सुन्दरहरैंचा / मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ ले वडामा सडक निर्माण सँगै पुल निर्माण कार्य तिव्र रुपमा अगाडी बढाएको छ ।
वडा कार्यालयले ग्राबेल बाटो , पिच सडक निर्माण कार्यलाई तिव्र बनाएको हो । सोमबार वडाका वडा सदस्य दिलिप प्रसाद दाहाल र महिला वडा सदस्य निलम थापाको टोलीले वडाले दुई वर्षको अवधिमा गरेका विकास निर्माणका कार्यहरूको अनुगमन गरेका थिए । वडा कार्यलयले योजना बनाएर बाटो निर्माण गर्दै आएको छ । आवत जावत गर्न पुल र बाटो नहुदा निकै कष्ट खेप्नु परेको थियो भने अहिले बाटो सँगै पुल निर्माण भएपछि सुविधा भएको स्थानीय लक्ष्मी पौडेलले बताउनुभयो । वडाले गरेका विकास निर्माणका काममा खुसि भएको उहाँको भनाइ छ ।
स्थानीय, प्राविधिक , जनप्रतिनिधिहरू सँग छलफल गरेर ढल निर्माण ,बाटो निर्माण गर्ने कार्य तिव्र पारिदै आएको वडा अध्यक्ष रोशन प्रसाद ढकालले बताउनुभयो । बाटोहरू पहिचान गरेर निर्माण गर्दै आएको उहाँको भनाइ छ । वडाले सबै क्षेत्रलाई प्राथमिकता दिएर काम गर्दै आएको उहाँले बताउनुभयो ।
बर्षौ देखि बाटोको समस्याले स्थानीयहरूलाई आवत जावत गर्न समेत अप्ठ्यारो परेकाले बाटो निर्माण गर्दै आएको वडा कार्यलयले जनाएको छ । वडाका ग्राबेल बाटो , पिच सडक , विद्यालय , मन्दिर , स्वास्थ्य चौकी , शुक्रबारे भवन , पर्यटकीय क्षेत्र , खेलकुद , कृषि , यातायात , शिक्षा , खानेपानी , बिजुली लगायत वडाका स्थानीयलाई आवश्यक पर्ने क्षेत्रलाई वडाले व्यवस्थित बनाउने वडाको योजना रहेको छ ।


