सुनसरी / आसमान नेपालले कोशी प्रदेशको इटहरी –विराटनगर औद्योगीक करिडोर निर्माण गरिसकेको छ ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेश स्विच कनट्याक्टको सहयोगमा आसमान नेपालले कोशी प्रदेशका इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिका, विराटनगर महानगरपालिका इटहरी –विराटनगर औद्योगीक करिडोर निर्माण गरेको दुई वर्ष बितेको विराटनगर पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
परियोजनाले बेरोजगार युवाहरुलाई उद्यमशिलता विकास र शिपमुलक तालिम लिनका लागि उत्प्रेरित गर्दै समुदायमा रहेका बेरोजगार युवाहरु विशेष गरी महिला, बैदेशिक रोजगारीबाट फकिएका युवाहरुलाई श्रम बजार सम्बन्धी सुचना तथा सम्मिलत सेवा मार्फत, शिपमुलक तालिम गर्दै आएको स्विच कनट्याक्टका प्रतिनिधि सागर चापागाईँले वताउनु भयो ।
श्रम बजारको माग अनुसार योग्य बनाउनुका साथै रोजगारकालागि सेवा दिने संस्थाहरु मार्फत रोजगारदाताहरुसंग सम्पर्क तथा समन्वय गराई अधिकतम युवाहरुलाई रोजगारीमा पंहुच वृद्धि गराउने उदेश्यले स्टेप अप परियोजना सुरु गरेको छ । परियोजनाले गरिबी न्यूनिकरण र उत्थानशील जिवीकोपार्जनकालागि युवाहरुको आर्थिक विकासमा योगदान गर्नुका साथै रोजगार प्रणालीलाई मजबुत तुल्याउन सहयोग गर्न कुरा स्विच कनट्याक्टका प्रतिनिधि चापागाईले वताउनु भयो ।
सन् २०२१ देखि २०२४ सम्म ४ वर्षको लागि संचालन हुने यो परियोजना कार्यन्वयन गर्न आसमान नेपालले बिराटनगरमा परियोजना कार्यालय राखी परियोजना अन्तर्गतका क्रियाकलापहरु २ वर्ष देखी संचालन गर्दै आएको छ ।
परियोजनाले इटहरी विराटनगर औद्योगिक करिडोरमा रहेका तीनवटा पालिका, प्रदेश सरकार र सोहि क्षेत्रमा अवस्थित रोजगार सेवा प्रदायक, तालिम प्रदायक, औद्योगिक प्रतिष्ठान जस्ता निजि क्षेत्र सँग साझेदारी गरि परियोजना कार्यान्वयन गर्दै आएको छ । यसले श्रम बजार सूचना सेवाहरुलाई सस्थागत गर्दै दिगो बनाउने , मागको आधारमा ब्यवसायीक र उद्यमशिलता तालिम प्रबद्दन गर्ने, परिस्कृत उद्यमशिलता र व्यवसाय विकास सेवाको जानकारी प्रदान गर्ने लगायतका लक्ष्य रहेको छ ।


