काठमाडौं / खोटाङका गणेश राईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सचिवालय सदस्यका रुपमा काम गर्ने जिम्मेवारी दिएको जानकारी दिएका छन् । उनले सामाजिक सञ्जालमा गणेशको तस्बिर राख्दै यस्तो लेखेका छन्–

सिंहदरबारमा मसँगै काम गर्ने गणेश !!

खोटाङ काउलेका गणेश राईलाई मैले पहिलो पटक प्रधानमन्त्री हुँदा २०७२ असोजमा भेटेको थिएँ । दुवै हातको कुहिनोभन्दा तलको भाग नभए पनि उनले मेरो अगाडि नै कम्प्युटर चलाएर देखाएपछि आश्चर्य लागेको थियो । त्यसबेला कम्प्युटर अपरेटरका रूपमा उनको जागिर शुरू भयो । 

दोस्रो पटक प्रधानमन्त्री हुँदा गणेश फेरि आए र करारमा काम गरे । यसपटक प्रधानमन्त्री पदको सपथग्रहण गरेर सिंहदरबार जाँदा उनी नभेटिएपछि मैले उनलाई खोजें । अहिले उनलाई बोलाएर सचिवालयकै सदस्यका रूपमा काम गर्ने जिम्मेवारी दिइएको छ । अब गणेश मसँगै काम गर्ने भएका छन् । उनलाई मेरो तर्फबाट शुभकामना !!