सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा ९ स्थित श्रीकृष्ण प्रणामी  संरक्षण सेवा समिति , श्रीकृष्ण प्रणामी मन्दिर बाल सेवा आश्रम सलकपुरको ५०औँ बार्षिक साधारणसभाबाट अध्यक्षमा कृष्णप्रसाद  शर्मा निर्वाचित भएका छन् ।

 त्यसै गरि साधारण सभाबाट उपाध्यक्षमा मातृकाप्रसाद ढकाल ,महिला उपाध्यक्ष कमला दंगाल,सचिव युबराज पौडेल, कोषाध्यक्ष हरिप्रसाद गजुरेल , सहसचिवमा  श्यामप्रसाद ढकाल चयन भएका छन् । साधारण सभाले सन्चालक सदस्यमा ईश्वरीप्रसाद ढकाल , गुणराज डागी, प्रेम भट्टराई , चेतामणी ढकाल, कृष्णप्रसाद सुवेदी, विन्दा आचार्य , कमला दाहाल, बिन्दु भट्टराई आचार्य , लाई चयन गरेको छ । साथै लेखा संयोजकमा गोबिन्द घिमिरे , सदस्य कृष्णप्रसाद ढकाल र मन्दिरा उप्रेती चयन भए ।