सुनसरी / समुदाय संग सरकारी वकील कार्यालय सुनसरी कार्यक्रम अन्तर्गत कानुनि सचेतनाका बिषयमा परामर्श गराइएको छ । दुहबी नगरपालिका वडा नम्बर ८ मा सुनसरी सरकारी वकिल कार्यालयले समुदाय संग सरकारी वकील कार्यक्रम अन्तर्गत समुदायमा सचेतना सहित समुदायमा कानुनी जिज्ञासा समाधान गर्ने उद्देश्यले कानुनि सचेतनाका बिषयमा परामर्श कार्यक्रम गरिएको छ । दुहबी वडा नम्बर ८ का अभिभाक, विद्यार्थी लगाएतलाई हिंसा, अपराध, शाेसणा तथा लागुपर्दाथ प्रयोगकर्ताले भोग्नु पर्ने कानुनि प्रकृया का विषयमा जानकारी गराईएको थियो । सरकारी वकिलले काम कसरी गर्छ
इटहरी / नेकपा एमालेले इटहरीको ९ औं नगर अधिवेशन २०८१ असार ७, ८ र ९ गते इटहरीमा हुने भएको छ ।२०८१ असार २, ३ र ४ गते इटहरीमा हुने भनिएको नगर अधिवेशन तयारी पुरा नभएकोले असार ७, ८ र ९ गते लाइ सारिएकोइटहरी नगरकमिटि कार्यबाहक अध्यक्ष रूपेस बस्नेतले बताउनुभयो । बस्नेतका अनुसार जेठ ३२ गते इटहरीका सबै वडाहरू र जनवर्गीय संगठन बाट प्रतिनिधि छनोट भइसकेका छन् । एमालेले २० सदस्य बराबर १ सदस्य रहने गरी प्रतिनिधि छनोट गर्दा सबै वडा बाट गरी नगर अधिवेशनमा १७० जना साखा कमिटी बाट १९ र आयोजक कमिटी बाट ७८ जना, जनवर्गीय संगठन बाट ६८ जना प्रतिनिधि आउने उप सचिव जितेन्द्र थापाले बताउनुभयो । नगर अधिवेशन
सुनसरी / सुनसरीको रामधुनीमा नगर स्थरिय कानुनी शिविर कार्यक्रम सञ्चालन गरिएको छ ।न्यायमा पहुँच बढाइ कानुनी उपचार खोजौँ भन्ने नारालाई आत्मसात गर्दै सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ६ र ७ को बक्लौरी बजारमा एक दिने नगर स्थरिय कानुनी शिविर कार्यक्रम गरिएको छ । प्रगति जागरण मञ्च इनरूवा सुनसरीको आयोजना तथा रामधुनी नगरपालिकाको सहयोगमा शिविर गरिएको हो ।शिविरमा स्थानीय स्थरमा रहेका कानुनी रूपमा न्यायमा पहुँच पुर्याउन र कानुनको विषयमा समस्या परेकालाई स्थानीय क्षेत्रमा कानुनी समस्याको बारेमा समाधानको विषयमा परामर्श गराएइको थियोे । अदालत जान नसक्नेलाई नगरपालिकाको न्यायिक समितिले कानुनीको विष
सोलुखुम्बु / सगरमाथा पदयात्रा पदमार्ग (एभ्रेस्ट ट्रेकिङ ट्रेल) क्षेत्रको पूर्वाधार निर्माणसँगै त्यस क्षेत्रको पर्यटक आवागमन सहज बन्दै गएको छ । पदमार्ग क्षेत्रका जीर्ण बनेको पूर्वाधारको निर्माणसँगै यस क्षेत्रको पर्यटन आवागमन सहज बनेको हो ।चालु आर्थिक वर्ष २०८०/८१ मा कोशी प्रदेश सरकार सोलुखुम्बुको सगरमाथा पदयात्रा पदमार्ग क्षेत्रमा पर्ने प्रमुख पर्यटन पदमार्गको पूर्वाधार निर्माणका लागि मात्रै रु एक करोड २५ लाख रकम विनियोजन गरेको थियो । यसमा लार्चा दोभानदेखि नाम्चे बजार जाने सगरमाथा पर्यटकीय पदमार्गको पूर्वाधार निर्माणमा रु २५ लाख, गोक्यो पर्यटकीयस्थल तथा चोयु हिमाल जाने पदमार्ग पूर्वाधार निर्माण
सुनसरी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ मा दुहबीमा लागुपदार्थ दुव्र्यशनी सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि इटहरीका अध्यक्ष बिकल पौडेलको अध्यक्षता तथा सुनसरी जिल्ला न्यायाधीबक्ता टेकनाथ अधिकारीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो । दुहबी नगरपालिका ८ मा जिल्ला सरकारी वकील कार्यालय,इलाका प्रहरी कार्यालय दुहबी, दुहबी नगरपालिका वडा नम्बर ८, हेल्पिङ युथ सुनसरी , संगम टोल विकास संस्था, सिमल टोल विकास संस्था, सयपत्री टोल विकास सस्थाको सहकार्यमा लागुपदार्थ दुव्र्यशनी सम्बन्धि सचेतता मुलुक कार्यक्रम गरिएको छ । दु
सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ ले वडामा सडक निर्माण सँगै पुल निर्माण कार्य तिव्र रुपमा अगाडी बढाएको छ ।वडा कार्यालयले ग्राबेल बाटो , पिच सडक निर्माण कार्यलाई तिव्र बनाएको हो । सोमबार वडाका वडा सदस्य दिलिप प्रसाद दाहाल र महिला वडा सदस्य निलम थापाको टोलीले वडाले दुई वर्षको अवधिमा गरेका विकास निर्माणका कार्यहरूको अनुगमन गरेका थिए । वडा कार्यलयले योजना बनाएर बाटो निर्माण गर्दै आएको छ । आवत जावत गर्न पुल र बाटो नहुदा निकै कष्ट खेप्नु परेको थियो भने अहिले बाटो सँगै पुल निर्माण भएपछि सुविधा भएको स्थानीय लक्ष्मी पौडेलले बताउनुभयो । वडाले गरेका विकास निर्माणका काममा खुस
इटहरी / इटहरी सुनसरी लियो क्लबको २०२४/२५ का लागि इटहरी-२ निवासी सजीवन राई निर्वाचित भएका छन् । शनिबार इटहरीमा सम्पन्न भएको ३६ औँ अधिवेशनबाट राई सर्वसमत निर्वाचित भएका हुन् | सानै उमेरदेखि तीक्ष्ण दिमाग भएका उनि पढाइमा मात्र होइन, खेलकुद तथा नृत्यमा पनि अब्ब छन् । उनले इटहरी सुनसरी लियो क्लबमा सात वर्ष देखि निरन्तर रुपमा खेलकुद संयोजक भई योगदान गरिरहेका थिए । अधिवेशनबाट प्रथम उपाध्यक्षमा आशिष प्रधान, द्वितीय उपाध्यक्षमा निशा भट्टराई, तृतीय उपाध्यक्षमा प्रज्वल दनुवार निर्वाचित भएको निवर्तमान अध्यक्ष राजकुमार साहले बताए । त्यस्तै सचिव, कोषाध्यक्ष तथा सदस्यहरु
धनकुटा / सगरमाथा सुनसरी यातायात प्रा.लि इटहरी २० तरहराको वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । साधारणसभा सभाले नयाँ कार्यसमिति समेत गठन गरेको छ ।सुरक्षित व्यवस्थित मर्यादित अनुशासित र आरामदायी यात्रा हाम्रो प्रतीद्धता भन्ने नारालाई आत्मसात गर्दै धनकुटाको भेडेटार स्थित हिलटप होटलमा सगरमाथा सुनसरी यातायात प्रा.लि इटहरी २० तरहराको वार्षिक साधारणसभा तथा अधिवेशन गरिएको हो । संस्थाले पहिलो वार्षिकोत्सब साधारणसभा तथा अधिवेशन गरेको हो । सगरमाथा सुनसरी यातायात प्रा.लि सुनसरीका अध्यक्षमा विजय गुरूङ ,वरिष्ठ उपाध्यक्षमा शिव हरि पोखरेल , महासचिवमा दिलिप राई ,सचिवमा प्रकाश दाहाल (खत्री) ,कोषाध
भोजपुर / अरुण गाउँपालिका–४ चरम्बीले आव २०८०÷०८१ को वार्षिक समिक्षा तथा टोल विकास पुर्व योजना तर्जुमा गोष्ठी सम्पन्न गरेको छ । वडाले चालु आवमा गरेका टोलको विकास, परिवर्तन, आवश्यकता तथा स्थानीयहरूको सुझाव सल्लाह गर्नका लागी टोल विकास पुर्व योजना तर्जुमा गोष्ठी आयोजना र वडाको सार्वजनिक सुनुवाइको रुपमा वार्षिक समीक्षा कार्यक्रम सञ्चालन गरेको वडा सचिव रञ्जित चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म वडाले चालु, पुँजीगत, विषयगत खर्च, अनुदान लगायत कार्यक्रमहरूको ९० प्रतिशत कार्य सम्पन्न भएको छ भने बाकी १० प्रतिशतको काम पनि अन्तिम चरणमा पुगेको छ ।वडाध्यक्ष जङ्ग बहादुर राईलेटोल विकास समिति, राज
काठमाडौं / चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ र मौवाखोला बीचमा कारसँग ठक्कर खाँदा रात्रिबस त्रिशुली किनारामा खसेको छ ।इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार आज बिहान करिब सात बजेतिर काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको बा प्र ०१–०२९ च ३७२० नम्बरको कार र नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ४०६२ रात्रि बस ठक्कर खाएको थियो । बसमा ३५ जना र कारमा पाँच जना यात्रु रहेका जनाइएको छ । दुर्घटनामा १७ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।कारमा सवार पाँच जना र बसका १२ यात्रुको उद्धार गरी चितवनका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।उनीहरुलाई चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइए
Copyright © 2021/2026 - Koshi Press - All Rights Reserved.