धनकुटा / सगरमाथा सुनसरी यातायात प्रा.लि इटहरी २० तरहराको वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । साधारणसभा सभाले नयाँ कार्यसमिति समेत गठन गरेको छ ।

सुरक्षित व्यवस्थित मर्यादित अनुशासित र आरामदायी यात्रा हाम्रो प्रतीद्धता भन्ने नारालाई आत्मसात गर्दै धनकुटाको भेडेटार स्थित हिलटप होटलमा सगरमाथा सुनसरी यातायात प्रा.लि इटहरी २० तरहराको वार्षिक साधारणसभा तथा अधिवेशन गरिएको हो । संस्थाले पहिलो वार्षिकोत्सब साधारणसभा तथा अधिवेशन गरेको हो । 

सगरमाथा सुनसरी यातायात प्रा.लि सुनसरीका अध्यक्षमा विजय गुरूङ ,वरिष्ठ उपाध्यक्षमा शिव हरि पोखरेल , महासचिवमा दिलिप राई ,सचिवमा प्रकाश दाहाल (खत्री) ,कोषाध्यक्षमा विषण बस्नेत ,सदस्यमा दिपेन्द्र अधिकारी ,घनश्याम खतिवडा ,सन्तोष तामाङ ,श्रमण कुमार यादव ,नारायण राई र बुद्धमाया राई सर्वसम्मतले चयन भएका हुन् ।

IMG-20240615-WA0044

कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेस प्रदेश १ का सदस्य तथा तरूण दल सुनसरीका सभापति सिजन गुरूङले सेवामूलक यातायात व्यवसाय यस्तै किसिमका सेवा गरेर अगाडि बढ्न आग्रह गर्नु भयो । संस्थालाई आगामी दिनमा सहयोग गर्ने बताउनुभयो । संस्थाले यात्रुलाई सहज तरिकाले ठाउँ सम्म पुर्याउन आफ्नो कर्तव्य भएको उहाँको भनाइ छ ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सरोज पौडेलले यातायातमा हुने समस्या र ट्राफिकले गर्न सक्ने सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रमका विशिष्ट  अतिथि नेपाल कम्युनिस्ट पार्टी (एकीकृत सामाजवादि) सुन्सरी जिल्ला उपाध्यक्ष तथा अल्टिट्युड क्लबका उपाध्यक्ष , सगरमाथा सुनसरी यातायात प्रा.लिका प्रमुख सल्लाहकार  सुन्दर मणि राईले ट्राफिक , व्यवसाय र यातायात संघ बिच सचेतता मुलक कार्यक्रम गर्ने बताउनुभयो । प्रा.लिलाई अझ सबल र सक्षम बनाउन सल्लाह सुझाव दिदै आउने उहाँको भनाइ छ ।IMG-20240615-WA0175

व्यवसाय , यातायात संघ र ट्राफिकको सम्बन्ध नङ र मासुको हुनुपर्ने  संस्थाका महासचिव दिलिप राईले बताउनुभयो । आगामी दिनमा संस्थाको हकहितका काम गर्दै आउने उहाँको भनाइ छ ।

नेपाल सरकारको भाडा दर अनुसार भाडा निर्धारण गर्ने  र आगामी दिनमा आय व्यय सार्वजनिक गर्ने संस्थाका अध्यक्ष विजय गुरूङले बताउनुभयो ।  संस्थाको विधान तथा नियमअनुसार काम हुने उहाँको भनाइ छ । आगामी दिमाग यातायात व्यवसायीहरूलाई सहयोग गर्ने प्रतिवद्धता रहेको बताउनुभयो ।

प्रा.लीले गर्ने काम प्रती सधैव सहयोग गर्ने वरिष्ठ उपाध्यक्ष शिवहरि पोखरले जानकारी दिनुभयो । यस्तै अधिवेशन र साधारणसभा गर्दै आउने उहाँको भनाइ छ ।

संस्थाको आय व्यय हिसाव के कसरी संचालन गर्ने , सवारी साधनको हकमा के कसरी संचालन गर्ने, क्यु सिस्टम के कसरी संचालन गर्ने,भाडा कति र कसरी उठाउने,गाडी भाडा र काउन्टर कर्मचारीहरूले लिने पारिश्रमिक कति र कसरी दिने विषय छलफल गरिएको संस्थाका कोषाध्यक्ष विषण बस्नेतले जानकारी दिनुभयो ।

सो कार्यक्रममा कोशी प्रदेश ट्राफिक प्रहरी कार्यलयका प्रहरी निरिक्षक  टेपेन्द्र श्रेष्ठ , इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख प्रहरी नायब निरीक्षक जीवन कार्की ,नेपाल यातायात मजदुर  संगठन सुनसरी जिल्लाका उपाध्यक्ष दिपेन राई , नेपाल स्वतन्त्र मजदुर संगठन कोशी प्रदेशका उपाध्यक्ष काजी राई , युवा व्यवसायी जीवन राई ,  दिल कुमार राई ,सरोज गुरागाई , अर्जुन बस्नेत ,कोबितजंग कार्की ,सुबास दाहाल ,पुर्व व्यवसायि सन्तोष पुरी , प्रहरीहरू , संस्थाका प्रतिनिधि लगाएतको बाक्लो सहभागीता रहेको थियोे ।

सगरमाथा सुनसरी यातायात प्रा.लिले  सुनसरी , झापा , ताप्लेजुङ , पाँचथर ओखलढुंगा , भोजपुर, सोलुखुम्बु , नेले ,  खोटाङको दिक्तेल लगाएत कोशी प्रदेशका जिल्ला गरि सात वटै प्रदेशमा यात्रुहरूलाई सहज तरिकाले आवज जावज गर्ने गरेको छ ।IMG-20240615-WA0065