All Posts By कोशी प्रेस

    Showing ८,९३१-८,९४० of १३,७२१ items.
  • प्रधानमन्त्रीको सचिवालयमा खोटाङका गणेश

    काठमाडौं / खोटाङका गणेश राईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय सदस्यका रुपमा काम गर्ने जिम्मेवारी दिएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा गणेशको तस्बिर राख्दै यस्तो लेखेका छन्–सिंहदरबारमा मसँगै काम गर्ने गणेश !!खोटाङ काउलेका गणेश राईलाई मैले पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ असोजमा भेटेको थिएँ । दुवै हातको कुहिनोभन्दा तलको भाग नभए पनि उनले मेरो अगाडि नै कम्प्युटर चलाएर देखाएपछि आश्चर्य लागेको थियो । त्यसबेला कम्प्युटर अपरेटरका रूपमा उनको जागिर शुरू भयो । दोस्रो पटक प्रधानमन्त्री हुँदा गणेश फेरि आए र करारमा काम गरे । यसपटक प्रधानमन्त्री पदको सपथग्रहण गरेर सिंहदरबार जा

    • प्रकाशित मितिः साउन १३, २०८१
    • १५७ पटक पढिएको
  • चतराधाममा शनिवार साँझ सन्ध्याकालिन महाआरती

    वराहक्षेत्र /  सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित प्राचीन हरिद्बार चतराधाममा साँझ सन्ध्याकालिन महा आरती सम्पन भएको छ । महा आरतीको मङलवार श्रावण १ गतेबाट औपचारिक रुपमा सुभारम्भ गरिएको थियो ।वराहक्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा थप आक्रषित तथा धार्मिक गतिबिधि बढाउने उदेश्यले चतराधाम स्थित कौशीकि गंगा (सप्तकोशी किनार) मा  सन्ध्या कालिन महा आरतीको शुभारम्भ गरिएको हो ।वराहक्षेत्र नगरपालिकाले नीति तथा कार्यक्रमै समावेश गरेको उक्त सन्ध्याकालिन आरती श्रावण महिनाभर हप्तामा दुई पटक शनिवार र आइतवार साझको ६ बजेबाट आयोजना गरिनेछ । श्रावण महिना पछि थप व्यवस्थितसंगै  मिति परिमारज

    • प्रकाशित मितिः साउन १३, २०८१
    • २१५ पटक पढिएको
  • पुर्वकै चर्चित पर्यटकीयस्थल धनकुटाको भेडेटारमा स्काइ वाक सञ्चालनमा

    धनकुटा । पुर्वकै चर्चित पर्यटकीयस्थल धनकुटाको भेडेटारमा स्काइ वाक सञ्चालनमा आएको छ । नेपालको पर्यटन क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास सहित वन्डर्स एम्युजमेन्ट पार्क प्रालिले स्काई वाक सञ्चालनमा ल्याएको हो । धनकुटाको साँगुरीगढी गाउँपालिका ६ भेडेटारलाई साहसिक पर्यटनको हव बनाउन चाल्स पोइन्टमा स्काइ वाक टावर सञ्चालनमा ल्याइएको हो। एघार रोपनीमा रहेको स्काइ वाकको लम्बाइ ४१ मिटर, चौडाइ २ मिटर र १८ दशमलब ५ मिटर अग्लो टावर रहेको छ। स्काइ वाकले स्वदेशी तथा विदेशी पर्यटकहरूको संख्यामा उल्लेख्य वृद्धि गर्ने र प्रदेश सरकारले मनाउने पर्यटन वर्ष २०८२ लाई सहयोग पुग्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कील

    • प्रकाशित मितिः साउन १२, २०८१
    • ३४२ पटक पढिएको
  • चतराधाममा हुने बोल बम मेला सुन्दर बनाउने उदेश्यले सरसफाई कार्यक्रम

    इटहरी । वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित चतराधाममा आयोजना हुने बोल बम मेला केन्द्रित र दुर्वासा घाट क्षेत्रलाइ सफा , सुन्दर बनाउने उदेश्यले सरसफाई कार्यक्रम आयोजना गरिएको छ ।  सुन्दर, सफा वराहक्षेत्र तथा श्रावण महिनाको आइतवार र सोमवार आयोजना हुने बोल बमलाई सभ्य ,भब्य बनाउने उदेश्य राखेर सरसफाई कार्यक्रम गरिएको हो । नगर प्रमुख रमेश कार्कीको संयोजकत्वमा आयोजना भएको सरसफाई कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कटुबाल  , इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी निरिक्षक विकाश राई  लगायत टोली, सशस्त्र प्रहरी वल वेस क्याम्प चतराका इन्चार्च सशस्त्र प्रहरी निरिक्ष

    • प्रकाशित मितिः साउन १२, २०८१
    • ३४८ पटक पढिएको
  • वराहक्षेत्रका मेयर कार्की: नगरवासिको समस्या समधान गर्न टोल टोलमै पुग्छन्

    इटहरी । वराहक्षेत्र नगरपालिका नगर प्रमुख रमेश कार्की दैनिक रुपमा टोल टोलमा पुगेर स्थानियहरु संग स्थानिय समस्याको बिषयमा छलफल र निकासका लागि सक्रिय भएर लाग्ने गर्नुभएको छ  । सोहि अनुसार शुक्रवार बिहान नगरपालिकाको प्रशासनिक केन्द्रसंग भौगोलिक रुपमा टाढा तथा धरान उप–महानगरपालिकासंग सिमा जोडिएको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित वगुवा टोलमा पुगेर नगर प्रमुख रमेश कार्कीले स्थानिय अगुवा व्यक्तित्वहरुसंग स्थानिय आवश्यकता तथा सरोकारका बिषयमा छलफल गर्नुभएको छ । नगर प्रमुख दैनिक रुपमा टोल टोलमा पुगेर स्थानियहरुसंग स्थानिय समस्याको बिषयमा छलफल र निकासका लागि सक्रिय भएर लाग्ने गर्नुभएको हो । वगुवा

    • प्रकाशित मितिः साउन १२, २०८१
    • ३५६ पटक पढिएको
  • झुम्का कारागारलाई निबर्तमान मन्त्री चौधरीको सहयोग

    सुनसरी / सुनसरीको झुम्कामा रहेको कोसी प्रदेशकै सबै भन्दा ठुलो कारागार झुम्का कारागार लाई निबर्तमान महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय भगवती चौधरीको पहलमा जस्ता पाता सहयोग गरिएको छ । झुम्का कारागारमा आयोजित एक कार्यक्रमका बिच सुनसरी निर्वाचन क्षेत्र नं ३ कि संसद् समेत रहेकी चौधरीको पहलमा डेभलपमेन्ट सोसाइटीको सहयोग र दिनेश चौधरी स्मृति प्रतिष्ठानको सहकार्यमा १५ बन्डल जस्ता पाता सहयोग हस्तान्तरण गरिएको हो ।विगतमा कारागार निरीक्षणमा आउँदा कारागारमा कैदी बन्दी बस्ने ठाउको छाना चुहिने भएको, रात भरी आरी,बाल्टी थापेर रात कटाउनु परेको भन्दै कैदी बन्दी र कारागार प्रशासनले गुनासो गरेक

    • प्रकाशित मितिः साउन ११, २०८१
    • ३२१ पटक पढिएको
  • पुर्वकै चर्चित पर्यटकीयस्थल भेडेटारको चाल्स पोइन्टमा स्काइ वाक टावर सञ्चालनमा

    इटहरी । पुर्वकै चर्चित पर्यटकीयस्थल भेडेटारको चाल्स पोइन्टमा स्काइ वाक टावर सञ्चालनमा आएको छ। भेडेटारलाई साहसिक पर्यटनको हव बनाउने प्रयास अनुसार शुक्रबारबाट टावर औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले स्काई वाकको उद्घाटन गर्नुभएको हो । स्काइ वाकको उद्धाटन गर्दै मुख्यमन्त्री कार्कीले भेडेटारलाई पर्यटकीय हब बनाउन स्काइ वाकले सहयोग गर्ने बताउनु भयो । उहाँले प्रदेश सरकारले आगामी २०८२ साललाई पर्यटन वर्ष मनाउन लागेकोले भेडेटारमा बनेको स्काइ वाकले त्यसलाई सहयोग पुग्ने बताउनु भयो । एघार रोपनीमा रहेको स्काइ वाकमा ५० मिटर लामो सिसामा हिड्न सकिन्छ । सिसामाथ

    • प्रकाशित मितिः साउन ११, २०८१
    • २०४ पटक पढिएको
  • नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेशको दोस्रो अधिवेशन इटहरीमा सुरु

    नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेशको दोस्रो अधिवेशन कोशी च्याप्टरका अध्यक्ष ई. आमोद आचार्यको सभापतित्वमा भएको भएको छ । साथै प्रमुख अतिथीमा केन्द्रिय अध्यक्ष वरिष्ठ ई. ऋषि कोइराला हुनुहुन्छ। इटहरी सोल्टी होटलमा शुक्रबार सुुरु भएको कार्यक्रम नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेश सचिव इन्जिनियर सुमन तिमिल्सिनाले सन्चालन गर्नुभएको छ । अधिवेशनमा इन्जिनियरिङ्ग एसोसिएसन कोशी प्रदेश अध्यक्षजयनाथ यादव, मेची च्याप्टरका अध्यक्ष ई. रोसन सुबेदी कोशी प्रदेश सल्लाहकार लगायतको आतिथ्यतामा सुरु भएको कार्यक्रमले यसै अधिवेशन बाट नयाँ नेतृत्व चयन गर्ने नेपाल भ्यालुयर्स एसोसिएशन कोशी प्रदेश सल्लाहकार ई. इ

    • प्रकाशित मितिः साउन ११, २०८१
    • ९५९ पटक पढिएको
  • सौर्य एयरलाइन्स विमान दुर्घटनाप्रति तरुण दलद्वारा दुःख व्यक्त

    काठमाडौं / नेपाल तरुण दलले विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । तरुण दल सुनसरीका सभापति सिजन गुरूङले आज विज्ञप्तिमार्फत जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।त्यस्तै तरूण दल नेपालका  अध्यक्ष विद्वान गुरुङले आज विज्ञप्तिमार्फत जहाज दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका हुन् । साथै, तरुण दलले दुर्घटनामा परी घाइते भएका पाइलट मनिषरत्न शाक्यको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।हिजो (बुधबार) काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९–एनए एमई जहाज दुर्घटनामा त्रिभु

    • प्रकाशित मितिः साउन १०, २०८१
    • ५८२ पटक पढिएको
  • कोशी प्रदेशमा विवाहित महिला लक्षित सौन्दर्य प्रतियोगिता 'मिसेस पुर्बेली आईकन' हुँदै

    इटहरी/ विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगिता 'मिसेस पुर्बेली आईकन-२०२४' आयोजना हुने भएको छ । कोशी प्रदेशमा आयोजना हुने यो प्रतियोगिताको पहिलो संस्करण हो । ओपन स्पेस प्रालीको आयोजना तथा कालापत्थर नेटवर्कको व्यवस्थापनमा हुने यो प्रतियोगिता विवाहित महिलाहरुको सौन्दर्य मात्रै नभएर महिला सशक्तीकरणको एउटा माध्यमको रुपमा स्थापित गर्न खोजिएको आयोजक संस्था ओपन स्पेसका संचालक तथा यो प्रतियोगिताको निर्देशक सरोज श्रेष्ठले बताए । विवाहपस्चात पनि महिलाहरुले गृहस्थी जीवन निर्वाह गर्ने मात्रै हैन आफुभित्र भएको कलाकौसल देखाउन पाउनुपर्छ । जसको लागी विवाहित महिलाहरूलाई 'मिसेस पुर्बेली आईकन-२०२४' उपयुक्त म

    • प्रकाशित मितिः साउन १०, २०८१
    • ४०८ पटक पढिएको

सम्पर्क

  • प्रेस नेटवर्क मेनेजमेन्ट प्रा. लि.
  • सुन्दरहरैंचा नगरपालिका - ३, मोरङ
  • कम्पनी दर्ता प्रमाणपत्र नं.: २७३१८/०७८/०८९
  • स्थायी लेखा नं.: ६१०१३९७३०
  • पारस सुबेदी (ईटहरी)
  • सरोज पौडेल (बिराटनगर)
  • बिनोद कार्की (तेर्ह्रथुम)
  • पुजन खनाल (धनकुटा)
  • पदम कार्की (पाँचथर)
  • विज्ञापनका लागि : ९८०७०६३२५४
  • Email: [email protected]