इटहरी / इटहरी उपमहानगरपालीकाको १४ औँ नगरसभा बैठक बोलाएर बिना कारण बैठक स्थगीत गरिएको भन्दै इटहरी नगरसभामा प्रतिनीधीत्व गर्ने नेकपा एमालेका नगरसभा सदस्यले नाराबाजी सहित बिरोध गरेका छन् । 

बुधबार इटहरी ५ मा रहेको लायन्स क्लवको सभा हलमा दिउँसो १ बजेका लागी आह्वान गरिएको १४ औँ नगर सभा अन्तीम समयमा आएर स्थगीत गरीएको भन्दै नेकपा एमालेबाट निर्वाचीत नगर सभा सदस्यले नाराबाजी सहित बिरोध जनाएका हुन ।

IMG_20231227_152212

बिगत लामो समय देखी इटहरी नगर कार्यपालीका बैठकमा विवादीत बन्दै आएको कर समायोजनको बिषय १३६ औं कार्यपालिका बैठकबाट कर समायोजन गर्ने निर्णय भए बमोजीम आजको नगरसभाले त्यसलाइ अनुमोदन गर्ने कार्यसुची रहेको थीयो । तर नगरसभा बैठक बस्ने अन्तीम समयमा स्पष्ट कारण नखुलाइ नगरसभा बैठक स्थगीत गराएको भन्दै एमालेका जनप्रतिनिधीले आपत्ती जनाएका हुन ।

IMG_20231227_152143

कार्यपालिका सदस्य तथा इटहरी ३ का वडाध्यक्ष उमेश सुवेदीको नेतृत्वमा बनेको कर समायोजन समितिले दिएको प्रतिवेदन अनुसार करको दर समायोजन गर्ने निर्णय गरिएको थियो । नगरसभा बिना कारण स्थगित भएको इटहरी उपमहानगरपालीकाकि उपप्रमुख संगिता कुमारी चौधरीले बताउनुभयो । 

IMG_20231227_151147

१४ औँ नगरसभा बैठक बोलाएर बिना कारण बैठक स्थगीत गरिएको भन्दै इटहरी नगरसभा बैठकमा आफुहरु समयमै उपस्थित भए पनी जनताको म्यान्डेट लिएर आएका जनप्रतिनीधीलाई झुलाउने काम मात्र भएको इटहरी उपमहानगरपालीका वडा नम्बर १६ का वडा अध्यक्ष तेजनाराण चौधरीले आरोप लगाउनुभएको छ । 

Screenshot_2023_1227_200958

जनप्रतिनीधीहरुले १४ औँ नगर सभा सुचारु गर्न माग गरको छन् । माग पुरा नभएमा आइपर्न सक्ने स्थिती सम्बन्धमा इटहरी नगरप्रमुख हेमकर्ण पौडेल स्वयम् जिम्मेवार हुनुपर्ने उनिहरुको तर्क छ । आज नगरसभा बैठक बस्ने तय भएकोमा विशेष कारणबस अर्को सुचना वा आदेश नभए सम्मका लागी स्थगित गरिएको इटहरी उपमहानगरपालीका द्वारा जारी गरिएको सुचनामा उल्लेख छ।

यता नगरका प्रवक्ता वडा नं. ६ का वडाध्यक्ष दिवस पोख्रेलले भने नगरसभा स्थगित गर्ने कुरा आफूले पनि दिउँसो थाहा पाएको बताए । उनले सम्पत्ती कर समायोजन पूर्ण नभएकोले सोही विषयमा छलफल चलरहेको भएर नगरसभा लम्बिएको हुनसक्ने बताए ।

‘५ वटा वडाको मात्र सम्पत्ती कर घटाउने कुरा प्रतिवेदनमा समेटिएको छ,’ उनले भने, ‘सबै वार्डका वडाध्यक्षहरु राखेर कुरा गरौं, वडाहरुसमेतको निर्णय भएपछि सजिलो हुन्छ भन्ने कुरा नमिलेर हुन सक्छ ।’

उनले इटहरी सरकारले कामहरु गरिरहेको, तर कार्यपालिका सदस्यहरुलाई पनि राजनीतिक दलहरुको प्रेसरले गर्दा राम्रोसँग काम गर्न नदिएको बताए ।