इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले कर घट्ने बिषयमा नेकपा एमालेका केहि नेताहरुले फण्डा गरेको आरोप लगाउनुभएको छ । नगरप्रमुख पौडेलले विहिवार आफ्नो कार्यकक्षामा पत्रकार सम्मेलन गर्दै एमालेले भित्र र बाहिर फरक कुरा गरेर फण्डा गरिरहेको भन्दै आपत्ति जनाउनु भएको छ । एउटा सहमति गर्ने र अकै कुरा फेरेर एमालेले नाटक मञ्चन गरिरहेको मेयर पौडेलको आरोप छ । बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक बिशेष कारणवश स्थगित भएसँगै मेयर पौडेलले एमाले र एमालेका जनप्रतिनिधिको कारण नगरसभा बस्न नसकेको पत्रकार सममेलनमा जानकारी गराउनु भयो । इटहरीको बिकासमा एमाले बाधक हुन थालेको आरोप लगाउँदै मेयर पौड
धरान : धरान उपमहानगरपालिकाको नगर प्रमुखको कार्यकक्षमा राखिएको नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर नगर प्रमुख हर्क साम्पाङले ‘यलम्बर’को फोटो राखेका छन् ।आज बिहीबार उनी कार्यालयमा आएपछि राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दहालको तस्बिर हटाउने पहिलो काम गरेका हुन् ।दुवै तस्बिर हटाएर उनले ‘यलम्बर’को तस्बिर टाँगेका छन् । यसअघि उनले सामाजिक सञ्जालमा राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको तस्बिर राख्ने स्ट्याटस राखेका थिए ।
इटहरी- इटहरीमा कर वृद्धिको विवाद चुलिँदै गएको छ। बुधबार दिउँसो १ बजे तोकिएको १४ औँ नगरसभा बैठक विशेष कारणवश अनिश्चितकालका लागि स्थगित भएसँगै थप विवाद चुलिएको हो।उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताद्वारा जारी सूचनामा भनिएको छ, ‘गाउँ सभा, नगर सभा सञ्चालन कार्यविधि ऐन, २०७५ को दफा ६१ को उपदफा ४ बमोजिम अर्को सूचना वा जारी नभएसम्मका लागि स्थागित गरिएको व्यहोरा आदेशानुसार अनुरोध छ।’नगरसभा बैठक स्थगित भएपछि नेकपा एमालेले आपत्ति जनाएको छ। बुधबार साँझ पत्रकार सम्मेलन गरी एमाले इटहरी नगर कमिटीले आपत्ति जनाएको हो। नगरसभाको बैठक एकतर्फी र हठात् ढंगबाट स्थगित भएकोमा गम्भीर ध्यानाकर्षण
इटहरी / इटहरी उपमहानगरपालीकाको १४ औँ नगरसभा बैठक बोलाएर बिना कारण बैठक स्थगीत गरिएको भन्दै इटहरी नगरसभामा प्रतिनीधीत्व गर्ने नेकपा एमालेका नगरसभा सदस्यले नाराबाजी सहित बिरोध गरेका छन् । बुधबार इटहरी ५ मा रहेको लायन्स क्लवको सभा हलमा दिउँसो १ बजेका लागी आह्वान गरिएको १४ औँ नगर सभा अन्तीम समयमा आएर स्थगीत गरीएको भन्दै नेकपा एमालेबाट निर्वाचीत नगर सभा सदस्यले नाराबाजी सहित बिरोध जनाएका हुन । बिगत लामो समय देखी इटहरी नगर कार्यपालीका बैठकमा विवादीत बन्दै आएको कर समायोजनको बिषय १३६ औं कार्यपालिका बैठकबाट कर समायोजन गर्ने निर्णय भए बमोजीम आजको नगरसभाले त्यसलाइ अनुमोदन गर्ने कार्यसुची रहेको थीय
पथरी शनिश्चरे / प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेद्वारा आयोजित यु-१५ फुटवल टुर्नामेन्टको उपाधि वाल्मीकि माविले उचालेको छ।आज बुधबार सम्पन्न भएको निक्कै प्रतिस्पर्धात्मक खेलमा वाल्मीकि फुटबल टीमले न्यू प्यागोडा टिमविरूद्ध ट्राईबेकरको सहारामा पराजित गर्दै सो उपाधि चुमेको हो।दुवै टिमले खेलको निर्धारित समयमा २-२ को बराबरी गोल गरेपछि खेल ट्राईबेकर तर्फ धकेलिएको थियो। ट्राईबेकर तर्फ पुनः बराबरी भएपछि 'सडेन डेथ ' मा वाल्मीकि माविले सो उपाधि उचालेको थियो।सोहि प्रतियोगितामा विजेता र उपविजेता टिमलाई नगद , ट्रफी तथा मेडल सहितले पुरस्कृत गरिएको थियो भने सर्वाधिक गोलकर्ता न्यू प्यागोडाका आदित्य राई ( ७
विराटनगर / सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आयोजना श्रम सूचना प्रणालीः श्रम संसारको शुभारम्भ गरिएको छ । विराटनगर स्थित बिग होटलमा बुधबार कोशी प्रदेशका मुख्यमन्त्रीले श्रम संसारको शुभारम्भ गर्नुभएको हो । श्रम संसार तिन वटा स्थानीय सरकारको समन्वयमा सुरु गरिएको छ । जस्मा विराटनगर इटहरी र दुहबी रहेका छ्न । तिन पालीकाको समन्वय रहेको श्रम ससारले बेरोजगार युवाहरुलाई औधोगीक क्षेत्रमा तथा उद्धमशीलताका अवसरमा जोड्छ । श्रम बजार सग सम्बन्धित सार्वजनिक तथा निजी दुबै क्षेत्रसग समन्वय गर्ने गरि काम अगाडि बढ्ने स्विस कनट्याक्ट नेपालका अध्यक्ष सञ्जय कार्कीले वताउनु भयो । श्रम संसारले स्थानीय स्
सुनसरी / आसमान नेपालले कोशी प्रदेशको इटहरी –विराटनगर औद्योगीक करिडोर निर्माण गरिसकेको छ ।सामाजिक विकास मन्त्रालय कोशी प्रदेश स्विच कनट्याक्टको सहयोगमा आसमान नेपालले कोशी प्रदेशका इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिका, विराटनगर महानगरपालिका इटहरी –विराटनगर औद्योगीक करिडोर निर्माण गरेको दुई वर्ष बितेको विराटनगर पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।परियोजनाले बेरोजगार युवाहरुलाई उद्यमशिलता विकास र शिपमुलक तालिम लिनका लागि उत्प्रेरित गर्दै समुदायमा रहेका बेरोजगार युवाहरु विशेष गरी महिला, बैदेशिक रोजगारीबाट फकिएका युवाहरुलाई श्रम बजार सम्बन्धी सुचना तथा सम्मिलत सेवा मार्फत, शिपमुलक तालिम
भोजपुर / भोजपुरको रामप्रसाद राई गाउँपालिका भित्र रहेका विद्यालयहरुलाई समेटेर सकारात्मक कार्यका लागि सहकार्य नामक संस्थाले विद्यालय स्तरीय अतिरिक्त क्रियाकलाप गर्ने भएको छ ।बिभिन्न क्रियाकलापहरुमा सक्रिय रहँदै आएको संस्थाले जिल्लाको भित्र रहेका विद्यालयहरुलाई समेटेर आगामी पौष १२ र १३ गते अतिरिक्त क्रियाकलाप संचालन गर्न लागेको छ ।कक्षा एक देखि तीनसम्ममा एकल नृत्य, कक्षा चार र पाँचमा हिसाव दौड, कक्षा छ देखि आठसम्म सफल र असल जीवनका लागि शिक्षा बिषय बक्तृत्वकला र कक्षा नौ देखि १२ सम्मका लागि भष्ट्राचार निवारण अभियानमा युवाको भूमिका बिषयमा बक्तृत्वकला प्रतियोगिता संचालन हुने संस्थाका अध्यक्ष घ
बेलबारी / बेलबारीबाट सुनसरीको ईनरुवा सरेको प्रदेश प्रहरी अस्पताल पुर्नस्थापनाका लागि बेलबारी नगरपालिकाले बेलबारीमा १ बिघा ३ कठठा नम्बरीसहित कुल २ बिघा १३ कठठा जग्गा उपलब्ध गराउने र भवन निर्माणका लागि १ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । पौष ७ गते भएको १ सय ८ औं कार्यपालिका बैठकले सो निर्णय गरेको हो । बैठकले बेलबारी १ मा अबस्थित पूर्व पश्चिम लोकमार्गबाट ४ सय ३० मिटर उत्तर प्रस्तावित बसपार्क क्षेत्रको दाताबाट पास हुन बाँकी ३ कठठा १२ धुर सहित बेलबारी नगरपालिकाको नाममा कायम रहेको एक बिगाह तीन कठठा साडे उन्नाइस घुर नम्बरी जग्गा जग्गा
सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा ९ स्थित श्रीकृष्ण प्रणामी संरक्षण सेवा समिति , श्रीकृष्ण प्रणामी मन्दिर बाल सेवा आश्रम सलकपुरको ५०औँ बार्षिक साधारणसभाबाट अध्यक्षमा कृष्णप्रसाद शर्मा निर्वाचित भएका छन् । त्यसै गरि साधारण सभाबाट उपाध्यक्षमा मातृकाप्रसाद ढकाल ,महिला उपाध्यक्ष कमला दंगाल,सचिव युबराज पौडेल, कोषाध्यक्ष हरिप्रसाद गजुरेल , सहसचिवमा श्यामप्रसाद ढकाल चयन भएका छन् । साधारण सभाले सन्चालक सदस्यमा ईश्वरीप्रसाद ढकाल , गुणराज डागी, प्रेम भट्टराई , चेतामणी ढकाल, कृष्णप्रसाद सुवेदी, विन्दा आचार्य , कमला दाहाल, बिन्दु भट्टराई आचार्य , लाई चयन गरेको छ । साथै लेखा संयोजकम
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.