सुनसरी / सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ८ मा दुहबीमा लागुपदार्थ दुव्र्यशनी सम्बन्धि सचेतना कार्यक्रम गरिएको छ । प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि इटहरीका अध्यक्ष बिकल पौडेलको अध्यक्षता तथा सुनसरी जिल्ला न्यायाधीबक्ता टेकनाथ अधिकारीको प्रमुख आथित्यतामा कार्यक्रम गरिएको हो ।
दुहबी नगरपालिका ८ मा जिल्ला सरकारी वकील कार्यालय,इलाका प्रहरी कार्यालय दुहबी, दुहबी नगरपालिका वडा नम्बर ८, हेल्पिङ युथ सुनसरी , संगम टोल विकास संस्था, सिमल टोल विकास संस्था, सयपत्री टोल विकास सस्थाको सहकार्यमा लागुपदार्थ दुव्र्यशनी सम्बन्धि सचेतता मुलुक कार्यक्रम गरिएको छ ।
दुहबी वडा नम्बर ८ का अभिभाक , विद्यार्थी लगाएतलाई लागुपर्दाथबाट कसरी बच्ने , लागुपदार्थमा फसेर कसरी उम्कने , लागुपदार्थमा लागि परेकालाई कसरी जुटकारा बनाउने लगाएत विषयमा जानकारी गराइएको थियोे ।
इलाका प्रहरी कार्यलय दुहवीले आमाहरूले सन्तान लाइ कसरि दुर्व्यसनी बाट पर राख्ने विषयमा प्रशिक्षण गराएका थिए । कार्यक्रममा समुदाय संग सरकारी वकील कार्यालय सुनसरी कार्यक्रम अन्तर्गत कानुनि सचेतनाका बिषयमा जानकारी गराइएको थियो ।
कार्यक्रममा बालबालिका अभिभावक ,शिक्षक लगाएतलाई लागुपदार्थ दुव्र्यशनी, महिला हिंसा लगायतका बिसयमा सरकारी वकिल टेकनाथ अधिकारीले सहजिकरण गर्नुभएको थियो ।
बालबालिकाहरूलाई लागुपदार्थ तथा दुव्र्यशनीबाट कसरी बच्ने , फसेकालाई कसरी छुटाउने , लागुपदार्थमा नलाग्न के गर्ने विषयमा जानकारी गराउन कार्यक्रम आयोजना गरिएको प्रेस नेटवर्क मेनेजमेन्टका अध्यक्ष बिकल पौडेलले बताउनुभयो। सो कार्यक्रममा १७६ विद्यार्थी अभिभावक साथै स्थानीयको सहभागीता रहेको कार्यक्रम संयोजक मनोज निराैलाले बताउनुभयो ।


