खोलामा बाढी आएपछि विद्यार्थी पटक–पटक समस्यामा पर्ने गरेका छन् ।यस वर्ष पनि मनसुन सुरु हुनुअघि नै लगातारको वर्षाले वैशाखमै सिम्ले खोलामा बाढी आएपछि विद्यार्थी अलपत्र परेको स्थानीय प्रकाश घिमिरेले बताउनुभयो । उहाँका अनुसार वैश

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १७१ पटक पढिएको
  • उत्कृष्ट १० विद्यार्थीलाई वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति

    इटहरी ।  पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आफूले अध्ययन गरेका विद्यालयमा आफ्ना आमाबुवाको नाममा स्थापित ‘वेदनिधि–धनकुमारी कोइराला छात्रवृत्ति कोष’ अन्तर्गत तीन विद्यालयका उत्कृष्ट १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको छ । भोजपुर नगरपालिका–८ स्थित सरस्वती आधारभूत विद्यालय, भोजपुर नगरपालिका–७ स्थित भोजपुर बहुमुखी क्याम्पस र विद्योदय माध्यमिक विद्यालयका उत्कृष्ट १० जना विद्यार्थीलाई जनही १५ हजार रुपियाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको हो । भोजपुर बहुमुखी क्याम्पसबाट उत्कृष्ट विद्यार्थी रविना बुढाथोकी, युना म्हेन्दो तामाङ, खुसी बयलकोटी र स्नेह राईलाई छात्रवृत्ति प्रदान गरिएको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १७४ पटक पढिएको
  • झापामा रक्तदातामै एचआईभी संक्रमण फेला

    इटहरी । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआईभी संक्रमण (रिएक्टिभ) फेला परेको छ । सुरक्षित रगत आपूर्तिका लागि सोसाइटीले झापाको भद्रपुर, बिर्तामोड र दमकमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । सङ्कलित रगत बिरामीलाई चढाउनुअघि एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र सिफिलिसजस्ता सरुवा रोगहरूको अनिवार्य प्रयोगशाला परीक्षण गर्ने क्रममा यी तथ्य बाहिर आएका हुन् । रगत परीक्षणका क्रममा आर्थिक वर्ष २०७८र७९ मा एक जना, आव २०७९र८० मा दुई जना, आव २०८०र८१ मा छ जना, आव २०८१र८२ मा १४ जना

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १८० पटक पढिएको
  • कोशीमा एक करोड ८३ लाख क्युबिक फिट काठ उत्पादन, ११ करोड राजस्व संकलन

    इटहरी ।  कोशी प्रदेशमा वन व्यवस्थापन र काठ उत्पादनबाट यस वर्ष उल्लेख्य आम्दानी भएको छ । प्रदेशका विभिन्न वन क्षेत्रबाट संकलित काठ, गैरकाष्ठ वन पैदावार तथा वन क्षेत्रको जग्गा विकास निर्माणका लागि प्रयोग गर्न दिएबापत प्रदेश सरकारले करोडौं रुपैयाँ राजस्व संकलन गरेको हो । प्राप्त तथ्याङ्कअनुसार कोशी प्रदेशमा सरकारी व्यवस्थापनमा रहेका वन, सामुदायिक, कबुलियत, निजी तथा साझेदारी वनमार्फत कुल १ करोड ८३ लाख ९३ हजार ८५६ क्युबिक फिट काठ संकलन तथा व्यवस्थापन गरिएको छ । यसमध्ये सबैभन्दा ठूलो हिस्सा निजी तथा नम्बरी वनको रहेको छ । निजी वनबाट मात्रै १ करोड ७७ लाख ८२ हजार क्युबिक फिट काठ तथा २ हजार ५०० चट्

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • ८६ पटक पढिएको
  • ताप्लेजुङमा बसभित्रै सूचना प्रविधिसम्बन्धी कक्षा सञ्चालन

    इटहरी ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट) ले ताप्लेजुङमा बसभित्रै सूचना प्रविधिसम्बन्धी कक्षा सञ्चालन गरेको छ । नास्टले जनप्रतिनिधि, सुरक्षाकर्मी, शिक्षक लगायतलाई सहभागी गराएर बसभित्रै सूचना र सञ्चार प्रविधि (आइसिटी)सम्बन्धी कक्षा सञ्चालन गरेको हो । विकसित सूचना प्रविधिबारे जानकारी गराउन र प्रविधिसँग सम्बन्धित अपराधका विषयमा कक्षा सञ्चालन गरिएको छ । नास्टका सूचना प्रविधि (आइटी) प्रमुख प्रदीप ढोडारीले बसभित्रै आइसिटी र अपराधसम्बन्धी कक्षा चलाएको जानकारी दिनुभयो ।आइटी प्रमुख ढोडारीका अनुसार फुङ्लिङ नगरपालिकाका जनप्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी र शिक्षकलाई बसभित्र राखेर

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १५५ पटक पढिएको
  • सुन्दरहरैंचामा नेपाल मानव संसाधन सम्मेलन सुरु

    इटहरी ।  उद्योगीहरूले वर्तमान श्रम बजारको आवश्यकतालाई सम्बोधन गर्न सरकार र शैक्षिक क्षेत्रले उद्योगको माग अनुसारको पाठ्यक्रम तयार पार्नुपर्ने सुझाव दिएका छन् । मोरङको सुन्दरहरैंचामा आयोजित ‘सि।आई।एम। नेपाल मानव संसाधन सम्मेलन २०२६’ को दोस्रो संस्करणको उद्घाटन सत्रमा सहभागी उद्योगी तथा विज्ञहरूले यस्तो धारणा राखेका हुन् । उद्योग संगठन मोरङद्वारा आयोजित दुई दिने सम्मेलनको उद्घाटन गर्दै कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले आर्थिक र औद्योगिक विकासका लागि सक्षम र उत्तरदायी मानव संसाधनको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सरकार शिक्षा, सीप र उद्योगबिचको समन्वय सुदृढ गर्दै

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • १३९ पटक पढिएको
  • अटिजम र सिकाइ कठिनाइ भएकाका लागि ‘वेदा एकेडेमी’

    इटहरी ।  वेदा एकेडेमी अहिले विशेष आवश्यकता भएका बालबालिकाका लागि आशाको केन्द्र बन्दै गएको छ । इटहरी–९ मा स्थापित एकेडेमी कोशी प्रदेशमा समावेशी शिक्षाको क्षेत्रमा एउटा महत्वपूर्ण उपलब्धि बनेको हो । अटिजम, सिकाइ कठिनाइ तथा न्युरोटिपिकल (सामान्य विकासक्रम भएका) बालबालिकालाई एउटै शैक्षिक वातावरणमा समेट्ने उद्देश्यसहित स्थापना गरिएको यसै शैक्षिक सत्रबाट सञ्चालन प्रारम्भ गरिएको विद्यालयलाई प्रदेशमै पहिलो समावेशी मोडेलका रूपमा लिइएको छ । नेपाल सरकारले समावेशी शिक्षा, प्रारम्भिक बालविकास (इसिडी) तथा विशेष आवश्यकता भएका बालबालिकाको शिक्षामा जोड दिँदै नीति तथा कार्यक्रम अगाडि सारेको सन्दर्भमा वेदा

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • ११५ पटक पढिएको
  • “प्रमाणपत्र मात्रै होइन, उत्पादन र रोजगारीसँग जोडिएको शिक्षा आवश्यक छ” : सामाजिक विकास मन्त्री राम प्रसाद मेहता

    सुन्दरहरैचा / उद्योग संगठन मोरङद्वारा आयोजित ‘CIM Nepal HR Summit 2026’ उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको अध्यक्षता तथा कोशी प्रदेशका सामाजिक विकास मन्त्री रामप्रसाद मेहताको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। विराटचोकस्थित  नेपालीरिका होटलमा आयोजित  सम्मेलनमा उद्योग, शिक्षा, मानव संसाधन तथा नीति निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री मेहताले नेपालमा दक्ष जनशक्तिको अभाव अहिलेको प्रमुख चुनौती बनेको बताउनुभयो। उहाँले उद्योग क्षेत्रको आवश्यकता अनुसार सीपयुक्त जनशक्ति उत्पादन गर्न सरकार, निजी क्षेत्र र शैक्षिक संस्थाबीच

    • प्रकाशित मितिः वैशाख २६, २०८३
    • २२९ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]