धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिकामा एकनाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको छ । धनकुटा प्रहरीका अनुसार सोमबार इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीको गस्तो टोलीले साँगुरीगढी गाउँपालिका-८ हर्चुवा क्षेत्रबाट एकनाले भरुवा बन्दुक बरामद गरेको हो ।
बन्दुक कसले र कुन प्रयोजनका लागि त्यहाँ राखेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


