सुनसरी / समुदाय संग  सरकारी वकील कार्यालय सुनसरी  कार्यक्रम अन्तर्गत कानुनि सचेतनाका बिषयमा परामर्श गराइएको छ । 

 दुहबी नगरपालिका वडा नम्बर ८ मा  सुनसरी सरकारी वकिल कार्यालयले समुदाय संग सरकारी वकील  कार्यक्रम अन्तर्गत  समुदायमा सचेतना सहित समुदायमा कानुनी जिज्ञासा समाधान गर्ने उद्देश्यले कानुनि सचेतनाका बिषयमा परामर्श कार्यक्रम गरिएको छ । 

दुहबी वडा नम्बर ८ का अभिभाक, विद्यार्थी लगाएतलाई  हिंसा, अपराध, शाेसणा तथा लागुपर्दाथ प्रयोगकर्ताले भोग्नु पर्ने कानुनि प्रकृया का विषयमा जानकारी गराईएको थियो । 

सरकारी वकिलले काम कसरी गर्छ ? अपराध हुन नदिन के गर्नु पर्छ ? समस्या हुन न दिनका लागि र कानुन उलंघन हुन नदिन र समुदाय संग साथमा रहन समुदाय  सरकारी वकिल कार्यालय कार्यक्रमलाई अगाडी सारिएको सुनसरी सरकारी वकिल कार्यालयका न्यायधिवक्ता टेकनाथ अधिकारीले बताए । 

दुहबी नगरपालिका ८ मा जिल्ला सरकारी वकील कार्यालय,प्रेस नेटवर्क मेनेजमेन्ट प्रा.लि , इलाका प्रहरी कार्यालय दुहबी, दुहबी नगरपालिका वडा नम्बर ८, हेल्पिङ युथ सुनसरी , संगम टोल विकास संस्था, सिमल टोल विकास संस्था, सयपत्री टोल विकास सस्थाको सहकार्यमा  गरिएको कार्यक्रममा १७६ जना दुहबीका अभिभाक , विद्यार्थी , बालबालिका, शिक्षकको  सहभागीता रहेको