विराटनगर / सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको आयोजना श्रम सूचना प्रणालीः श्रम संसारको शुभारम्भ गरिएको छ । 

विराटनगर स्थित बिग होटलमा बुधबार कोशी प्रदेशका मुख्यमन्त्रीले श्रम संसारको शुभारम्भ गर्नुभएको हो । श्रम संसार तिन वटा स्थानीय सरकारको समन्वयमा सुरु गरिएको छ । जस्मा विराटनगर इटहरी र दुहबी रहेका छ्न । तिन पालीकाको समन्वय रहेको श्रम ससारले बेरोजगार युवाहरुलाई औधोगीक क्षेत्रमा तथा उद्धमशीलताका अवसरमा जोड्छ । श्रम बजार सग सम्बन्धित सार्वजनिक तथा निजी दुबै क्षेत्रसग समन्वय गर्ने गरि काम अगाडि बढ्ने स्विस कनट्याक्ट नेपालका अध्यक्ष सञ्जय कार्कीले वताउनु भयो । 

श्रम संसारले स्थानीय स्तरमा रहेका रोजगारका अवसरहरुको बारेमा जानकारी गराई, सहजै रोजगारीको स्थायीत्व कायम गराउने, रोजगार तथा वृत्ती विकासका लागि निशुल्क परामर्श लिन सकिने, विभिन्न सघ संस्थामा आवद्ध भई आफ्नो व्यावसाय बिस्तार अनुभव आदान प्रदान गर्न सकिने, श्रम बजार सम्बन्धित निति नियम तथा जानकारी एककै ठाउँबाट लिन सकिने जानकारी गराइएको छ ।

 मानविय विकास पछि मात्र भौतिक विकास गर्न सकिने कुरा समेत कार्यक्रमका प्रमुख अथिति कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले जिकिर गर्नु भयो । श्रम संसारले रोजगार दिने  र लिनेलाई पनि फाइदा गरेको कुरा वताउनु भयो ।  IMG-20231227-WA0020

कार्यक्रमको अध्यक्षता सामाजिक विकास मन्त्रालय कोशी प्रदेश सचिव वासुदेव दाहालले गर्नु भएको थियो भने, कोशी प्रदेशका मुख्य मन्त्रीको प्रमुख आतिथ्यता रहेको थियो । अतिथिहरु कोशी प्रदेशसभा सदस्य सृजना राई, जय प्रकाश चौधरी, दुहवी नगरप्रमुख वेदनारायण चौधरी, विभिन्न पालिका प्रमुख तथा उपप्रमुखको आतिथ्यता रहेको थियो । यस्तै विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

https://shramsansar.koshi.gov.np/?fbclid=IwAR15rocwpqFTqk9A1I8KsxwbfY5666bhqM0NMusNPXFrQ0HdxXIxbjXjRDU वबसाइटको सुरुवात समेत गरिएको छ ।